स्वतः प्रकाशन हुने सूचना २०८१ साउन-असोज

नेपालको संविधान, २०७२ को दफा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ अनुसार परराष्‍ट्र मन्त्रालयको देहायबमोजिम सूचना स्वत: प्रकाशन (Proactive Disclosure) गरिएको छ ।

 

१) परराष्‍ट्र मन्त्रालयको स्वरूप र प्रकृतिः

     

आधुनिक नेपालको एकीकरणसँगै राजा पृथ्वीनारायण शाहका पालामा तत्कालिन तिब्बत तथा चीनसँगको वैदेशिक सम्बन्ध सञ्‍चालनका लागि स्थापित जैसी कोठा नेपालको हालको परराष्‍ट्र मन्त्रालयको प्रारम्भिक रूप हो । त्यसपछि क्रमशः मुन्सीखाना तथा विदेश विभागका नाममा आफ्ना कार्यहरू सञ्‍चालन गर्दै आएकोमा वि. सं. २००८ (सन् १९५१) मा परराष्‍ट्र मन्त्रालयको स्थापना भयो । नेपालको संविधान, 2072 को राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूमा नेपालको परराष्‍ट्र नीति सञ्‍चालन सम्बन्धमा स्पष्‍ट मार्गदर्शन भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट मिति २०८१/०६/२१ मा परराष्ट्र मन्त्रालय अन्तर्गत १५ वटा महाशाखा, २ वटा विभाग, एक सम्पर्क कार्यालय, ३१ वटा राजदूतावास, ३ वटा स्थायी नियोग र १० वटा कन्सुलेट जनरल रहने गरी नयाँ संगठन संरचना स्वीकृत भएकोमा हाल मन्त्रालय अन्तर्गत १० वटा महाशाखा, २ वटा विभाग, एक सम्पर्क कार्यालय, ३० वटा राजदूतावास, ३ स्थायी नियोग र 7 कन्सुलेट जनरल सञ्चालनमा रहेका छन् भने बाँकी महाशाखाहरू, राजदूतावास र कन्सुलेट जनरल स्थापना हुने प्रक्रियामा रहेका छन् । यिनै निकायहरूमार्फत र आफैँ यस मन्त्रालयले आफ्नो भूमिका र कार्यहरू सम्पादन गर्दै आएको छ ।

 

  • महाशाखाहरूः
  • दक्षिण एसिया महाशाखा
  • उत्तरपूर्व एसिया महाशाखा
  • दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखा
  • मध्य एसिया, पश्‍चिम एसिया तथा अफ्रिका महाशाखा
  • युरोप महाशाखा
  • उत्तर तथा दक्षिण अमेरिका महाशाखा
  • क्षेत्रीय सङ्गठन महाशाखा
  • संयुक्त राष्‍ट्रसङ्घ तथा विशिष्टिकृत संघसंस्था महाशाखा
  • अन्तर्राष्‍ट्रिय सङ्घ सङ्गठन तथा अन्तर्राष्‍ट्रिय कानून महाशाखा
  • नीति, योजना तथा अनुसन्धान महाशाखा
  •  आर्थिक कूटनीति महाशाखा
  •  श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा
  • सार्वजनिक कूटनीति महाशाखा
  • प्रोटोकल महाशाखा
  • सामान्य प्रशासन महाशाखा

 ख) विभागहरूः

  • राहदानी विभाग
  • कन्सुलर सेवा विभाग

) सम्पर्क कार्यालय:

  • सम्पर्क कार्यालय, वीरगञ्‍ज

) विदेशस्थित कूटनीतिक नियोगहरू:

  • नेपाली राजदूतावासः ३१ (स्थापना हुने क्रममा रहेको १ वटा- पोर्चुगलसमेत जम्मा ३१)
  • स्थायी नियोगः ३
  • नेपाली कन्सुलेट जनरलः १० (स्थापना हुने क्रममा रहेका ३ वटा- दुबई, सान्फान्सिस्को र डलास समेत जम्मा १०)

) परराष्‍ट्र मन्त्रालयको काम, कर्तव्य र अधिकार:

      नेपाल सरकार (कार्य विभाजन) (पहिलो संशोधन) नियमावली, २०७४ मा परराष्‍ट्र मन्त्रालयको कार्यक्षेत्र देहायबमोजिम उल्लेख भएको छ:

  • नेपालको परराष्‍ट्र नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र मूल्याङ्कन;
  • विदेशी राष्‍ट्रहरू तथा संयुक्त राष्‍ट्रसङ्घ लगायतका अन्तर्राष्‍ट्रिय, क्षेत्रीय सङ्गठनहरूसँगको सम्बन्ध;
  • नेपालस्थित विदेशी नियोगहरूसँग सम्बन्ध, समन्वय एवम् विदेशमा नेपालको कूटनीतिक प्रतिनिधित्व;
  • नेपालको अन्तर्राष्‍ट्रिय सीमा- सम्बन्ध;
  • विदेशमा नेपालको प्रतिनिधित्व;
  • अन्तर्राष्‍ट्रिय जगतमा नेपालको प्रतिष्‍ठा अभिवृद्धि;
  • नेपाल तथा अन्य देशका नागरिकको आ-आफ्नो सरकारबाट व्यक्तिमाथिको दाबा;
  • कन्सुलर प्राक्टिस र कन्सुलर सेवा;
  • विदेशमा रहेका नेपाली नागरिकहरूको अभिलेख तथा तिनीहरूको हक, हित, उद्धार र संरक्षण;
  • अतिथि सत्कार, शिष्‍टाचार र ओहदाको प्रमाणपत्र;
  • अधिकारपत्र (क्रेडेन्सियल);
  • आर्थिक तथा विकास कूटनीति;
  • विदेशी राज्य र कूटनीतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति;
  • गैरआवासीय नेपाली;
  • परराष्‍ट्र मामिला सम्बन्धमा प्रदेशहरूसँग सम्पर्क र समन्वय;
  • कूटनीतिक आचारसंहिता;
  • अन्तर्राष्‍ट्रिय तहमा जनस्तरीय एवम् गैरसरकारी संस्थास्तरीय सम्बन्धको विकास;
  • राहदानी, विदेशमा दिइने भिसा;
  • कूटनीतिक तहमा हुने वार्ता, सम्झौता र सन्धि;
  • विषयगत मन्त्रालयबाट हुने वार्ता, सम्झौता, सन्धि, समझदारीमा सहमति र समन्वय;
  • मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्‍ठान, कम्पनी आदिको सञ्‍चालन र नियमन;
  • नेपाल परराष्‍ट्र सेवाको सञ्‍चालन ।

) परराष्ट्र मन्त्रालयको सङ्गठन संरचना र कार्यविवरण:

 

सङ्गठन संरचनाः

 

कार्यविवरण:

  • परराष्‍ट्र मन्त्रीको सचिवालयको कार्यविवरण:
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्‍त हुन आएका मन्त्रिपरिषद्का प्रस्ताव तथा निर्णयहरू व्यवस्थित गरी माननीय मन्त्रीज्यूसमक्ष पेश गर्ने ।
  • सचिवबाट माननीय मन्त्रीज्यूसमक्ष पेश हुने फाइलहरू व्यवस्थित गरी माननीय मन्त्रीज्यूसमक्ष पेश गर्ने ।
  • माननीय मन्त्रीज्यूको दैनिक कार्यक्रम तयारी गर्नुको साथै कार्यालयमा हुने बैठकहरूको अग्रिम तयारी गर्ने ।
  • माननीय मन्त्रीज्यू उपस्थित हुनुपर्ने सभा, सम्मेलन, बैठक, गोष्‍ठी, कार्यशालाको टिपोट बनाई मिति, समयसहितको विवरण जानकारी गराउने र निर्धारित मिति र समयमा पुनःस्मरण गराउने व्यवस्था गर्ने ।
  • माननीय मन्त्रीज्यूलाई भेटघाट गर्न आउनुहुने राजदूत, नियोगप्रमुख, विदेशी राजदूत तथा विभिन्‍न निकायहरूका प्रतिनिधि तथा पदाधिकारीहरूलाई भेटघाटको कार्यक्रम मिलाउने ।
  • माननीय मन्त्रीज्यूको कार्यकक्षमा भएको बैठकको माइन्यूट तयार गर्ने र भएको निर्णय कार्यान्वयनका लागि जानकारी गराउने ।
  • निर्दिष्‍ट अन्य कार्य गर्ने ।
  •  परराष्‍ट्र सचिवको कार्यालयको कार्यविवरण:
  • कार्यविभाजन नियमावलीअनुसार मन्त्रालयसम्बन्धी कार्यहरू सम्पादन गर्न आवश्यक नीति, नियम, योजनाहरू तर्जुमा गरी रायसाथ नेपाल सरकारमा सुझाव पेश गर्ने ।
  • नेपाल सरकारबाट स्वीकृत परराष्‍ट्र नीति, नियम, योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने र अनुगमन गर्ने ।
  • काठमाडौंस्थित विदेशी राजदूत तथा अन्य अन्तर्राष्‍ट्रिय सङ्घसंस्थाका आवासीय प्रतिनिधिहरूसँगको निरन्तर सम्पर्कबाट द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्ध विस्तार गर्ने, गराउने ।
  • विदेशी कूटनीतिक नियोग तथा नेपालस्थित अन्तर्राष्‍ट्रिय सङ्घसंस्थालाई पर्ने कठिनाइहरूको निवारण गर्ने, गराउने ।
  • नेपाल सरकारको निर्णयको लागि विभागीय मन्त्रीबाट स्वीकृत विभिन्‍न विषयसम्बन्धी प्रस्ताव निर्णयार्थ मन्त्रिपरिषद्‍मा पेश गर्ने ।
  • नेपाल सरकारका विभिन्‍न मन्त्रालयहरू, सङ्घसंस्थाहरू र परराष्‍ट्र मन्त्रालयबीच समन्वय गर्ने ।
  • सुशासन ऐन, कानुन र नियमावलीअनुसार तोकिएका कार्यहरू सम्पादन गर्ने ।
  • माननीय परराष्‍ट्रमन्त्रीबाट अधिकार प्रत्यायोजन भएबमोजिम गर्नुपर्ने कार्यहरू सम्पन्‍न गर्ने ।
  • मन्त्रालयको दैनिक प्रशासन सञ्‍चालन गर्ने, गराउने ।
  • मातहतका पदाधिकारीहरूलाई आवश्यक निर्देशन एवम् सुपरिवेक्षण गर्ने ।
  • नेपाल सरकारले लगाएका अन्य कार्यहरू गर्ने ।

 

  • महाशाखाहरूको कार्यविवरण:
  • सामान्य प्रशासन महाशाखा
  1. नेपाल सरकार (कार्यविभाजन) नियमावली, 2074 मा उल्लेख भएबमोजिम नेपाल परराष्ट्र सेवाको सञ्चालन गर्ने  ।
  2. विदेशस्थित नेपाली नियोगहरूमा खटिइजाने राजदूत लगायतका पदाधिकारीहरूको नियुक्ति, काज, विदा, कार्यविवरण, कार्यसम्पादन मूल्याङ्कन लगायतका कार्य गर्ने ।
  3. मन्त्रालय र अन्तर्गतका निकायहरूमा रिक्त पदमा पदपूर्ति, सरुवा (आन्तरिक तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत) बढुवा, काज, विदा, निवृत्तिभरण, विभागीय कारवाही, अवकाश तथा सेवाका अन्य शर्तसम्बन्धी कार्यहरू गर्ने ।
  4. मन्त्रालय र अन्तर्गतका निकाय तथा नेपाल सरकारका निकायबाट माग भएबमोजिम आवश्यक जनशक्ति र साधनस्रोतको व्यवस्थापन गर्ने।
  5. कर्मचारीको गुनासो व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
  6. मन्त्रालय र अन्तर्गतका निकायहरूबीच समन्वय, कार्य सम्पादनको मूल्याङ्कन र सुपरीवेक्षण गर्ने ।
  7. मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा चुस्तता, व्यवस्थित जनसम्पर्क तथा सेवा प्रवाहमा प्रभावकारिताको माध्यमबाट सुशासन कायम  गर्ने ।
  8. कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि सेवाकालीन र वैदेशिक तालिमको पहिचान गरी आवश्यक तालिम उपलव्ध गराउने व्यवस्था गर्ने।
  9. परराष्ट्र सेवा सञ्चालनसम्बन्धी योजना, नीति, ऐन, नियम र कार्यक्रमहरूको तर्जुमा तथा कार्यान्वयन गर्ने।
  10. कर्मचारीको व्यक्तिगत अभिलेख अद्यावधिक गर्ने।
  11. मन्त्रालय र अन्तर्गतका निकायहरूको मौजुदा सँगठन संरचना,  दरबन्दी, कार्यवोझबीच सन्तुलन कायम गर्न समयसमयमा सँगठन तथा व्यवस्थापन सर्वेक्षण (Organization and Management Survey) गर्ने ।
  12. कूटनीतिक थैली,  डिप्लोम्याटिक कार्गो आदि प्राप्ति र चलानीसम्बन्धी सम्पूर्ण कार्य गर्ने । 
  13. मन्त्रालयको वेभसाइट तथा इन्टरनेट सुचारुतबरले सञ्चालनको व्यवस्था मिलाउने ।
  14. मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगका लागि वार्षिक बजेट तर्जुमा गर्ने र रकम निकासाको व्यवस्था तथा अन्य आर्थिक विवरण तयार गरी केन्द्रीय लेखा राख्ने कार्य गर्ने ।
  15. मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने र बेरुजू लगत तयार पार्ने।
  16. कर्मचारीको पेश्की, बेरुजुका साथै मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगको बेरुजू समेत फर्छ्यौट वा असुल उपर गर्ने गराउने ।
  17. आर्थिक प्रशासनसम्बन्धी ऐन, नियम तथा लेखा राख्ने सम्बन्धमा विदेशस्थित नेपाली नियोगहरूलाई आवश्यक निर्देशन एवं सल्लाह दिने ।
  18. सेवाका लागि आवश्यक जनशक्तिको अनुमान, वृत्तिविकासका कार्यहरू गर्ने ।
  19. सेवाका लागि जनशक्तिलाई आवश्यक अध्ययन, तालिम, वैदेशिक भाषा तालिम गराउने ।
  20. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फोकल प्वाइन्टको रुपमा कार्य गर्ने ।राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित विषयमा फोकल प्वाइन्टको रुपमा कार्य गर्ने ।
  21. हेलो सरकार सम्बन्धी कार्य।
  22. अड्डा अदालतमा परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरू विरुद्ध परेका मुद्दा मामिलाहरूको प्रतिरक्षा गर्ने ।मन्त्रालयसँग सम्बन्धित फैसलाको कार्यान्वयन गर्ने गराउने ।
  23. नेपालमा आयोजना हुने विभिन्न कार्यक्रमका लागि आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्थापन गर्ने ।
  24. विदेशस्थित नेपाली नियोगहरूको लागि आवश्यक पर्ने जग्गा खरिद, भवन खरिद/निर्माण, मर्मत संभार तथा संरक्षण सम्बन्धी दिर्घकालिन योजना तथा रणनीति बनाउने।
  25. बार्षिक रुपमा नेपाली नियोगहरूको लागि आवश्यक पर्ने जग्गा खरिद, भवन खरिद/निर्माण, मर्मत संभार तथा संरक्षण सम्बन्धी कार्य गर्ने गराउने ।
  26. मन्त्रालय र अन्तर्गतका निकायहरूको चल-अचल सम्पत्ति खरिद, संरक्षण, सम्वर्द्धन र अभिलेख व्यवस्थापनको कार्य गर्ने/ गराउने ।
  27. मन्त्रालयका लागि खरिद गरिएका जिन्सी सामानहरूको यथार्थ लगत राखी यस्ता सम्पतिको विवरण अद्यावधिक गर्ने ।
  28. मन्त्रालयका महाशाखा एवं शाखाहरूलाई आवश्यक पर्ने जिन्सी सामानहरूको माग संकलन एवं खरिद व्यवस्था गर्ने ।
  29. मन्त्रालयको खरिद इकाई सम्बन्धी कार्य गर्ने।
  30. जिन्सी व्यवस्थापन र निरीक्षणसम्बन्धी कार्य गर्ने ।
  31. नियोगको नाममा रहेका भौतिक सम्पत्तिको व्यवस्थित अभिलेख राख्ने।सार्वजनिक खरिद ऐन एवं नियमावली बमोजिम मन्त्रालय एवं नियोगलाई नियमित रूपमा मालसामान, वस्तु आपूर्ति तथा वितरण।
  32. मन्त्रालय र अन्तर्गतका निकायहरूको व्यवस्थापन परीक्षणसम्बन्धी कार्यहरू गर्ने ।
  33. अन्य महाशाखाहरूलाई नतोकिएको र भैपरी आउने कार्यहरू गर्ने ।

 

 

  • दक्षिण एसिया महाशाखा
            1. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका मुलुकहरूसँगको द्विपक्षीय राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तार एवं सुदृढीकरण सम्बन्धी कार्यहरू गर्ने ।
            2. महाशाखाको कार्यक्षेत्रअन्तगर्तका मुलुकहरूसँगको आर्थिक, प्राविधिक, साँस्कृतिक र सामाजिक सहयोगसम्बन्धी कार्यहरू गर्ने ।
            3. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका देश र नेपालवीचको द्विपक्षीय सम्बन्धका वारेमा विवरण अद्यावधिक गर्ने।
            4. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका देशहरूको देशगत परिचय (Country Brief), व्दिपक्षीय सम्बन्ध (Bilateral Relations)  र तुलनात्मक तथ्याङ्क तालिका (Comparative Fact Sheet) तथा ती देशहरूमा घटेका महत्वपूर्ण घटनाहरूको नियमित अध्ययन गरी विश्लेषणसहित प्रतिवेदन तयार गर्ने।
            5. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका विषयमा आवश्यकताअनुसार भाषण, बक्तव्य, प्रेसविज्ञप्ति, वार्ताका बुँदाहरू (Talking Points), वार्ताको अभिलेख (Records of Talks)  लगायतका दस्तावेज तयार गर्ने।
            6. महाशाखाअन्तर्गतका मुलुकहरूसँगको द्विपक्षीय व्यापार  संयुक्त लगानी र पारवहनसम्बन्धी आवश्यक कार्य  सम्पादन गर्ने ।
            7. महाशाखाअन्तर्गतका देशसँगको सम्बन्धका विविध आयामहरूलाई व्यवस्थित गर्न गठन गरिएका द्विपक्षीय परामर्श संयन्त्र (Bilateral Consultative Mechanisms) लगायत अन्य संयन्त्रहरू सम्बन्धी कार्यहरू  गर्ने ।
            8. बदलिँदो विश्व परिवेशमा नेपालले अख्तियार गर्नुपर्ने देशगत नीतिको निर्माण, सञ्चालन तथा कार्यान्वयनका लागि अग्रणी भूमिका निर्वाह गर्ने ।
            9. द्विपक्षीय सम्बन्ध विस्तार एवं सुदृढीकरणका लागि विभिन्न संघसंस्था, स्वदेशी तथा विदेशी बुद्धिजीवी तथा बौद्धिक वर्ग (Think Tank) हरूसँगको अन्तर्क्रिया गराउने ।
            10. नेपालको आर्थिक विकासका लागि महाशाखाको कार्य क्षेत्रअन्तर्गतका मुलुकहरूसँग वैदेशिक रोजगार, व्यापार, वैदेशिक लगानी, पर्यटनजस्ता उच्च प्रतिफलयुक्त क्षेत्रहरू पहिल्याउने र त्यसका लागि आवश्यक पर्ने द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सन्धि, सम्झौता र समझदारीसम्बन्धी  कार्यहरू गर्ने।
            11. आफ्नो कार्य क्षेत्रअन्तर्गतका देशमा रहेका नेपाली नियोगहरूसँग आवश्यक समन्वय गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई अभिवृद्धि गर्ने तथा नेपालको हितप्रवर्द्धनको वातावरण सिर्जना गर्ने । 
            12. नेपाल सरकारका निकायहरूबाट महाशाखासँग सम्बन्धित मुलुक तथा निकायहरूसँग हुने कार्यको समन्वय गर्ने ।
            13. नेपाल-भारत सीमानासम्बन्धी कार्यहरू गर्ने ।
            14. उच्चस्तरीय तथा सरकारीस्तरमा हुने भ्रमणका आदान प्रदानसम्बन्धी कार्यहरू संचालन र सम्पादन गर्ने।
            15. महाशाखाअन्तर्गतका मुलुकहरूमा उपलव्ध हुने विभिन्न छात्रवृत्ति, तालिम जस्ता अवसरहरूको सदुपयोग गर्नका लागि आवश्यक पहल तथा समन्वय गर्ने ।
            16. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका मुलुकहरूसँगको नेपालको परराष्ट्र नीति र कूटनीतिक सम्बन्ध एवं कूटनीतिक उन्मुक्तिका विषयमा नेपाल सरकारका सम्बन्धित निकायहरूलाई आवश्यक परामर्श दिने ।
            17. महाशाखा अन्तर्गतका नेपाली नियोगहरूलाई आवश्यकता अनुरुप निर्देशन, सुझाव, सहयोग र सूचना उपलव्ध गराउने कार्य ।
            18. एक आपसमा नियोग स्थापना नभएका महाशाखाको कार्यक्षेत्र अन्तर्गत पर्ने मुलुकसँग कूटनीतिक नियोग स्थापना गर्न पहल गर्ने ।
            19. महाशाखाअन्तर्गतका मुलुकहरूसँग जनस्तरको सम्बन्ध विकाससम्बन्धी कार्य गर्ने ।
            20. नेपाल भारत हुँदै तेस्रो देशसम्म पहुचका लागि पारवहन स्थापना सम्वन्धी कार्य गर्ने ।
            21. नेपाल-भारतबीच स्थापित जलस्रोत,ऊर्जा, व्यापार लगायतका द्विपक्षीय संयन्त्रसम्बन्धी कार्य गर्ने ।
            22. महाशाखासंग सम्वन्धित अन्य निर्दिष्ट कार्य गर्ने ।

 

 

 

 

  • उत्तरपूर्व एसिया महाशाखा
  1. नेपालको निकट छिमेकी मित्रराष्ट्र चीन  तथा महत्वपूर्ण द्धिपक्षीय सहयोग गर्ने मित्रराष्ट्र जापानसँग सदियौंदेखि रहिआएको असल छिमेकीपनका साथै सहयोगात्मक र सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयत्न गर्ने।
  2. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका मुलुकहरू (चीन, जापान, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, गणतन्त्र कोरिया र मंगोलिया) सँगको द्विपक्षीय राजनीतिक तथा कूटनीतिक सम्बन्धसम्बन्धी कार्य ।
  3. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका राष्ट्रहरूसँग नेपालको परराष्ट्र नीतिको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरू गर्ने।
  4. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका मुलुकहरूसँगको नेपालको परराष्ट्र र कूटनीतिक सम्बन्ध एवं कूटनीतिक उन्मुक्तिका विषयमा नेपाल सरकारका सम्बन्धित निकायहरूलाई आवश्यक परामर्श दिने ।
  5. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका देशहरूको देशगत परिचय (Country Brief),  द्विपक्षीय सम्बन्ध (Bilateral Relations)  र तुलनात्मक तथ्याङ्क तालिका (Comparative Fact Sheet) तथा ती देशहरूमा घटेका महत्वपूर्ण घटनाहरूको नियमित अनुगमन गरी विश्लेषणसहित प्रतिवेदन तयार पार्ने ।
  6. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका विषयमा भाषण, बक्तव्य, प्रेसविज्ञप्ति, वार्ताका बूँदाहरू (Talking Points)  र वार्ताको अभिलेख (Records of Talks)  लगायतका दस्तावेज तयार गर्ने ।
  7. आफ्नो कार्य क्षेत्रअन्तर्गतका देशमा रहेका नेपाली नियोगहरूसँग आवश्यक समन्वय गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई अभिबृद्वि गर्ने तथा नेपालको हितप्रवर्द्धनको वातावरण सिर्जना गर्ने ।
  8. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका मुलुकहरूसँगको आर्थिक, प्राविधिक, साँस्कृतिक र सामाजिक सहयोगसम्बन्धी कार्य  गर्ने ।
  9. नेपालले अख्तियार गर्दै आएको एक चीन नीतिलाई सरकारका प्रत्येक तहमा यथोचित रुपमा कार्यान्वयन गराउनका लागि सञ्चार तथा समन्वय सम्बन्धी कार्य गर्ने ।
  10. बदलिँदो विश्व परिवेशमा नेपालले अख्तियार गर्नुपर्ने चीन नीतिको निर्माण तथा कार्यान्वयनका लागि अग्रणी भूमिका निर्वाह गर्ने ।
  11. द्विपक्षीय सम्बन्ध विस्तार एवं सुदृढीकरणका लागि सम्बन्धित संघसंस्था, स्वदेशी तथा विदेशी बुद्धिजीवी तथा चिन्तन समुह  (Think Tank) हरूसँगको अन्तर्क्रिया गराउने ।
  12.  नेपाल र महाशाखाको कार्यक्षेत्रअन्तगर्तका देशहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई नियमित र व्यवस्थित गरी राष्ट्रिय हितमा प्रयोग गर्ने ।
  13.  नेपाल सरकारका मन्त्रालयहरूबाट महाशाखासम्बन्धित मुलुकहरू तथा निकायसँग सम्बन्धित कार्यहरूको  समन्वय गर्ने।
  14.  चीनको स्वशासित क्षेत्र तिब्बत तथा चीनका विशेष प्रशासकीय क्षेत्रहरू हङकङ र मकाओसँगको नेपालको सम्बन्धलाई थप मजबुत बनाउन प्रयत्न  गर्ने।
  15.  नेपाल र चीनबीचको सीमा व्यवस्थापन र  सीमा सुरक्षालाई थप ब्यवस्थित गर्ने ।
  16.  सीमाका वासिन्दाको आर्थिक र सामाजिक स्तर सुधार गर्न आवश्यक पहल गर्ने ।
  17.  चीनका विशेष प्रशासकीय क्षेत्रहरू हङकङ र मकाओ तथा नेपाली श्रमशक्तिका लागि आकर्षक रोजगारीको बजारको रुपमा रहेको गणतन्त्र कोरियामा थप रोजगारीका अवसरहरू पहिल्याउन प्रयत्न गर्ने
  18.  चीनको आर्थिक विकासका साथै अन्तर्राष्ट्रिय सम्बन्धमा यसले खेल्ने भूमिकालाई  अध्ययन अनुसन्धान गरी अद्यावधिक प्रतिवेदन तयार गर्ने ।
  19.  महाशाखाको कार्यक्षेत्रका देशहरूसँग स्थापित/स्थापना हुने द्विपक्षीय संयन्त्रसम्बन्धी कार्यहरू गर्ने।
  20.  नेपालको आर्थिक विकासका लागि महाशाखाको कार्य क्षेत्रअन्तर्गतका मुलुकहरूसँग वैदेशिक रोजगार, व्यापार, वैदेशिक लगानी, पर्यटनजस्ता उच्च प्रतिफलका क्षेत्र पहिल्याउने र त्यसका लागि आवश्यक पर्ने द्विपक्षीय तथा बहुपक्षीय  सन्धि, सम्झौता र समझदारी सम्बन्धी  कार्यहरू गर्ने ।
  21.  महाशाखाअन्तर्गतका मुलुकहरूमा उपलव्ध हुने विभिन्न छात्रवृत्ति, तालिम जस्ता अवसरहरूको सदुपयोग गर्नका लागि आवश्यक पहल तथा समन्वय गर्ने ।
  22.  नेपाल र महाशाखाको कार्यक्षेत्रका देशहरूबीच जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने कार्यहरू गर्ने ।
  23.  महाशाखाअन्तर्गत रहेका नेपाली नियोगहरूलाई आवश्यकताअनुरुप निर्देशन, सुझाव, सहयोग र सूचना उपलव्ध गराउने कार्य गर्ने ।
  24. उच्चस्तरीय तथा सरकारीस्तरमा हुने भ्रमणका आदान प्रदानसम्बन्धी कार्यहरू संचालन र सम्पादन गर्ने ।
  25. महाशाखासंग सम्वन्धित अन्य निर्दिष्ट कार्य गर्ने ।

 

  • दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखा

 

  • महाशाखाको कार्य क्षेत्रअन्तर्गतका राष्ट्रहरूसँग नेपालको परराष्ट्र नीति तर्जुमा एवं कार्यान्वयन सम्बन्धी कार्य गर्ने ।
  • महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका दक्षिणपूर्व एसियाका मुलुकहरू र प्रशान्त क्षेत्रका मुलुकहरूसँगको द्विपक्षीय राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक,  प्राविधिक, तथा जनस्तरको सम्बन्ध विस्तार एवं सुदृढीकरण सम्बन्धी कार्य गर्ने।
  • नेपाल र महाशाखाको कार्यक्षेत्रअन्तगर्तका देशहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई नियमित र व्यवस्थित गरी राष्ट्रिय हितमा प्रयोग गर्ने ।
  • महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका राष्ट्रहरूसँग स्थापना भएका द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय तुल्याउने र आवश्यकता अनुसार नयाँ संयन्त्र स्थापना गरी राष्ट्रिय हितको प्रवर्द्धनलाई सुनिश्चित गर्ने
  • महाशाखाको कार्य क्षेत्रअन्तर्गतका देशहरूको  देशगत परिचय (Country Brief), द्विपक्षीय सम्बन्ध (  Bilateral Relations), तुलनात्मक तथ्याङ्क तालिका (Comparative Fact Sheet) तथा ती देशहरूमा घटेका महत्वपूर्ण घटनाहरूको नियमित अनुगमन गरी विश्लेषणसहित प्रतिवेदन तयार पार्ने ।
  • महाशाखाको कार्य क्षेत्रअन्तर्गतका विषयमा भाषण, बक्तव्य, प्रेसविज्ञप्ति, वार्ताका बुंदा (Talking Points, Press Release, Briefs, Statement, Records of Talks)  लगायतका दस्तावेज तयार गर्ने ।
  • नेपालको आर्थिक विकासका लागि महाशाखाको कार्य क्षेत्रअन्तर्गतका मुलुकहरूसँग वैदेशिक रोजगार, व्यापार, वैदेशिक लगानी, पर्यटन जस्ता उच्च प्रतिफलका क्षेत्र पहिल्याउने र त्यसका लागि आवश्यक पर्ने द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता र समझदारी गर्ने एवं अल्पकालीन दीर्घकालीन रणनीति तयार गर्ने सम्बन्धी  कार्यहरू गर्ने ।
  • आफ्नो कार्य क्षेत्रअन्तर्गतका देशमा रहेका नेपाली नियोगहरूसँग आवश्यक समन्वय गरी नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा अभिबृद्वि गर्ने तथा नेपालको हित प्रवर्द्धनको वातावरण सिर्जना गर्ने ।
  • नेपालमा राजदूतावास, कूटनीतिक नियोग नरहेका महाशाखाको कार्य क्षेत्रअन्तर्गतका मुलुकहरूका राजदूतावास, कूटनीतिक नियोग नेपालमा स्थापना गर्न प्रयत्न गर्ने ।
  • महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका मुलुकहरूसँगको नेपालको परराष्ट्र र कूटनीतिक सम्बन्ध एवं कूटनीतिक उन्मुक्तिका विषयमा नेपाल सरकारका सम्बद्ध निकायहरूलाई आवश्यक परामर्श दिने ।
  • महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका मुलुकहरूको परराष्ट्र नीति र कूटनीतिक उन्मुक्तिका विषयमा नेपाल सरकारका सम्बन्धित निकायहरूलाई आवश्यक परामर्श दिने ।
  • महाशाखाअन्तर्गतका मुलुकहरूबाट नेपाललाई उपलब्ध हुने छात्रवृत्ति, तालिमजस्ता अवसरहरू प्राप्त गरी नेपाल सरकारका सम्बन्धित निकायहरूमा पठाउने र त्यस्ता अवसरहरूको समुचित उपयोगको व्यवस्था मिलाउने कार्य।
  •  महाशाखाको कार्यक्षेत्र अन्तर्गतका मुलुकहरूमा बसोबास एवं कामकाज गर्ने नेपालीहरूको हकहित र कल्याण अभिवृद्धि सम्बन्धी कार्यहरू गर्ने ।
  •  नेपाल सरकारका मन्त्रालयहरूबाट महाशाखासम्बन्धित मुलुकहरू तथा निकायसँग भएको कामको समन्वय गर्ने।
  • महाशाखाको कार्यक्षेत्रभित्र पर्ने मुलुकहरूको नेपालमा रहेका राजदूतावासहरूसँग निकट सम्पर्कमा रही आपसी हितका विषयमा सहजीकरण र समन्वय गर्ने ।
  • महाशाखाअन्तर्गत रहेका नेपाली कूटनीतिक नियोगहरूलाई आवश्यकताअनुरुप निर्देशन, सुझाव, सहयोग र सूचना उपलव्ध गराउने कार्य सम्पादन गर्ने ।
  • अन्य निर्दिष्ट कार्यहरू गर्ने

 

  • . मध्य एसिया, पश्‍चिम एसिया तथा अफ्रिका महाशाखा
  1. महाशाखाको कार्यक्षेत्रअन्तर्गतका राष्‍ट्रहरूसँग नेपालको परराष्‍ट्र नीति तर्जुमा, सफल सञ्‍चालन तथा कार्यान्वयनसम्बन्धी कार्यहरू गर्ने ।
  2. महाशाखाको कार्यक्षेत्रअन्तर्गतका देशहरूको परराष्‍ट्र नीतिका बारेमा अवधारणापत्र तयार गर्ने र अद्यावधिक गर्ने ।
  3. महाशाखाको कार्यक्षेत्रअन्तर्गतका देशहरूको देशगत परिचय (Country Brief), द्विपक्षीय सम्बन्ध  (Bilateral Relations) र तुलनात्मक तथ्याङ्कतालिका (Comparative Fact Sheet) तथा ती देशहरूमा घटेका महत्त्वपूर्ण घटनाहरूको नियमित अनुगमन गरी विश्‍लेषणसहित प्रतिवेदन तयार पार्ने ।
  4. महाशाखाको कार्यक्षेत्रअन्तर्गतका विषयमा भाषण, वक्तव्य, प्रेस विज्ञप्‍ति, वार्ताका बुँदाहरू (Talking Points), वार्ताको अभिलेख (Records of Talks) लगायतका दस्ताबेज तयार गर्ने ।
  5. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका मुलुकहरूसँगको नेपालको परराष्‍ट्र नीति र कूटनीतिक सम्बन्ध एवम् उन्मुक्तिका विषयमा नेपाल सरकारका सम्बद्ध निकायहरूलाई आवश्यक परामर्श उपलब्ध गराउने।
  6. महाशाखाको कार्यक्षेत्रअन्तर्गतका देश र नेपालबीचको द्विपक्षीय सम्बन्धका बारेमा विवरण अद्यावधिक गर्ने।
  7. महाशाखाको कार्यक्षेत्रअन्तर्गतका देशहरूमा घटेका महत्त्वपूर्ण घटना र विकसित घटनाक्रमहरूको नियमित अनुगमन गर्नुको साथै विश्‍लेषणात्मक अध्ययन गरी प्रतिवेदन तयार गर्ने।
  8. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रही नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना नभएका मुलुकहरूसँग कूटनीतिक सम्बन्ध स्थापनाको पहल गर्ने।
  9. उच्चस्तरीय तथा सरकारीस्तरमा हुने भ्रमण आदानप्रदानसम्बन्धी कार्य गर्ने।
  10. वैदेशिक रोजगारीको अभिवृद्धि गर्ने र तत्सम्बन्धमा पर्ने समस्या निराकरणका लागि विदेशस्थित नेपाली नियोगहरू, नेपालस्थित विदेशी कूटनीतिक नियोगहरू र अन्य सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गर्ने ।
  11. आफ्नो कार्यक्षेत्रअन्तर्गतका देशमा रहेका नेपाली नियोगहरूसँग आवश्यक समन्वय गरी अन्तर्राष्‍ट्रिय जगतमा नेपालको छविलाई अभिवृद्धि गर्ने तथा  नेपालको हित प्रवर्द्धनको वातावरण सिर्जना गर्ने।
  12. नेपालको आर्थिक विकासका लागि महाशाखाको कार्यक्षेत्रअन्तर्गतका मुलुकहरूसँग वैदेशिक रोजगार, व्यापार, वैदेशिक लगानी, पर्यटनजस्ता आर्थिक कूटनीतिका उच्च प्रतिफल भएका क्षेत्रहरू पहिल्याउने र त्यसका लागि आवश्यक पर्ने द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता र समझदारीसम्बन्धी कार्यहरू गर्ने।
  13. नेपालमा राजदूतावास/नियोग नरहेका महाशाखाको कार्यक्षेत्रअन्तर्गतका मुलुकहरूका राजदूतावास, कूटनीतिक नियोग नेपालमा स्थापना गर्न प्रयत्‍न गर्ने ।
  14. नेपाली राजदूतावास/नियोग नभएका महाशाखाका कार्यक्षेत्रअन्तर्गतका मुलुकहरूमा नेपाली राजदूतावास/नियोग स्थापना गर्न पहल गर्ने ।
  15. महाशाखाको कार्यक्षेत्रअन्तर्गतका देशहरूमा नेपाली विद्यार्थीहरूलाई अध्ययनको अवसर उपलब्ध गराउन प्रयास गर्ने ।
  16. महाशाखाको कार्यक्षेत्रमा बसोबास एवम् कामकाज गर्ने नेपालीहरूको हकहित र कल्याण अभिवृद्धिसम्बन्धी कार्यहरू गर्ने ।
  17. नेपाल र महाशाखाको कार्यक्षेत्रका देशहरूबीच जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने कार्यहरू सम्पादन
    गर्ने । 
  18. नेपाल सरकारले समयसमयमा निर्णय वा निर्देशन गरेका अन्य कार्यहरू सम्पादन गर्ने ।
  19. महाशाखासंग सम्वन्धित अन्य निर्दिष्ट कार्य गर्ने ।

 

 

  • शिष्‍टाचार महाशाखा
  1. नेपाली राजदूतहरू र सैनिक सहचारीहरूको नियुक्तिको लागि सम्बन्धित मुलुकहरूबाट सहमति प्राप्त गर्न कूटनीतिक पत्राचार गर्ने, नव नियुक्त राजदूतहरूको ओहदाको प्रमाणपत्र तयार गर्ने एवं नेपालका लागि विदेशी राजदूतहरू र सैनिक सहचारीहरू नियुक्त गर्न मित्रराष्ट्रहरूले गरेको प्रस्तावमा नेपाल सरकारको तर्फबाट सहमति प्रदान गर्ने;
  2. नेपालका लागि राजदूत-नियुक्त कूटनीतिज्ञहरूलाई राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्ने व्यवस्था मिलाउने;
  3. मित्रराष्ट्रहरूको राष्ट्रिय दिवशको उपलक्ष्यमा नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको तर्फबाट बधाइ तथा शुभकामना सन्देशहरू पठाउने; सोही अवसरमा आयोजना हुने स्वागत समारोहमा नेपाल सरकारको तर्फबाट प्रमुख अतिथिको उपस्थिति सुनिश्चित गरार्इ उपस्थितिका समयमा सहजकर्ताको काम गर्ने;
  4. नेपालका अति विशिष्ट एवं विशिष्ट पदाधिकारीलार्इ प्राप्त हुने र उहाँहरूले आ÷आफ्ना समकक्षीलार्इ पठाउनु हुने चिठ्ठीपत्र, सन्देश र शुभकामनाहरू दुवैतर्फका उच्च गन्तव्य स्थानमाहरूमा सम्प्रेषण गर्ने;
  5. विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी कार्य गर्ने;
  6. विदेशी मित्रराष्ट्रले नेपालमा अवैतनिक बाणिज्यदूत नियुक्त गर्न गरेको प्रस्तावमा स्वीकृति प्रदान गर्न आवश्यक तयारी पूरा गरी नेपाल सरकारको तर्फबाट सहमति प्रदान गर्ने एवं नियुक्तिपत्र (Letter of Commission)  प्राप्त भएपछि स्वीकृतिपत्र (Exequatur) जारी गर्ने र नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुक र शहरका लागि नियुक्त गर्ने अवैतनिक बाणिज्यदूत/महाबाणिज्यदूतको लागि सम्बन्धित मुलुकबाट सहमति प्राप्त गरी नियुक्तिपत्र (Letter of Commission) तयार गरी पठाउने । 
  7. नेपालमा रहेका विदेशी कूटनीतिक नियोगहरू र अन्तर्राष्ट्रिय संघ संस्थाहरूको विवरण र विदेशमा रहेका नेपाली नियोगहरूको विवरण अद्यावधिक गरी हरेक वर्ष डिप्लोमेटिक लिष्ट प्रकाशन गर्ने; विदेशी नियोग र पदाधिकारीहरू एवं आश्रित परिवारका सदस्यहरूको लागि नेपालमा सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्ने,  शिष्टाचार अभ्यास र कन्सुलर सम्बन्ध सम्बन्धी आवश्यक विवरण संलग्न गरी नेपाल सरकारको शिष्टाचार एवं कन्सुलर पुस्तिका (Protocol and Consular Handbook) प्रकाशन र अध्यावधिक गर्ने एवं कूटनीतिक आचार संहिताको पालना सम्बन्धी काम गर्ने ।
  8. नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीले मित्रराष्ट्रहरू र क्षेत्रिय एवं अन्तर्राष्ट्रिय संगठनहरूको औपचारिक कामको सिलसिलामा विदेश भ्रमण गर्नुहुँदा एवं उहाँहरूका समकक्षी र अन्य पदाधिकारीहरूले नेपालको ‍औपचारिक भ्रमण गर्नुहँदा नेपाल सरकारबाट कार्यक्रम स्वीकृत गराउने, भ्रमणका कार्यक्रमहरू तयार गरी कार्यक्रम पुस्तिका तयार गर्ने; स्वागत समारोह र आवास, खानपीन, यातायातको सुविधा, औपचारक भोजहरू र उपहार लगायतका शिष्टाचर एवं आतिथ्यता कूटनीतिक कूटनीतिक प्रचलनबमोजिम हुने व्यवस्था सुनिश्चित गराउने र नेपालमा हुने भ्रमणका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्ने ।
  9. विशिष्ट विदेशी पदाधिकारीहरूको प्रयोगको लागि अन्तर्राष्ट्रिय एवं आन्तरिक विमानस्थल कार्यालयहरूमा  विशिष्ट  कक्ष  उपलव्ध गराउने;
  10.  नेपालको औपचारिक भ्रमणमा आउने विशिष्ट विदेशी पदाधिकारीको लागि सुरक्षा प्रदान गर्न गृह मन्त्रालयलाई र दिवाभोज, रात्रीभोज आयोजना गर्न र अन्य कार्यक्रमहरू आयोजना गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय वा अन्य निकायलाई सहयोग र सल्लाह प्रदान  गर्ने ।
  11.  महाशाखासंग सम्वन्धित अन्य निर्दिष्ट कार्य गर्ने ।

 

  • युरोप महाशाखा

 

  1. युरोपेली मुलुकहरू एवं युरोपियन युनियनसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्न क्रियाशील रहने ।
  2. महाशाखाको कार्यक्षेत्र अन्तर्गतका राष्ट्र एवं संस्थाहरूसँग द्विपक्षीय उच्चस्तरका भ्रमण तथा वार्ताहरू  सम्बन्धी कार्य गर्ने ।
  3. महाशाखाको कार्यक्षेत्र अन्तर्गतका राष्ट्र एवं संथाहरूको परिचय (Brief), नेपालसँगको द्विपक्षीय सम्बन्ध ( Bilateral Relations), तथ्याङ्क तालिका ( Fact Sheet) आदि तयार/अद्यावधिक गर्ने।
  4. महाशाखाको कार्यक्षेत्र अन्तर्गतका राष्ट्र एवं संथाहरूको परराष्ट्र नीतिको अध्ययन गरी नेपालको रणनीति तयार /अद्यावधिक गर्ने ।
  5. महाशाखाको कार्यक्षेत्र अन्तर्गतका राष्ट्रहरूसँग नेपालको व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन गर्नका लागि नेपालका  सम्वन्धित निकायहरूसँग समन्वय गरी आवश्यक भूमिका निर्वाह गर्ने।
  6. महाशाखाको कार्यक्षेत्र अन्तर्गतका राष्ट्रहरूमा रहेका नेपालीहरूको हक हितलाई सम्वर्द्धन तथा प्रवर्द्धन गर्नका लागि आवश्यक पहल गर्ने।
  7. महाशाखाको कार्यक्षेत्र अन्तर्गतका देशहरूमा घटेका महत्वपूर्ण घटनाहरूको नियमित रुपले विश्लेषण गरी प्रतिवेदन तयार गर्ने।
  8. नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना नभएका महाशाखाको कार्यक्षेत्र अन्तर्गत पर्ने मुलुकहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न पहल गर्ने।
  9. युरोपेली राष्ट्र तथा युरोपियन युनियनसँग कूटनीतिक माध्यमद्धारा आवश्यक समन्वय गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको हित प्रवर्द्धनको वातावरण सिर्जना गर्ने एवं नेपालको छवि अभिबृद्धि गर्ने।
  10. वैदेशिक रोजगारलाई अभिवृद्धि गर्ने र तत्सम्बन्धमा पर्ने समस्या निराकरणका लागि विदेशस्थित नेपाली नियोगहरू, नेपालमा रहेका ती देशका कूटनीतिक नियोगहरू र सरोकारवाला निकायहरूसँग सम्वाद र समन्वय सम्बन्धी कार्य गर्ने ।
  11. आफ्नो कार्यक्षेत्र अन्तर्गतका विषयमा भाषण, बक्तव्य, प्रेस विज्ञप्ति, वार्ताका बुँदाहरू (Talking Points), (Records of Talks)  लगायतका दस्तावेज तयार गर्ने।
  12. युरोपमा हुने नेपालका विभिन्न तह र निकायका बैठकहरूको संयोजन तथा समन्वय गर्ने र छलफल भएका विषयवस्तुको अभिलेखीकरण गर्ने ।
  13. नेपालको आर्थिक विकासका लागि युरोप तथा युरोपियन युनियनसँग वैदेशिक  रोजगार, व्यापार, वैदेशिक लगानी, पर्यटन जस्ता उच्च प्रतिफलका क्षेत्र पहिल्याउने र त्यसका लागि आवश्यक पर्ने द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता र समझदारी सम्बन्धी कार्यहरू गर्ने।
  14. नेपालमा राजदूतावास/कूटनीतिक नियोग नरहेका युरोपेली मुलुकहरूका राजदूतावास /कूटनीतिक नियोग नेपालमा स्थापना गर्न प्रयत्न गर्ने।
  15. नेपाली राजदूतावास/ नियोग नभएका युरोपेली मुलुकहरूमा आवश्यकताका आधारमा नेपाली राजदूतावास/ नियोग स्थापना गर्न पहल गर्ने।
  16. नेपाल र महाशाखाको कार्यक्षेत्रका देशहरूबीच जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने कार्यहरू सम्पादन गर्ने।
  17. महाशाखासंग सम्वन्धित अन्य निर्दिष्ट कार्यहरू गर्ने ।

 

  • उत्तर तथा दक्षिण अमेरिका महाशाखा

 

  1. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्न क्रियाशील रहने ।
  2. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूसँग द्विपक्षीय उच्चस्तरीय भ्रमण तथा वार्ताहरू  सम्बन्धी कार्य गर्ने।
  3. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूको परिचय (Brief), नेपालसँगको  व्दिपक्षीय सम्बन्ध ( Bilateral Relations), तथ्याङ्क तालिका ( Fact Sheet) आदि तयार /अद्यावधिक गर्ने।
  4. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूको  परराष्ट्र नीतिको अध्ययन गरी नेपालको रणनीति तयार र अद्यावधिक गर्ने ।
  5. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूसँग नेपालको  व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन गर्नका लागि नेपालका  सम्वन्धित निकायहरूसँग समन्वय गरी आवश्यक भूमिका निर्वाह गर्ने।
  6. शाखाको कार्यक्षेत्र अन्तर्गतका विषयमा भाषण, बक्तव्य, प्रेस विज्ञप्ति, वार्ताका बुँदाहरू (Talking Points), वार्ताको अभिलेख (Records of Talks)  लगायतका दस्तावेज तयार गर्ने।
  7. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूसँग हुने नेपालका विभिन्न तह र निकायका बैठकहरूको संयोजन तथा समन्वय गर्ने र छलफल भएका विषयवस्तुको अभिलेखीकरण गर्ने ।
  8. शाखाको कार्यक्षेत्र अन्तर्गतका राष्ट्रहरूमा रहेका नेपालीहरूको हक हितलाई सम्वर्द्धन तथा प्रवर्द्धन गर्नका लागि आवश्यक पहल गर्ने।
  9. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूमा घटेका महत्वपूर्ण घटनाहरूको नियमित रुपले विश्लेषण गरी प्रतिवेदन तयार गर्ने।
  10. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूसँग कूटनीतिक माध्यमद्धारा आवश्यक समन्वय गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको हित प्रवर्द्धनको वातावरण सिर्जना गर्ने एवं नेपालको छवि अभिबृद्धि गर्ने।
  11. उत्तर र दक्षिण अमेरिकी मुलुकहरूमा  वैदेशिक रोजगारलाई अभिवृद्धि गर्ने र तत्सम्बन्धमा पर्ने समस्या निराकरणका लागि विदेशस्थित नेपाली नियोगहरू, नेपालमा रहेका ती देशका कूटनीतिक नियोगहरू र सरोकारवाला निकायहरूसँग सम्वाद र समन्वय सम्बन्धी कार्य गर्ने ।
  12. नेपालको आर्थिक विकासका लागि उत्तर र दक्षिण अमेरिकी मुलुकहरूसँग वैदेशिक  रोजगार, व्यापार, वैदेशिक लगानी, पर्यटन जस्ता उच्च प्रतिफलका क्षेत्र पहिल्याउने र त्यसका लागि आवश्यक पर्ने द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता र समझदारी सम्बन्धी कार्यहरू गर्ने।
  13. नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना नभएका उत्तर र दक्षिण अमेरिकी मुलुकहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न पहल गर्ने ।
  14. नेपालमा राजदूतावास/कूटनीतिक नियोग नरहेका उत्तर र दक्षिण अमेरिकी मुलुकहरूका राजदूतावास/कूटनीतिक नियोग नेपालमा स्थापना गर्न प्रयत्न गर्ने।
  15. नेपाली राजदूतावास/नियोग नभएका महाशाखाका कार्यक्षेत्र अन्तर्गतका मुलुकहरूमा आवश्यकताका आधारमा नेपाली राजदूतावास/नियोग स्थापना गर्न पहल गर्ने।
  16. महाशाखाको कार्यक्षेत्रअन्तगर्तका मुलुकहरूसँगको आर्थिक, प्राविधिक, साँस्कृतिक र सामाजिक सहयोगसम्बन्धी कार्यहरू गर्ने ।
  17. नेपाल र शाखाको कार्यक्षेत्रका देशहरूबीच जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने कार्यहरू सम्पादन
    गर्ने।
  18. अन्य निर्दिष्ट कार्यहरू गर्ने ।

 

 

 

  • अन्तर्राष्‍ट्रिय सङ्घ सङ्गठन तथा अन्तर्राष्‍ट्रिय कानून महाशाखा

 

  1. अन्तर्राष्ट्रिय कानूनप्रति मुलुकको प्रतिबद्धता र दायित्वबोधको प्रदर्शन गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको   छबी प्रबर्द्धन गर्ने।
  2. संयुक्त राष्ट्रसंघ महासभाको छैठौं (कानुन) समितिमा छलफल तथा निर्णय हुने विषयहरूमा परामर्श दिने तथा विभिन्न रिजोलुसन अन्तर्गतका प्रतिवेदनहरू पेश गर्न समन्वय गर्ने।
  3. अन्तर्राष्ट्रिय न्यायालय अन्तर्राष्ट्रिय कानुन परिषद तथा अन्य विभिन्न न्यायीक निकायहरूसंग सम्पर्क कायम गर्ने र आवश्यकता अनुसार समन्वय गर्ने।
  4. शरणार्थीसम्बन्धी विषयमा आवश्यक समन्वय र सहजीकरणका कार्य गर्ने ।
  5. संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को विभिन्न निकायहरूबाट नेपालको मानव अधिकारस्थितिका बारेमा उठाइएका मुद्धाहरूको सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा/प्रतिक्रिया सम्बद्ध सबै सरकारी निकायहरूको समन्वयमा तयार गर्न आवश्यक कार्य गर्ने।
  6. जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धि, महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि, बाल अधिकारसम्बन्धी महासन्धिलगायतका अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित विषयहरूमा नेपालको दृष्टिकोण प्रस्तु गर्ने ।
  7. कुनै नयाँ विषय वा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन निर्माणको प्रकृयामा नेपाल सहभागी हुने नहुने विषयमा परामर्श दिने।
  8. विषयगत मन्त्रालयबाट हुने वहुपक्षीय वार्ता, सम्झौता, सन्धि, समझदारीमा सहमति तथा समन्वय सम्बन्धी बहुपक्षीय सन्धि, सम्झौता, समझदारीको अनुमोदन, हस्ताक्षर ,सम्मिलन स्वीकृति समर्थन  अन्तर्राष्ट्रिय संघ संस्थाको सदस्यता प्राप्तिको विषयमा परामर्श गर्ने।
  9. नेपाल पक्ष भएको तथा हुने प्रक्रियमा रहेका अन्तर्राष्ट्रिय सन्धी-सम्झौताहरूको दर्ता अभिलेखनमा समन्वय गर्ने।
  10. नेपालसँग सरोकार राख्ने सार्वजनिक वा निजी अन्तर्राष्ट्रिय कानूनको प्रश्नमा राय परामर्श दिने, अन्तर्राष्ट्रिय कानुनी विवाद,  मुद्दाहरूमा राय परामर्शसँग सम्बन्धित  कार्य।
  11. अन्तराष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान सम्बन्धी विषयहरूमा परामर्शसम्बन्धी कार्य।
  12. कुनै विषयगत मन्त्रालय फोकल पोइन्ट रहने गरी नतोकिएको अन्तर्राष्ट्रिय सन्धि सम्झौताको हकमा फोकल पोइन्टको रुपमा कार्य गर्ने।
  13. नेपाल सरकारको निर्णयले द्विपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौता समझदारी पत्रमा हस्ताक्षर गर्न पूर्ण अधिकार (full power) को उपकरण (credential) तयार तथा जारी गर्ने।
  14. विभिन्न अन्तरसरकारी संघ संगठनहरूलाई प्रदान हुने कूटनीतिक सूविधा तथा उन्मुक्तिका विषयमा राय/परामर्श दिने सम्बन्धी कार्य गर्ने।
  15. नेपाल सदस्य नभएका विभिन्न अन्तर्राष्ट्रिय अन्तरसरकारी संघ संस्थाहरूको सदस्यता लिन पहल गर्ने र ती निकायहरूसँग सम्वन्ध विकास गर्ने कार्य गर्ने ।
  16. नेपाल पक्ष भएका महासन्धि/अभिसन्धिहरूको कार्यान्वयन स्थितिको सम्बन्धमा आवधिक राष्ट्रिय प्रतिवेदन तयार गर्ने सिलसिलामा समन्वय गर्ने र सम्बद्ध सरकारी  निकायहरूलाई आवश्यक राय परामर्श दिने।
  17. नेपाल सरकार वा नेपाल राज्य पक्ष भएको द्विपक्षीय वा बहुपक्षीय  करारको पालना तथा पूरा गर्नुपर्ने दायित्वका सम्बन्धमा राय परामर्श दिने ।
  18. महाशाखाको कार्य क्षेत्र अन्तर्गतका निकायहरू तथा विषयमा संक्षिप्त विवरण (Brief) तथा तथ्याङ्क तालिका (Fact Sheet) तयार गर्ने र ती निकाय तथा विषयको सन्दर्भमा विकसित घटनाक्रमहरूको नियमित अनुगमन गरी  विश्लेषणसहित प्रतिवेदन तयार पार्ने कार्य ।
  19. नेपाल सरकार वा नेपाल राज्य पक्ष भएको द्विपक्षीय वा बहुपक्षीय  करारको पालना तथा पूरा गर्नुपर्ने दायित्वका  सम्बन्धमा राय परामर्श दिने ।
  20. यस महाशाखासँग सम्बन्धित संघ संस्थाहरूमा  हुने निर्वाचनमा  नेपालको लागि समर्थन जुटाउन    
  21. पहल गर्ने तथा अन्य राष्ट्रलाई समर्थन गर्ने विषयमा अन्य मन्त्रालय एवं विदेशी  राजदूतावासहरूसँग 

     समन्वय  गरी  निर्णयका लागि  पेश  गर्ने ।

  1. यस महाशाखासँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई बुझाउनु पर्ने सदस्यता शुल्क

भुक्तानी गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्ने।

  1. अन्तर्राष्ट्रिय संघसँगठन तथा अन्तर्राष्ट्रिय कानून महाशाखाबाट सम्पादन हुने कार्यसँग सम्बन्धित  विषयमा कुनै गैरसरकारी संघसंस्था दर्ता गर्न राय परामर्श माग भई आएमा राय परामर्श दिने।
  2. महाशाखाको कार्यक्षेत्र भित्रका अन्तर्राष्ट्रिय चासो र महत्वका समसामयिक विषयहरूमा नेपाल सरकारको  दृष्टिकोण तथा आवश्यकता अनुसार आधिकारिक बक्तव्य तयार गर्ने ।
  3. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूको बैठक, सभा, सम्मेलन आदि नेपाल  सरकारका सम्बद्ध निकायसमेतसँग समन्वय गरी प्रतिनिधित्व गर्ने ।
  4. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका बहुपक्षीय  निकायहरूसँगको सम्बन्धका वारेमा संक्षिप्त विवरण अद्यावधिक गर्ने।
  5. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका निकायहरूमा भएका र हुने महत्वपूर्ण कार्यहरूको नियमित अनुगमन गर्ने  र विकसित घटनाक्रमको विश्लेषणात्मक अध्ययन गरी प्रतिवेदन तयार गर्ने ।
  6. राष्ट्रप्रमुख, सरकार प्रमुख, परराष्ट्रमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरूले भाग लिने अन्तर्राष्ट्रियसभा, सम्मेलन, गोष्ठी, बैठक आदिमा दिइने भाषण, सम्बोधन र बक्तव्यहरू आवश्यकताअनुसार तयार पार्ने।
  7. महाशाखाको कार्य क्षेत्रसम्बन्धित उच्चस्तरीय भ्रमणहरूको व्यबस्थापन/ समन्वय गर्ने ।
  8. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका विदेस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई अभिबृद्धि गर्न जोड दिने ।
  9. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका संघसंस्थाहरूसँग कूटनीतिक माध्यमद्धारा सम्पर्क र समन्वय गरी नेपालको हित प्रवर्द्धनको वातावरण सिर्जना गर्ने ।
  10. अन्तर्राष्ट्रिय कानूनसँगसम्बन्धित राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, कार्यशाला आदिमा नेपालको प्रतिनिधित्व गर्नुको साथै नीतिगत विषयको सम्बन्धमा आवश्यक कार्य गर्ने तथा अन्तर्राष्ट्रिय कानूनको सम्बन्धमा परिआएका अन्य कार्य गर्ने ।
  11. नेपाल सदस्य रहेका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरू  को बैठक, सभा, सम्मेलन आदिमा नेपाल सरकारका सम्बद्ध निकाय समेतसँग समन्वय गरी प्रतिनिधित्व गर्ने।
  12. परराष्ट्र मन्त्रालयसँग सम्झौता गरी नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेर काम गरिरहेका   

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सम्झौता नवीकरणसम्बन्धी कार्य तथा  त्यस्ता संस्थामा काम गर्ने

विदेशी नागरिकहरूलाई भिसा सिफारिश गर्ने सम्बन्धी कार्य  सम्पादन गर्ने ।

  1. अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहजीकरण समिति र केन्द्रीय सल्लाहकार समितिको बैठकमा भाग लिई  परराष्ट्र मन्त्रालयको तर्फबाट धारणाहरू प्रस्तुत गर्ने ।
  2. सम्पत्ति शुद्वीकरण निवारण र AML/CFT सम्बन्धमा मन्त्रालयको तर्फबाट अन्तर निकाय समन्वय तथा सहकार्य गर्ने। 
  3. अन्य निर्दिष्ट कार्य गर्ने।

१० संयुक्त राष्ट्रसंघ तथा विशिष्टिकृत संघ संस्था महाशाखा

  1. संयुक्त राष्ट्रसंघको महासभा तथा यसका मूल समिति (Main Committee) हरू (क) निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय शान्ति समिति, (ख) आर्थिक तथा वित्तीय समिति, (ग) सामाजिक, मानवीय तथा सांस्कृतिक समिति, (घ) विशेष राजनीतिक तथा डिकोलोनाइजेसन समिति र (ङ) प्रशासनिक तथा बजेट समिति तथा महासभाका सहायक संस्थाहरू (Subsidiary organs) सँग सम्बन्धित कार्यहरू।
  2. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद (Security Council) र आर्थिक तथा सामाजिक परिषद (Economic and Social Council) एवं तिनीहरूका सहायक संस्थाहरू (Subsidiary bodies/organs) साथै जिम्माजमानी परिषद (Trusteeship Council) सँग सम्बन्धित कार्यहरू।
  3. संयुक्त राष्ट्रसंघको अतिकम विकसित, भूपरिवेष्ठित विकासोन्मुख, विकासशील टापु राष्ट्रहरू तथा जी-77 तथा चीन समूह(G-77 and China) सम्बन्धी कार्यहरू।
  4. असंलग्न आन्दोलनका विभिन्न विषयहरूमा अवधारणा-पत्र तयार गर्ने र असंलग्न आन्दोलनका शिखर सम्मेलन, मन्त्रीस्तरीय सम्मेलन र अन्य महत्वपूर्ण बैठकहरूमा भाग लिने, नेपालको अवधारणा प्रस्तुत गर्ने।
  5. संयुक्त राष्ट्रसंघीय शान्ति तथा अन्य मिसनहरू (Peacekeeping and other missions) सम्बन्धी कार्यहरू।
  6. महाशाखाको कार्य क्षेत्र अन्तर्गतका निकायहरू तथा विषयमा सम्बन्धित बहुपक्षीय  कूटनीति तथा विश्वमामिलाका विषयहरूमा अवधारणा पत्र तयार गर्ने /अद्यावधिक गर्ने , संक्षिप्त विवरण (Brief) तथा तथ्याङ्क तालिका (Fact Sheet) तयार गर्ने र ती निकाय तथा विषयको सन्दर्भमा विकसित घटनाक्रमहरूको नियमित अनुगमन गरी विश्लेषणसहित प्रतिवेदन तयार पार्ने कार्य  गर्ने ।
  7. संयुक्त राष्ट्रसंघको महासभा, महासभाका समितिहरू, सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद, तिनीहरूका सहायक निकायहरू एवं राष्ट्रसंघका विशिष्टीकृत निकायहरूको सभा, सम्मेलन, बैठक आदिमा भाग लिन सारभूत तयारी गर्ने एवं सहभागिता जनाउने ।
  8. निशस्त्रीकरणसम्बन्धी विषयहरूमा नेपालको आधिकारिक धारणा तयार गर्ने सन्दर्भमा National Authority for  Disarmament Affairs भर्इ कार्य गर्ने।
  9. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका निकायहरूमा भएका र हुने महत्वपूर्ण कार्यहरूको नियमित अनुगमन गर्ने र विकसित घटनाक्रमको विश्लेषणात्मक अध्ययन गरी प्रतिवेदन तयार गर्ने ।
  10. नेपाल सदस्य नभएका संयुक्त राष्ट्रसंघका निकायहरूको सदस्यता लिन पहल गर्ने र ती निकायहरूसँग सम्बन्ध विकास गर्ने ।
  11. सुरक्षा परिषद्का निर्णयहरूको कार्यान्वयन तथा प्रतिवेदनहरूका विषयमा सम्बन्धित निकायहरूसंग समन्वय गर्ने।
  12. महाशाखाको कार्य क्षेत्रसम्बन्धित उच्चस्तरीय भ्रमणहरूको व्यबस्थापन र समन्वय गर्ने ।
  13.  महाशाखाको कार्य क्षेत्रअन्तर्गतका विषयमा भाषण, वक्तव्य, प्रेसविज्ञप्ति, वार्ताका बुँदाहरू ( Talking Points),   Records of Talks  लगायतका दस्तावेज तयार गर्ने।
  14. संयुक्त राष्ट्रसंघ, नेपाल सदस्य भएका संयुक्त राष्ट्रसंघका विशिष्टीकृत एजेन्सीहरू तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संस्थाहरूलाई बुझाउनु पर्ने सदस्यता शुल्क भुक्तानी गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्ने।
  15. संयुक्त राष्ट्रसंघ तथा विशिष्टिकृत संघसंस्था महाशाखाबाट सम्पादन हुने कार्यसँग सम्बन्धित विषयमा कुनै गैरसरकारी संघसंस्था दर्ता गर्न राय परामर्श माग भई आएमा राय परामर्श दिने।
  16. जलवायु परिवर्तन, दिगो विकास, अति कम विकसित तथा भूपरिवेष्ठित राष्ट्रहरूसँग सम्बन्धित विषयमा संयुक्त राष्ट्रसंघ एवं अन्य सरोकारवाला निकाय र नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्ने ।
  17. महाशाखासँग सम्बन्धित अन्तर्राष्ट्रिय चासो र महत्वका समसामयिक विषयहरूमा नेपाल सरकारको दृष्टिकोण तथा आवश्यकता अनुसार आधिकारिक बक्तव्य तयार गर्ने ।
  18. संयुक्त राष्ट्रसंघीय Disaster Risk Reduction (DRR) तथा आप्रवासन र विकास सम्बन्धमा सरोकारवाला निकायहरूसँग समन्वय गर्ने।
  19. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूको बैठक, सभा, सम्मेलन आदिमा नेपाल सरकारका सम्बद्ध निकायसमेतसँग समन्वय गरी प्रतिनिधित्व गर्ने ।
  20. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका बहुपक्षीय  निकायहरूसँगको सम्बन्धका वारेमा संक्षिप्त विवरण अद्यावधिक गर्ने।
  21. राष्ट्रप्रमुख, सरकार प्रमुख, परराष्ट्रमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरूले भाग लिने महासभाको कार्यक्षेत्रमा पर्ने अन्तर्राष्ट्रियसभा, सम्मेलन, गोष्ठी, बैठक आदिमा दिइने भाषण, सम्बोधन र बक्तव्यहरू, Credentials लगायत आवश्यकताअनुसार तयार पार्ने। 
  22. महाशाखाको कार्य क्षेत्रसम्बन्धित उच्चस्तरीय भ्रमणहरूको व्यबस्थापन/ समन्वय गर्ने ।
  23. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका विदेस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई अभिबृद्धि गर्न जोड दिने ।
  24. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका संघसंस्थाहरूसँग कूटनीतिक माध्यमद्धारा सम्पर्क र समन्वय गरी

नेपालको हित प्रवर्द्धनको वातावरण सिर्जना गर्ने ।

  1. संयुक्त राष्ट्रसंघ तथा अन्तर्गतका निकायहरूमा बुझाउनु पर्ने राष्ट्रिय प्रतिवेदनको तयारी तथा सरोकारवाला निकायहरूसँग सहजीकरण गर्ने कार्य।

 

११ क्षेत्रीय सङ्गठन महाशाखा

 

    1. यस महाशाखा अन्तर्गतका क्षेत्रीय/उपक्षेत्रीय संगठनहरूका लागि नेपालको राष्ट्रिय सम्पर्क विन्दु (National Focal Point) का रूपमा परराष्ट्र मन्त्रालय रहेकाले क्षेत्रीय सहयोग सम्बन्धी नेपाल सरकारको सोच, दृष्टिकोण, नीति, रणनीति, योजना र कार्यक्रम आदि तर्जूमा गर्ने ।
    2. यी क्षेत्रीय संगठनहरूका शिखर सम्मेलनहरू, मन्त्रीस्तरीय बैठकहरू, सचिवस्तरीय बैठकहरू तथा अन्य विभिन्नस्तरका बैठकहरूको तयारी, सहभागिता, प्रतिवेदन (Reporting), अनुगमनसम्बन्धी कामहरू गर्ने।ती बैठकहरूमा नेपालले प्रस्तुत गर्ने धारणा, वक्तव्य र सम्बोधनलगायतका सारभूत कामहरू गर्ने तथा नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्ने/गराउने ।
    3. नेपालले क्षेत्रीय संगठनहरूको अध्यक्षता ग्रहण गरेको अवस्थामा सिर्जना हुने थप कार्यहरू गर्ने ।
    4. क्षेत्रीय संगठनहरूका सचिवालयहरू, विशिष्टीकृत संस्थाहरू, क्षेत्रीय केन्द्रहरूलगायतका अन्य संरचनाका साथै प्राविधिक समिति, कार्य समूहलगायतका संयन्त्रहरू र नेपाल सरकारका सम्पर्क विन्दुहरूबीचको समन्वयको व्यवस्था मिलाउने ।
    5. महाशाखाको कार्यक्षेत्रअन्तर्गत रहेका मुलुकहरूको परराष्ट्र नीति, क्षेत्रीय सहयोग प्रवर्द्धन नीति र कूटनीतिक उन्मुक्तिका विषयमा नेपाल सरकारका सम्बद्ध निकायहरूलाई आवश्यक परामर्श दिने।
    6. क्षेत्रीय संगठनहरूका सचिवालयहरू, सम्बद्ध सँस्थाहरू र सदस्य राष्ट्रहरूसँग नेपालको तर्फबाट गरिने पत्राचारहरू, सञ्चार तथा सम्पर्कसम्बन्धी काम गर्ने ।
    7. क्षेत्रीय सहयोग र सहकार्य अभिवृद्धिका लागि महाशाखाको कार्यक्षेत्रका क्षेत्रीय/उपक्षेत्रीय संगठन सदस्य राष्ट्रहरूसँगको नेपालको सम्बन्ध सुदृढीकरण गर्नेतर्फ आवश्यक कार्यहरू गर्ने ।
    8. क्षेत्रीय संगठनहरूको वार्षिक कार्यतालिकाअनुसार नेपालको तर्फबाट सम्पादन गर्नुपर्ने कार्यहरू कार्यान्वयन गराउने र अनुगमन गर्ने ।
    9. सार्क सचिवालयको आतिथेय राष्ट्र (Host Country) को हैसियतमा गर्नुपर्ने कार्यहरू गर्ने  ।
    10. उल्लिखित क्षेत्रीय संगठनहरूको सहयोगका क्षेत्रहरूअन्तर्गत रहेका विभिन्न प्राविधिक समिति तथा कार्य समूहका बैठक, कार्यक्रम तथा क्रियाकलापमा नेपालको सहभागिता सुनिश्चित गरी ती क्रियाकलापका माध्यमबाट राष्ट्रिय हितको अधिकतम प्रवर्द्धनका लागि काम गर्ने ।
    11. क्षेत्रीय संगठनहरूको क्रियाकलापहरूमा नेपालको सहभागिताका लागि आवश्यक पर्ने बजेट तर्जुमा गर्ने। नेपालले ती निकायहरूलाई बुझाउनुपर्ने वित्तीय योगदान सम्बन्धी कार्यहरू गर्ने ।
    12. महाशाखा अन्तर्गतका क्षेत्रीय संगठनहरू सम्बन्धी महासन्धि, अभिसन्धि, सन्धि सम्झौताहरूलाई नेपालको राष्ट्रिय हित प्रवर्द्धन हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउने, त्यसको अनुगमन गर्ने र प्रतिवेदन तयार गर्ने ।
    13. यी क्षेत्रीय संगठनहरूका सहयोगका क्षेत्रहरूअन्तर्गत नेपाललाई उपलब्ध हुन सक्ने प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने।
    14. महाशाखाको  कार्यक्षेत्रमा पर्ने क्षेत्रीय संगठनहरूसम्बन्धी महासन्धि/अभिसन्धि/ सन्धिसम्झौताहरूको अवधारणा पत्र तयार गर्ने, वार्ता गर्ने (Negotiation), हस्ताक्षर गर्ने र अनुमोदन (ratification) गर्ने लगायतका कामहरू सम्बन्धित मन्त्रालयहरूसँगको समन्वयमा गर्ने।
    15. क्षेत्रीय संगठनहरूसम्बन्धी महासन्धि/अभिसन्धि/सन्धिसम्झौताहरू, निर्णयहरू लगायतका दस्तावेजहरूको अभिलेखीकरण (Record) गर्ने।
    16. क्षेत्रीय सहयोगका संस्थाहरूबाट उपलब्ध हुन सक्ने सहयोग तथा सहकार्यका लागि चाल्नुपर्ने कदमका बारेमा नेपाल सरकारका सम्बद्ध निकायहरूलार्इ सल्लाह, सुझाव तथा आवश्यक सहयोग प्रदान गर्ने। 
    17. नेपाल तथा विदेशका बौद्धिक वर्ग (Think Tank), अनुसन्धान निकायहरू ( Research Institutions), सञ्चार माध्यम (Media) मार्फत क्षेत्रीय सहयोग प्रवर्द्धन सम्बन्धमा नेपालको धारणा व्यक्त गर्ने गराउने 
    18. क्षेत्रीय सहयोग संगठनहरूसम्बन्धी प्रकाशन र प्रचारप्रसारका कामहरू गर्ने गराउने ।
    19. महाशाखा अन्तर्गत पर्ने क्षेत्रीय संगठनहरूसँग सम्बन्धित अन्य कार्यहरू गर्ने ।
    20. उल्लिखित क्षेत्रीय संस्थाहरू बाहेकका अन्य क्षेत्रीय संगठनहरूसम्बन्धी कार्यहरू समेत गर्ने ।

 

  • नीति, योजना तथा अनुसन्धान महाशाखा

 

  1. नेपाल सरकारको नीति योजना, कार्यक्रम तथा निर्देशनबमोजिम परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट कार्यान्वयन हुनुपर्ने नीति तथा कार्यक्रमहरू कार्यान्वयन/सञ्चालन गर्न योजना तर्जुमा गर्ने।
  2. परराष्ट्र मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालय एवं विदेशस्थित नेपाली नियोगहरूबाट सम्पादन भएका मुख्यमुख्य कामहरूको मासिक, अर्धवार्षिक र वार्षिक प्रगति विवरण प्राप्त गरी समीक्षा गर्ने तथा आवश्यकतानुसार अन्तर्गतका विभाग, कार्यालय र नियोगहरूलाई पृष्ठपोषण उपलब्ध गराउने।
  3. परराष्ट्र मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालय एवं विदेशस्थित नेपाली नियोगहरूको नीति, योजना तथा प्रगति सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग लगायतका निकायहरूसँग सम्पर्क इकाईको रुपमा काम गर्ने।
  4. परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूको नीति, योजना तथा कार्यक्रमहरूको आवधिक समीक्षा गरी प्रतिवेदन तयार गर्ने ।
  5. परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूमा शासकीय सुधार, विद्युतीय शासन प्रणाली (e-governance), सूचना प्रविधि आदिसँग सम्बन्धित योजना तथा समन्वय सम्बन्धी कार्य गर्ने ।
  6. परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूको सार्वजनिक सेवा प्रवाह, कार्यसंस्कृति तथा कार्य प्रणालीसम्बन्धी अध्ययन गरी सुधारका लागि सिफारिस गर्ने ।
  7. नेपालको परराष्ट्र सेवाको प्रभावकारी सञ्चालनको लागि आवश्यक योजना तर्जुमा गर्ने र समय समयमा अनुगमन र मूल्यांकन गरी सुझाव पेश गर्ने । साथै, परराष्ट्र सेवा र परराष्ट्र मन्त्रालयसँग सम्बन्धित नीति, ऐन, नियमको तर्जूमा तथा संशोधनका लागि आवश्यक कार्य र समन्वय गर्ने।
  8. परराष्ट्र नीति, २०७७ को कार्यान्वयनका लागि आवश्यक कार्यहरू गर्ने । 
  9. नेपालको परराष्ट्र नीति र परराष्ट्र सम्बन्धको विषयमा आवश्यक अध्ययन र अनुसन्धान गर्ने गराउने
  10. विभिन्न राष्ट्रिय नीतिहरूलाई परराष्ट्र नीतिका लक्ष्य तथा रणनीतिमा समन्वयीकरण गर्न सहयोग
    गर्ने ।
  11. विभिन्न मन्त्रालय तथा निकायहरूबाट तर्जुमा हुने नीति, ऐन नियम निर्देशिका कार्यविधी लगायतका विषयमा मन्त्रालयको तर्फबाट राय परामर्श उपलब्ध गराउने तथा त्यस्ता विषयसँग सम्बन्धित संयन्त्रहरूका लागि सम्पर्क बिन्दुको भूमिका निभाउने ।
  12. मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट सञ्चालन भएका वार्षिक कार्यक्रमको समीक्षा गरी नियोग तथा अन्य सरोकारवाला निकायहरूलाई पृष्ठपोषण उपलब्ध गराउने ।
  13. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान लगायत अन्य सम्बन्धित थिंक ट्याङ्कहरूलाई नेपालको परराष्ट्र नीति, कूटनीति तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय कानूनका विषयमा खोज, शोध, अध्ययन, अनुसन्धान तथा प्रकाशन गर्न प्रोत्साहन तथा सहयोग गर्ने ।
  14. अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, परराष्ट्र नीति, कूटनीति तथा अर्थनीति, सामरिक विषय, सुरक्षा लगायत परराष्ट्र मामिलासँग सम्बन्धित विषयहरूमा अध्ययन/अनुसन्धान गर्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सस्थाहरू (प्रदेशस्तरमा स्थापित समेत) सँग सम्पर्क र सम्बन्ध कायम गर्ने ।
  15. नेपालको परराष्ट्र नीति तर्जुमा, कार्यान्वयनको अनुगमन र मूल्यांकन गर्ने तथा नेपालको राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरी सुझाव पेश गर्ने।
  16. परराष्ट्र मन्त्रालय र अन्तर्गतका विभाग, कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट सम्पादन भैरहेका कार्यहरूको सम्बन्धित महाशाखाहरूसँग समन्वय गरी नियमित अनुगमन र मूल्यांकन गरी प्रतिवेदन तयार गर्ने तथा आवश्यक सुझाव तथा निर्देशन दिने।
  17. महाशाखासंग सम्वन्धित निर्दिष्ट कार्य गर्ने ।

 

 

 

  • आर्थिक कूटनीति महाशाखा
  • आर्थिक कूटनीतिका विभिन्न क्षेत्रहरू (जस्तै विदेशी लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगार व्यवस्थापन, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन, सांस्कृतिक प्रवर्द्धन, वैदेशिक सहायता व्यवस्थापन आदि) मा नेपाल सरकारले अपनाउनुपर्ने नीति, रणनीति, योजना र कार्यक्रम तयार गर्ने र त्यस्ता कार्यक्रमहरूको समन्वय, अनुगमन र मूल्याङ्गन गर्ने।
  • आर्थिक कूटनीतिको कार्यान्वयनका विषयमा नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय र निजी क्षेत्र तथा  विदेशस्थित नेपाली नियोगहरू एवं अन्य सरोकारवाला निकायहरूसँग छलफल, अन्तर्क्रिया, संयोजन तथा समन्वय गर्ने ।
  • विदेशस्थित नेपाली नियोगहरूबाट वार्षिक रुपमा सञ्चालन गर्ने आर्थिक कूटनीति प्रर्वद्धनका कार्यक्रमहरू माग गर्ने, ती कार्यक्रमहरूको आधारमा आवश्यक वार्षिक बजेट विनियोजन तथा निकासाको व्यवस्था गर्ने ।
  • मुलुकको राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न एवं विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षण गर्नका लागि आवश्यक अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिहरूको पहिचान तथा तर्जुमा गर्ने ।
  • विकास सहायता परिचालन तथा वैदेशिक लगानी, निर्यात व्यापार र पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा प्रभावकारी आर्थिक कुटनीतिको संचालनद्वारा मुलुकको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने।
  • आर्थिक कुटनीतिलाई समग्र कुटनीतिको एक महत्वपूर्ण आयामको रुपमा संचालन गरी राष्ट्रिय उद्देश्य हासिल गर्न जोड दिने।
  • नेपालको आर्थिक विकास, व्यापार प्रवर्द्धन, पर्यटन विकास तथा लगानी प्रवर्द्धन गर्ने गरी आर्थिक कुटनीति संचालन गर्ने तथा यस सम्बन्धमा विदेशस्थित नेपाली नियोग, अवैतनिक महावाणिज्यदूतहरूलाई परिचालन गर्ने।
  • आर्थिक कुटनीतिको देशगत र क्षेत्रगत रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने।
  • राष्ट्रिय हित अनुकुल हुने गरी द्विपक्षीय र बहुपक्षीय आर्थिक सम्बन्ध र साझेदारी बिस्तार गर्ने।
  1. विभिन्न अन्तर्राष्ट्रिय कोषहरूबाट सहुलियतपूर्ण ऋण तथा अनुदान प्राप्त गर्न पहल गर्ने।
  2. राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने गरी स्वतन्त्र व्यापार सम्झौता लगायत आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने तथा आवश्यकता अनुसार छिमेकी मुलुकहरूसँग सिमावारपार विशेष आर्थिक क्षेत्र (SEZ) को स्थापना र विकास गर्न पहल गर्ने।
  3. राष्ट्रिय स्वामित्व र नेतृत्व कायम हुने गरी मुलुकको आवश्यकता र प्राथमिकताका क्षेत्रमा बजेट प्रणालीमार्फत विकास सहायता परिचालन गर्न पहल गर्ने।
  4. आर्थिक विकास र समृद्धि राष्टिय कार्यभार भएकोले सोको प्राप्तिको लागि आर्थिक कूटनीतिमा जोड दिनुपर्ने ।
  5. आर्थिक कूटनीतिका विभिन्न क्षेत्रहरू (जस्तै विदेशी लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगार व्यवस्थापन, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन, सांस्कृतिक प्रवर्द्धन, वैदेशिक सहायता व्यवस्थापन आदि) मा नेपाल सरकारले अपनाउनुपर्ने नीति, रणनीति, योजना र कार्यक्रम तयार गर्ने र त्यस्ता कार्यक्रमहरूको समन्वय, अनुगमन र मूल्याङ्गन गर्ने।
  6. आर्थिक कूटनीतिको कार्यान्वयनका विषयमा नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय र निजी क्षेत्र तथा  विदेशस्थित नेपाली नियोगहरू एवं अन्य सरोकारवाला निकायहरूसँग छलफल, अन्तर्क्रिया, संयोजन तथा समन्वय गर्ने ।
  7. विदेशस्थित नेपाली नियोगहरूबाट वार्षिक रुपमा सञ्चालन गर्ने आर्थिक कूटनीति प्रर्वद्धनका कार्यक्रमहरू माग गर्ने, ती कार्यक्रमहरूको आधारमा आवश्यक वार्षिक बजेट विनियोजन तथा निकासाको व्यवस्था गर्ने ।
  8. राष्ट्रिय आर्थिक नीतिहरूलाई परराष्ट्र नीतिका लक्ष्य तथा रणनीतिमा समन्वयीकरण गर्न सहयोग
    गर्ने ।
  9. आर्थिक कूटनीतिका कार्यक्रमको योजना तथा तर्जूमामा विदेशस्थित नेपाली नियोगहरूलाई आवश्यक सहयोग एवं सल्लाह उपलब्ध गराउने ।
  10. आर्थिक कूटनीतिको प्रभावकारी परिचालनका लागि सम्भाव्य क्षेत्रहरू, कार्यक्रम सञ्चालनका लागि लक्षितवर्ग तथा स्थानहरूको पहिचान गर्ने ।
  11. आर्थिक कूटनीति प्रवर्द्धनका लागि कार्यक्रमहरू तयार गरी विदेशस्थित नेपाली नियोगहरू, विषयगत मन्त्रालय र निजी क्षेत्रसमेतको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने र उनीहरूको सहभागिता अभिवृद्धि गर्ने।
  12. आर्थिक कूटनीतिका कार्यक्रमको योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयनमा विदेशस्थित नेपाली नियोगहरूलाई आवश्यक सहयोग एवं सल्लाह उपलब्ध गराउने।
  13. वैदेशिक लगानी, व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारी अभिवृद्धि आदिमा नेपाल सरकारले अपनाउनुपर्ने नीति, रणनीति, योजना र कार्यक्रम तयार गर्ने र त्यस्ता कार्यक्रमहरूको समन्वय, अनुगमन र मूल्याड्ढन गर्ने ।
  14. आर्थिक कूटनीतिका विषयहरूमा मन्त्रालयका महाशाखा, शाखा, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरू एवं सरोकारवाला निकायहरूसँग छलफल तथा समन्वय गर्ने।
  15. आर्थिक कूटनीतिको कार्यान्वयनका विषयमा नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय र निजी क्षेत्र तथा विदेशस्थित नेपाली नियोगहरू एवम्‌ अन्य सरोकारवाला निकायहरूसँग छलफल, अन्तरक्रिया, संयोजन तथा समन्वय गर्ने ।
  16. विदेशस्थित नेपाली नियोगहरूबाट वार्षिक रूपमा सञ्चालन गर्ने आर्थिक कूटनीति प्रर्वद्धनका कार्यक्रमहरू माग गर्ने, ती कार्यक्रमहरूको आधारमा आवश्यक वार्षिक बजेट विनियोजन तथा निकासाको व्यवस्था गर्ने।
  17. राष्ट्रिय आर्थिक नीतिहरूलाई परराष्ट्र नीतिका लक्ष्य तथा रणनीतिमा समन्वयीकरण गर्न सहयोग गर्ने
  18.  आर्थिक कूटनीतिका कार्यक्रमको योजना तथा तर्जुमामा विदेशस्थित नेपाली नियोगहरूलाई आवश्यक सहयोग एवम्‌ सल्लाह उपलब्ध गराउने ।
  19. आर्थिक कूटनीतिको प्रभावकारी परिचालनका लागि सम्भाव्य क्षेत्रहरू, कार्यक्रम सञ्चालनका लागि लक्षित वर्ग तथा स्थानहरूको पहिचान गर्ने ।
  20. मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट सञ्चालन भएका वार्षिक कार्यक्रमको समीक्षा गरी नियोग तथा अन्य सरोकारवाला निकायहरूलाई पृष्ठपोषण उपलब्ध गराउने ।
  21. आर्थिक कूटनीति प्रवर्द्धनका लागि कार्यक्रमहरू तयार गरी विदेशस्थित नेपाली नियोगहरू, विषयगत मन्त्रालय र निजी क्षेत्रसमेतको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने र उनीहरूको सहभागिता अभिवृद्धि गर्ने।
  22. अन्य निर्दिष्ट कार्य गर्ने ।

 

  •  श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा
  1. विदेशमा रहेका नेपालीहरूको नेपालसँगको सामीप्य अभिवृद्धि गरी उनीहरूको ज्ञान, सीप, पूँजी र प्रविधिलाई नेपालको सर्वाङ्गीण विकासमा परिचालन गर्न आवश्यक नीति, रणनीति, योजना तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने ।
  2. बैदेशिक रोजगारी सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनको लागि श्रम,रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयसँग समन्वय र सहजीकरण गर्ने । वैदेशिक रोजगार तथा आप्रवासनसम्बन्धी नीति, रणनीति तथा योजना कार्यान्वयन गर्नका लागि विदेशस्थित नेपाली नियोगहरू र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने र निकासाको व्यवस्था गर्ने ।
  3. विभिन्न पेशा, व्यवसाय तथा अध्ययन गरिरहेका विदेशमा बस्ने नेपालीको हक, हित र अधिकार संरक्षण र प्रवर्द्धन गर्न आवश्यक नीति, रणनीति, योजना तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने । विदेशमा रहेका नेपाली नागरिकहरूको हकहितको सुरक्षा सम्बन्धी कार्य गर्ने।
  4. विदेशमा रहेका नेपालीहरूले नेपालको आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई अन्य निकायसँग समन्वय गरी परिचालन गर्न Brain Gain Centre को सञ्चालन तथा व्यवस्थापन गर्ने।
  5. विदेशमा रहेका नेपालीहरूको ज्ञान र सिपको उपयोगका लागि नीति, रणनीति, योजना तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने ।
  6. विदेशमा रहेका नेपालीहरूसँग सम्बन्धित विषयमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकाय, निजी क्षेत्र र अन्य संघसङ्गठनहरूसँग समन्वय गर्ने । विदेशमा बस्ने नेपालीसँग सम्बन्धित संघसंस्थाहरूसँग सम्पर्क तथा सम्बन्ध कायम गर्ने ।
  7. विदेशमा रहेका नेपालीहरूले निर्माण गरेका नेपाली डायस्पोरालाई सँगठित र एकतावद्ध बनाउन सहयोग गर्ने र विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान गर्न ती देशहरूमा रहेका नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन र परिचालन गर्ने ।
  8. विदेशमा रहेका नेपालीहरूको सम्पर्क बिन्दु (Focal Point) को रुपमा काम गर्ने । श्रम आप्रवासन र बैदेशिक रोजगार सम्बन्धी विषयमा मन्त्रालयको सम्पर्क बिन्दु (Focal Point) को रुपमा काम गर्ने। विदेशमा रहेका नेपालीहरूको आपतकालीन उद्धारको लागि फोकल प्वाइन्टको रुपमा कार्य गर्ने ।
  9. बैदेशिक रोजगार सम्बन्धी तथ्यांङ्क व्यवस्थापन, अध्ययन र अनुसन्धान सम्बन्धी कार्यको लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने ।
  10. विदेशमा बस्ने नेपालीहरूलाई प्रदान गर्ने सेवासुविधाका सम्बन्धमा नेपाल सरकारका सम्बन्धित निकायहरू र विदेशस्थित नेपाली नियोगहरूसँग समन्वय गर्ने ।
  11. बैदेशिक रोजगार सम्बन्धी मागपत्रको प्रमाणीकरण कार्यलाई व्यवस्थित र सहज बनाउन सहजीकरण गर्ने ।
  12. गैरआवासीय नेपाली ऐन, 2064 तथा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, 2066 अनुसारका विभिन्न कार्यहरू गर्ने ।
  13. वैदेशिक रोजगारीमा जाने नेपालीका समस्या समाधानका लागि सरोकारवाला निकायहरूसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने ।
  14. वैदेशिक रोजगारीमा जाने नेपालीहरूको कल्याण अभिबृद्धिका लागि विदेशस्थित नेपाली नियोगहरू तथा नेपालमा रहेका सरोकारवाला निकायहरूसँग समन्वय गर्ने । बैदेशिक रोजगार बोर्डमा मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने ।
  15. विदेशमा रहेका नेपालीहरूको हक, हीत अभिवृद्धि तथा कन्सुलरजन्य सुविधाकोलागि कन्सुलर सेवा विभागसँग समन्वय गर्ने ।
  16. गैरआवासीय नेपाली परिचयपत्र जारी गर्ने र सोको अभिलेख राख्ने ।
  17. विदेशमा बस्ने नेपालीहरूलाई मुलुकको सर्वाङ्गीण हित र विकासमा परिचालन गर्ने तथा उनीहरूको हक, हित तथा अधिकार संरक्षण तथा प्रवर्द्धन गर्ने विषयमा अध्ययन अनुसन्धान गरी मन्त्रालयसमक्ष सिफारिस गर्ने ।
  18. नेपाली श्रमिकहरूको हितरक्षाका लागि श्रम गन्तव्य देशहरूसँग श्रम सम्झौता गर्न समन्वय र सहजीकरण गर्ने ।
  19. श्रम कूटनीतिको माध्यमबाट बैदेशिक रोजगारलाई थप सुरक्षित, मर्यादित, व्यवस्थित र उपलव्धीमुलक बनाउन सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्ने ।
  20. श्रम आप्रवासन तथा वैदेशिक रोजगारी सम्बन्धित अन्तर्राष्टिय संगठन, मञ्च र घोषणाहरू जस्तै International Labour Organisation (ILO),  International Organization for Migration (IOM)’s International Recruitment Integrity System (IRIS), GCM(Global Compact for Migration), the Abu Dhabi Dialogue (ADD), the Colombo Process (CP), and the 2014 South Asian Association for Regional Cooperation (SAARC) Declaration on Migration लगायतमा नेपालीको हकहीत प्रवद्र्धनको लागि सम्बन्धित निकायमा समन्वय र सहजीकरण गर्ने ।
  21. गैरआवासीय नागरिकता सम्बन्धी विषयमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूसँग समन्वय र सहजीकरण गर्ने ।
  22. नेपालीहरूको प्रस्थान र आगमनलाई सहज बनाउन गृह मन्त्रालय लगायत सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने ।
  23. महाशाखाको कार्य क्षेत्र अन्तर्गतका  विषयहरूमा अवधारणा पत्र तयार गर्ने /अद्यावधिक गर्ने , संक्षिप्त विवरण (Brief) तथा तथ्याङ्क तालिका (Fact Sheet) तयार गर्ने र ती विषयको सन्दर्भमा विकसित घटनाक्रमहरूको नियमित अनुगमन गरी विश्लेषणसहित प्रतिवेदन तयार पार्ने कार्य  गर्ने ।
  24. महाशाखाको कार्य क्षेत्र सम्बन्धित भ्रमणहरूको व्यबस्थापन र समन्वय गर्ने ।
  25. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका विषयमा भाषण, वक्तव्य, प्रेसविज्ञप्ति, वार्ताका बुँदाहरू ( Talking Points), Records of Talks  लगायतका दस्तावेज तयार गर्ने।
  26. महाशाखासँग सम्बन्धित अन्तर्राष्ट्रिय चासो र महत्वका समसामयिक विषयहरूमा नेपाल सरकारको दृष्टिकोण तथा आवश्यकता अनुसार आधिकारिक बक्तव्य तयार गर्ने ।
  27. महाशाखाको कार्य क्षेत्रअन्तर्गतका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूको बैठक, सभा, सम्मेलन आदिमा नेपाल सरकारका सम्बद्ध निकायसमेतसँग समन्वय गरी प्रतिनिधित्व गर्ने ।
  28. राष्ट्रप्रमुख, सरकार प्रमुख, परराष्ट्रमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरूले भाग लिने अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, बैठक आदिमा दिइने भाषण, सम्बोधन र बक्तव्यहरू लगायत आवश्यकताअनुसार तयार पार्ने। 
  29. अन्य निर्दिष्ट कार्यहरू गर्ने ।

१५ सार्वजनिक कूटनीति महाशाखा

  1. सार्वजनिक कूटनीतिलाई नेपालको बृहत्तर परराष्ट्र नीतिमा एकीकृत गर्ने
  2. सार्वजनिक कूटनीतिको माध्यमबाट मुलुकको छवि र विशिष्ट पहिचानलाई सफ्ट पावरको रूपमा प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय जगतको समर्थन, सहयोग र सद्‍भाव आर्जन गर्न नीति, रणनीति, योजना तथा कार्यक्रमहरू तयार गर्ने तथा कार्यान्वयन गर्ने।
  3. स्वतन्त्र अस्तित्व, प्राकृतिक तथा सांस्कृतिक विविधता, मौलिक शान्ति प्रक्रिया, सबैसँग मित्रता र सहकार्य गर्ने  नेपाली विशेषता जस्ता विशिष्ट राष्ट्रिय पहिचानका पक्षलाई सफ्ट पावरका रूपमा बाह्य जगतमा स्थापित गराउँदै नेपालको प्रतिष्ठा अभिवृद्धि गर्ने ।
  4. समावेशी लोकतान्त्रिक प्रणाली तथा विधिको शासन र मानव अधिकारप्रति प्रतिबद्ध मुलुकको रूपमा नेपालको छवि प्रवर्द्धन गर्ने ।
  5. नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र भेषभूषालाई प्रचारप्रसार गर्ने ।
  6. शान्तिप्रियता, सहिष्णुता, मिलनसारिता, सहयोगीपन र अतिथि सत्कारजस्ता नेपाली समाजका विशेषतालाई प्रवर्द्धन गर्ने ।
  7. नेपाल राज्य, नेपाल सरकार र नेपाली जनताका बारेमा यथार्थ जानकारी एवम् सूचना प्रवाह गरी बाह्य जगतको सकारात्मक दृष्टिकोण बनाईराख्‍न पहल गर्ने ।
  8. बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध दर्शनको उद्‍गमस्थल एवम् अन्तर्राष्ट्रिय शान्त नगरको रूपमा विकास गर्न पहल गर्ने, पाशुपत क्षेत्रलाई हिन्दू दर्शन र सभ्यताको एक प्रमुख केन्द्रको रूपमा प्रवर्द्धन गर्ने ।
  9. विश्वशान्ति प्रति नेपालको प्रतिबद्धता र योगदानलाई निरन्तरता दिँदै नेपाललाई एक शान्तिप्रिय मुलुकका रूपमा प्रस्तुत गर्ने ।
  10. सगरमाथा लगायत नेपालका हिमशृङ्‍खलाले यस क्षेत्रको दिगो जलभण्डारको रूपमा जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्न, पर्यावरणीय सन्तुलन कायम राख्‍न र मानव सभ्यताको जगेर्नामा पुर्‍याएको विशेष योगदानलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न पहल गर्ने ।
  11. नेपालको दुर्लभ वनस्पति, जडीबुटी र वन्यजन्तुको प्रचुर जैविक विविधताबाट विश्वको जैविक विविधता संरक्षण गर्न योगदान पुगेको तथ्य विश्व समुदाय समक्ष स्थापित गर्न प्रचार-प्रसार गर्ने ।
  12. सगरमाथा संवादजस्ता राष्ट्रिय महत्वका कार्यक्रमहरू आयोजना गर्ने ।
  13. नेपालका हिमाल र उच्च पहाडी शृङ्‍खलालाई जैविक विविधता, जैविक खेती  एवम् जडीबुटीको स्रोतको रूपमा प्रवर्द्धन गर्न पहल गर्ने।
  14. नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वका धरोहर र विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि युनेस्कोजस्ता संस्थासँग सहकार्य गर्ने ।
  15. नेपाल प्राग-ऐतिहासिक कालदेखि नै मानव समुदायको बसोबास स्थल, प्राचीन ज्ञान भूमि एवम् पूर्वीय दर्शन र अध्यात्मको एक उद्‍गमस्थल भएको र त्यसबाट मानव सभ्यताको विकासमा योगदान पुगेको तथ्यलाई विश्वसामु उजागर गर्ने।
  16. विशिष्ट भौगोलिक अवस्था र अनुकूल हावापानीले नेपाल आध्यात्मिक चिन्तन, ध्यान, योग तथा आरोग्यताको लागि उपयुक्त गन्तव्य स्थलको रूपमा रहेको तथ्यलाई विश्वसामु प्रस्तुत गर्ने आवश्यक प्रचार-प्रसार गर्ने।
  17. क्षेत्रीय तथा अन्तराष्ट्रिय महत्त्व र सरोकारका समसामयिक विषयमा छलफल, अन्तरक्रिया र समान धारणा निर्माणका लागि अन्तराष्ट्रिय स्तरको स्थायी मञ्चका रूपमा सगरमाथा संवाद नियमित रूपमा सञ्चालन गर्ने ।
  18. नेपाल र विभिन्न मुलुकबीच जनस्तरको सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह. निजी क्षेत्रका द्बिपक्षीय वाणिज्य संयन्त्र लगायत अन्य सद्‌भावना समूह निर्माण गर्न प्रेरित गर्ने ।
  19. विदेशी विश्वविद्यालय, अध्ययन केन्द्र, प्रतिष्ठान आदिमा नेपाल अध्ययन केन्द्र स्थापना गर्न प्रोत्साहन गर्ने ।
  20. नेपालको विकासमा योगदान पुर्‍याएका, नेपाल र नेपालीप्रति सद्‍भाव राख्ने तथा नेपालको सम्मान अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ख्यातिप्राप्त व्यक्तित्वसँग सम्पर्क र सहकार्य गर्ने ।
  21. नेपाल र नेपालीको हितमा विशिष्ट योगदान पुर्‍याउने ख्याति प्राप्त विदेशी नागरिकलाई सम्मानार्थ मान-पदवी तथा पुरस्कारका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने ।
  22. शैक्षिक, बैज्ञानिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई फराकिलो र सुदृढ बनाउने ।
  23. नेपाली संस्कृति, परम्परा, परिकार. कला, भाषा, साहित्य तथा खेलकुदको प्रवर्द्धन गर्न सांस्कृतिक आदानप्रदानका लागि सम्बन्धित क्षेत्रमा कार्यरत संघसंस्थाको अधिकतम उपयोग गर्ने ।
  24. नेपालका नगर र विदेशी मित्रराष्ट्रका नगरवीच भगिनी सम्बन्ध स्थापनाका लागि सहजीकरण गर्ने ।
  25. नेपालका सार्वनजिक कूटनीतिका सम्भावित क्षेत्रहरू पहिचान गरी विदेशस्थित नेपाली नियोगहरू रहेका मुलुकपिच्छेको सार्वजनिक कूटनीति सञ्चालनसम्बन्धी कार्य योजना बनार्इ लागू गर्ने।
  26. कूटनीति र सञ्चार सम्बन्ध व्यवस्थापन (Diplomacy and Media Management) का लागि नियमित रुपमा तथा आवधिक रुपमा महत्वपूर्ण मामिलाहरूमा अन्तर्क्रिया गर्ने र नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा यस अन्तर्गतका नियोगहरूले गरेका उदहारणीय कार्यहरूको प्रचार प्रसार तथा आम नागरिकसमक्ष पुर्र्याउन पहल गर्ने तथा सञ्चार जगतसँग सहकार्य गर्ने।
  27. परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूको सार्वजनिक सेवा प्रवाह, कार्य संस्कृति तथा कार्य प्रणालीमा सार्वजनिक कूटनीतिलार्इ कसरी एकाकार गर्ने सम्बन्धी अध्ययन गर्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने ।
  28. मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट कार्यान्वयन गरिएका वा कार्यान्वयनका क्रममा रहेका सार्वजनिक कूटनीतिका कार्यक्रमहरूको नियमित अनुगमन तथा मूल्याङ्कन गरी आवधिक प्रतिवेदन तयार गर्ने र नेपाल सरकारका सम्बन्धित निकायहरूमा पठाउने ।
  29. सार्वजनिक कूटनीतिका नयाँ क्षेत्र, लक्षित वर्ग र तौरतरिकाका विषयमा अध्ययन, अनुसन्धान गरी मन्त्रालयलाई सिफारिस गर्ने।
  30. सार्वजनिक कूटनीतिका विषयमा सरोकारवाला मन्त्रालय, नीजि क्षेत्र, नागरिक समाज आदिको सहभागितामा बैठक, गोष्ठी, कार्यशाला आदिको आयोजना गरी प्राप्त सुझाव, धारणाहरू आलेखवद्ध गर्ने, कार्यान्वयनका लागि पत्राचार गर्ने, निर्णयका लागि पेश गर्ने जस्ता कार्यहरू गर्ने ।
  31. सार्वजनिक कूटनीतिसम्बन्धी सम्पर्क बिन्दुको रूपमा काम गर्ने ।
  32. परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारका निकायहरू, विदेशस्थित नेपाली नियोगहरू, प्रदेश सरकारका निकायहरू तथा स्थानीय निकायबाट वैदेशिक सम्बन्ध तथा परराष्ट्र मामिलाका सम्बन्धमा सम्पादन गरिएका गतिविधिहरू समावेश गरी आवधिक प्रतिवेदन तयार गर्ने र प्रकाशन गर्ने ।
  33. सार्वजनिक कूटनीतिका सबै पक्षहरूमा सामाजिक सञ्जाल लगायत सूचना प्रविधिको अधिकतम प्रयोग गरी डिजिटल डिप्लोमेसी मार्फत अन्तर्राष्ट्रिय जगतमा यथार्थ र तथ्यपरक सूचना तथा सन्देश प्रवाह गरी नेपालप्रति सकरात्मक धारणा प्रवर्धन गर्ने ।
  34. सूचना प्रविधिको विस्तार र विकासमा द्विपक्षीय, क्षेत्रीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरू र प्रकृयाहरूसँग सहयोग, सहकार्य र समन्वय अभिवृद्धि गर्ने ।
  35. नेपालको पर्यटकीय आकर्षण, ऐतिहासिक पुरातात्विक सम्पदाहरू, नेपाली भाषा, धर्म, संस्कृति र नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अन्य विविध विषयहरूका तथ्याङ्क तथा सूचना सामग्रीहरू सम्बन्धित सरकारी, निजी तथा अन्य निकायबाट सङ्कलन गरी स्रोत केन्द्रमा राख्ने ।
  36. संकलित सूचना तथा जानकारीहरूलाई लक्षित वर्गअनुकूल हुने गरी आकर्षक र प्रसारणयोग्य सामग्रीको रूपमा तयार गरी विदेशस्थीत नेपाली राजदूतावासहरू र स्वदेश तथा विदेशका अन्य निकायहरूलाई उपलब्ध गराउने ।
  37. तयार सूचना सुचना, तथ्याङ्गहरू आवश्यकताअनुसार विभिन्न लेख, श्रव्यदृश्य वा अन्य रूपमा आवश्यकताअनुसार विभिन्न भाषामा तयार गर्ने ।
  38. यस्ता सामग्रीको प्रचारप्रसारका लागि उपयुक्त सञ्चार माध्यम वा सभासम्मेलन वा कार्यक्रम वा अन्य सिर्जनशील तरिकाहरू पहिचान गर्ने ।
  39. नेपालको सांस्कृतिक सम्पदाहरूलाई बढीभन्दा बढी विदेशीहरूसमक्ष पुर्‍याउन विदेशस्थित नेपाली नियोगहरूलाई परिचालन गर्ने।
  40. नेपालको सांस्कृतिक कूटनीति सञ्चालनका क्रममा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग, निकाय र निजी क्षेत्रलगायतका सरोकारवाला पक्षसँग समन्वय गर्ने ।
  41. विदेशमा नेपाली गीतसङ्गीत, खेलकुद, भाषा, खाना, लवाइखवाइ आदिको प्रचारप्रसार गर्न लक्षित वर्ग, स्थान, तौरतरिका आदिको विषयमा अध्ययन, अनुसन्धान गर्ने ।
  42. मन्त्रालयसंग सम्बन्धित राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेजहरूको प्राप्ति, संग्रह र व्यवस्थापन गर्ने
  43. नेपाल पक्षराष्ट्र भएका सन्धि, सम्झौता, समझदारीपत्र जस्ता दस्तावेजहरूको व्यवस्थित संकलन तथा संग्रह गर्ने, सम्बन्धित निकायबाट प्राप्त गरी अभिलेखीकरण गर्ने ।
  44. परराष्ट्र मन्त्रालयका प्रवक्ताको कार्यालयको रूपमा कार्य गर्ने ।
  45. सूचना अधिकारीको कार्यालयको कार्य सम्पादन गर्न मातहतको शाखालाई आवश्यक निर्देशन दिने तथा समन्वय गर्ने ।
  46. सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम कुनै सूचना प्राप्त गर्न चाहने नेपाली नागरिकले सूचना अधिकारीसमक्ष पेश गरेको निवेदनमा माग भएअनुसारको सूचना निवेदकलाई उपलब्ध गराउने।
  47. मन्त्रालय तथा अन्तर्गतका निकायहरूको वेवसाइट सञ्चालन तथा व्यवस्थापन गर्ने ।
  48. सूचना संकलन, वर्गीकरण र व्यवस्थापन सम्बन्धमा मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूलाई समयसमयमा तालिम र प्रशिक्षण दिने कार्य गर्ने ।
  49. नेपालको परराष्ट्र नीतिका सम्बन्धमा तथा छिमेकी राष्ट्रहरू एवम् विश्वका अन्य मुलुकहरूमा विकसित हुने घटनाक्रमहरूका सम्बन्धमा आवश्यकता अनुसार नेपाल सरकारको धारणा सार्वजनिक गर्ने ।
  50. मन्त्रालयबाट जारी हुने प्रेश विज्ञप्ति, Joint Press Statement, Press Brief, तथा सामाजिक सञ्जालबाट सम्प्रेषण गरिने सूचनाहरूको चेकजाँच गरी प्रचार-प्रसार गर्ने गराउने।
  51. मन्त्रालयसम्बद्ध विषयमा नियमित पत्रकार भेटघाट गर्ने ।
  52. मित्रराष्ट्रहरूबाट नेपालमा हुने तथा नेपालबाट मित्रराष्ट्रहरूमा हुने भ्रमणहरूका बारेमा सञ्चार गर्ने, विभिन्न सन्देशहरू प्रवाह गर्ने
  53. अन्य निर्दिष्ट कार्यहरू गर्ने ।

 

मन्त्रालय अन्तर्गतका निकायका कामहरूः

 

  • राहदानी विभागः

 राहदानी विभागका काम, कर्तव्य र अधिकार एवं पछिल्ला गतिविधिहरूबारे सो विभागको वेबसाइट: http://nepalpassport.gov.np/ मा हेर्न सकिने

 

  • कन्सुलर सेवा विभागः

कन्सुलर सेवा विभागका काम, कर्तव्य र अधिकार एवं पछिल्ला गतिविधिहरूबारे विस्तृतरूपमा सो विभागको वेबसाइट: https://nepalconsular.gov.np/np/ मा हेर्न सकिने

 

  • सम्पर्क कार्यालय वीरगञ्‍जः

वीरगञ्‍जस्थित भारतीय महावाणिज्यदूतावाससँग सम्पर्क र समन्वय गर्ने, भारतीय सीमावर्ती प्रशासनसँगको समन्वयमा नेपालको आर्थिक र सामाजिक विकासमा दुई देशबीच हुनसक्ने सहयोग विस्तार एवम् आफ्नो क्षेत्राधिकारअन्तर्गत रही कूटनीतिक अनुगमन गर्ने र सोको प्रतिवेदन मन्त्रालयलाई दिने जिम्मेवारी प्रदान गरी नेपाल सरकारले यस कार्यालयको स्थापना गरेको हो ।

 

  • परराष्‍ट्र मामिला अध्ययन प्रतिष्‍ठानः

नेपालको परराष्‍ट्र नीति, परराष्‍ट्र सम्बन्ध र कूटनीतिका बारेमा मन्त्रालयलाई सुझाव र सल्लाह दिने, समसामयिक विषयमा सेमिनार, तालीम र प्रशिक्षण आदि सञ्‍चालन गर्ने, अध्ययन, अनुसन्धान गर्ने एवम् परराष्‍ट्र सम्बन्ध र अन्तर्राष्‍ट्रिय सम्बन्ध विषयक प्रकाशनहरू गर्ने उद्देश्यले विकास समिति ऐन, २०१३ बमोजिम नेपाल सरकारले सन् १९९३ मा परराष्‍ट्र मामिला अध्ययन प्रतिष्‍ठानको स्थापना गरेको हो । यस प्रतिष्‍ठानले नेपालको परराष्‍ट्र नीति र तत्सम्बन्धी विषयलाई प्राज्ञिक छलफल र विश्लेषण गर्न र नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई यस सम्बन्धमा पृष्ठपोषण गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

 

 

  • विदेशस्थित विभिन्‍न नेपाली नियोगहरूः

विदेशस्थित नेपाली नियोगहरूले नेपालको राष्‍ट्रिय हित प्रवर्द्धन गर्ने र आवश्यकताअनुरूप Political, Social, Economic, Consular र NRN सम्बन्धी विभिन्‍न कार्यहरू गर्ने गर्दछन् । नियोगहरूको कार्यको स्वरूप, शैली र प्रक्रियामा केही भिन्‍नता रहे तापनि समष्‍टिमा नेपाली नियोगहरूले गर्ने मुख्य मुख्य कार्यहरू देहायबमोजिम रहेका छन्:

  • दुई देशबीचको भौगोलिक, ऐतिहासिक, साँस्कृतिक, राजनीतिक, आर्थिक क्रियाकलापहरूका आधारमा कूटनीतिक सम्बन्धका कार्यहरू ।
  • बहुपक्षीय सङ्गठन र क्षेत्रीय सङ्गठनमा नेपालको हित, विश्‍वशान्ति, आपसी सहयोगमा सञ्‍चालन हुने कार्यहरू ।
  • नेपालको आर्थिक विकासमा सहयोग पुर्‍याउने आर्थिक कूटनीतिसम्बन्धी विभिन्‍न कार्यहरू ।
  • नेपालीहरूलाई दिनुपर्ने सार्वजनिक सेवासम्बन्धी कार्यहरूलगायत कन्सुलर प्रकृतिका कार्यहरू ।
  • गैरआवासीय नेपालीहरूले देशको हितमा पुर्‍याउनसक्ने सम्भाव्य क्षेत्रको पहिचान र उनीहरूलाई देशले दिएको सहुलियतसम्बन्धी जानकारी गराउने कार्यहरू ।

(नेपाली नियोगहरूसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्नका लागि सम्बन्धित नियोगहरूको वेबसाइट बुँदा नं. ४ मा राखिएको छ।)

 

४) यस मन्त्रालयबाट प्रदान गरिने विभिन्‍न सेवाहरूः

मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरूले प्रदान गर्ने सेवाहरू तोकिएको आफ्नो कार्यक्षेत्रअनुसार रहेको छ । परराष्‍ट्र मन्त्रालय र यस मातहतका निकायहरूले प्रदान गर्ने सेवाहरू, सो सेवा प्रदान गर्ने शाखा र जिम्मेवार व्यक्ति, सेवा प्राप्‍त गर्न लाग्ने समय एवम् दस्तुरसमेतको विवरण मन्त्रालय, विभाग र नियोगहरूको वेबसाइटमा प्रकाशित गरिएको छ ।

मुख्य मुख्य वेबसाइटहरू:

S. N

Name of the Institutions

Websites

1

Ministry of Foreign Affairs

www.mofa.gov.np

2

Department of Passports

www.nepalpassport.gov.np

3

Department of Consular Services

www.nepalconsular.gov.np

4

Embassy of Nepal, Australia

www.au.nepalembassy.gov.np

5

Embassy of Nepal, Bahrain

www.bh.nepalembassy.gov.np

6

Embassy of Nepal, Bangladesh

www.bd.nepalembassy.gov.np

7

Embassy of Nepal, Belgium

www.be.nepalembassy.gov.np

8

Embassy of Nepal, Brazil

www.br.nepalembassy.gov.np

9

Embassy of Nepal, Canada

www.ca.nepalembassy.gov.np

10

Embassy of Nepal, China

www.cn.nepalembassy.gov.np

11

Embassy of Nepal, Denmark

www.dk.nepalembassy.gov.np

12

Embassy of Nepal, Egypt

www.eg.nepalembassy.gov.np

13

Embassy of Nepal, France

www.fr.nepalembassy.gov.np

14

Embassy of Nepal, Germany

www.de.nepalembassy.gov.np

15

Embassy of Nepal, India

www. in.nepalembassy.gov.np

16

Embassy of Nepal, Israel

www.il.nepalembassy.gov.np

17

Embassy of Nepal, Japan

www.jp.nepalembassy.gov.np

18

Embassy of Nepal, Republic of Korea

www.kr.nepalembassy.gov.np

19

Embassy of Nepal, Kuwait

www.kw.nepalembassy.gov.np

20

Embassy of Nepal, Malaysia

www.my.nepalembassy.gov.np

21

Embassy of Nepal, Myanmar

www.mm.nepalembassy.gov.np

22

Embassy of Nepal, Oman

www.om.nepalembassy.gov.np

23

Embassy of Nepal, Pakistan

www.pk.nepalembassy.gov.np

24

Embassy of Nepal, Portugal

Embassy yet to be established; in process

24

Embassy of Nepal, Qatar

www.qa.nepalembassy.gov.np

25

Embassy of Nepal, Russian Federation

www.ru.nepalembassy.gov.np

26

Embassy of Nepal, Saudi Arabia

www.sa.nepalembassy.gov.np

27

Embassy of Nepal, South Africa

www.za.nepalembassy.gov.np

28

Embassy of Nepal, Sri Lanka

www.lk.nepalembassy.gov.np

29

Embassy of Nepal, Thailand

www.th.nepalembassy.gov.np

30

Embassy of Nepal, United Arab Emirates

www.ae.nepalembassy.gov.np

31

Embassy of Nepal, United Kingdom

www.uk.nepalembassy.gov.np

32

Embassy of Nepal, United States of America

www.us.nepalembassy.gov.np

33

Embassy of Nepal, Spain

www.sp.nepalembassy.gov.np

34

Permanent Mission of Nepal to The UN & Other Int'l Organizations, New York

www.nyc.nepalmission.gov.np

35

Permanent Mission of Nepal to The UN & Other Int'l Organizations, Geneva

 www.gva.nepalmission.gov.np

36

Permanent Mission of Nepal to The UN & Other Int'l Organizations, Vienna

www.vie.nepalmission.gov.np

37

Consulate General of Nepal, Chengdu

https://ctu.nepalconsulate.gov.np/

38

Consulate General of Nepal, Dallas, USA

Consulate General yet to be established; in process

39

Consulate General of Nepal, Dubai, UAE

Consulate General yet to be established; in process

40

Consulate General of Nepal, Guangzhou

www.can.nepalconsulate.gov.np

41

Consulate General of Nepal, Hong Kong

www.hkg.nepalconsulate.gov.np

42

Consulate General of Nepal, Jeddah

www.jed.nepalconsulate.gov.np

43

Consulate General of Nepal, Kolkata

www.ccu.nepalconsulate.gov.np

44

Consulate General of Nepal, Lhasa

www.lxa.nepalconsulate.gov.np

45

Consulate General of Nepal, New York

www.nyc.nepalconsulate.gov.np

46

Consulate General of Nepal, Sanfransisco, USA

Consulate General yet to be established; in process

 

५) सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारीः

         यस सम्बन्धी जानकारी बुँदा नं. ४ को सम्बन्धित वेबसाइटमा दिइएको ।

 

६. सेवा प्राप्‍त गर्न लाग्ने दस्तुर र अवधिः

         यस सम्बन्धी जानकारी बुँदा नं. ४ को सम्बन्धित वेबसाइटबाट प्राप्‍त गर्न सकिने छ ।

 

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

       यस मन्त्रालयका प्रशासनिक निर्णयहरू सामान्यतया मन्त्रीस्तर र सचिवस्तरबाट हुने गरेका छन् । मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा आवश्यक नीतिगत एवम् अन्य निर्णयको हकमा मन्त्रालयले पेश गरेको प्रस्तावउपर नेपाल सरकार मन्त्रिपरिषदबाटै निर्णयहरू हुने गरेको छ ।

 

) निर्णयउपर उजुरी सुन्‍ने अधिकारी:

यस मन्त्रालयको प्रशासनिक कार्यसम्पादनका सम्बन्धमा प्रशासन महाशाखाबाट भएका निर्णय र सूचना अधिकारीबाट भएको कामकारबाही उपरको उजुरी मन्त्रालयका सचिवबाट र अन्य उजुरीहरूको हकमा प्रचलित ऐन, नियममा तोकिएबमोजिम हुने गरेको छ ।

 

९) आ. व. २०८१।8२ को प्रथम त्रैमासिक (208१ साउन - असोज) मा परराष्‍ट्र मन्त्रालयअन्तर्गत    सम्पादन भएका मुख्य मुख्य कार्यहरुः 

 

  • सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन 2081 असोज ४ देखि १४ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुभएको । संयुक्त राष्ट्रसंघको महासभाको दौरान सम्माननीय प्रधानमन्त्रीले समिट अफ द फ्यूचर, महासभाको उच्चस्तरीय सत्र लगायत कोलम्बिया र हार्वड विश्वविद्यालयमा त्यहाँ अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको तथा माउन्ट सिनाई अस्पतालमा सम्बोधन गर्नुका साथै  संयुक्त राष्ट्रसंघका महासचिव तथा विभिन्न मुलुकका समकक्षीहरूसँग भेटघाट गर्नु भएको।

 

  • मिति १३-१७ अक्टोबर २०२४ सम्म जेनेभामा आयोजना भएको 149th Inter-Parliamentary Union (IPU) Assembly मा संघीय संसद, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको ।

 

  • माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री श्री विष्णुप्रसाद पौडेलले मिति 2081 असोज 9-10 (सन् 2024 सेप्टेम्बर 25-26) सम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना भएको Global Sustainable Transport Forum 2024 मा सहभागिता जनाउन छिमेकी मित्रराष्ट्र चीनको भ्रमण गर्नुभएको। सो भ्रमणका क्रममा माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीले चीनका Vice Premier H.E. Mr. He Lifeng, Vice Premier H.E. Mr. Ding Xuexiang र चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (China International Development Cooperation Agency – CIDCA) का अध्यक्ष H.E. Mr. Luo Zhaohui सँग छुट्टछुट्टै भेटवार्ता गर्नुभएको।

 

  • माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले क्यानडाको टोरन्टोमा २०८१ असोज ३-४ सम्म आयोजित महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी हुनुभएको। ।सो अवसरमा माननीय परराष्ट्रमन्त्रीले क्यानडाका परराष्ट्र मन्त्रीसँग द्विपक्षीय भेटघाट गर्नुभएको।नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्षमा नेपालका परराष्ट्रमन्त्रीले क्यानडाको औपचारिक भ्रमण गर्नुभएको यो पहिलो पटक भएको ।त्यसैगरी, उहाँले क्यानडा-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष सांसद सोनिया सिधु तथा समूहका अन्य सदस्यहरूसँग पनि ‌ओटावास्थित संसद भवनमा बैठक गर्नुभएको ।
  • माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा असोज ५-१४ गतेसम्म न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा सहभागी हुनुभएको ।त्यसक्रममा, माननीय परराष्ट्रमन्त्रीले अतिकम विकसित देशहरूको मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्नुका साथै असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठक, Peace Building Commission, LLDC Ministerial Meeting, G-77 and China Ministerial Meeting लगायत विभिन्न उच्चस्तरीय बैठकहरूमा सहभागी भई सम्बोधन गर्नु भएको ।सोही बखत न्यूयोर्कमा आयोजित बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी हुनु भएको । सो बैठकमा बिमस्टेकका सहयोगका क्षेत्रहरूसंग सम्बन्धित विविध विषयहरूमा छलफल भएको । त्यसैगरी, न्यूयोर्कमा आयोजित एसिया सहयोग संवादको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भाग लिनु भएको ।सो बैठकले एसिया सहयोग संवादको तेस्रो शिखर सम्मेलनको एजेण्डा तथा दोहा घोषणापत्रलाई पारित गरेको ।

 

  • कतारको दोहामा २०८१ असोज १6 गते (तदनुसार 2 अक्टोबर 2024) आयोजना भएको एसिया सहयोग संवाद (Asia Cooperation Dialogue) को Second Business Forum मा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वको नेपाली प्रतिनिधिमण्डले भाग लिएको । Artificial Intelligence and New Business Models  विषयमा आयोजित उक्त बैठकमा परराष्ट्र सचिव श्री सेवा लम्सालको अतिरिक्त नेपाली उद्यमी/ब्यवसायी क्षेत्रका प्रतिनिधिहरू समेत सहभागी हुनु भएको । सो बैठकमा कृतिम बौद्धिकताले (Artificial Intelligence) विश्वको वित्तीय संरचना, शासकीय ब्यवस्था र शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत मानव जीवनका विविध पक्षहरूमा पारेको प्रभावहरूको बारेमा विचारविमर्श भएको ।

 

  • कतारको दोहामा २०८१ असोज १७ गते (तदनुसार 3 अक्टोबर 2024) आयोजना भएको एसिया सहयोग संवाद (Asia Cooperation Dialogue) को तेस्रो शिखर सम्मेलनमा नेपालको तर्फबाट माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वको नेपाली प्रतिनिधिमण्डले भाग लिएको । खेलकुद कूटनीति विषयमा केन्द्रित उक्त शिखर सम्मेलनमा क्षेत्रीय सहकार्यका विविध पक्षहरूका बारेमा छलफल भएको र सो सम्मेलनबाट दोहा घोषणापत्र समेत जारी भएको । सो सम्मेलनमा परराष्ट्र सचिव श्री सेवा लम्साल र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू समेत सहभागी हुनु भएको ।

 

 

  • माननीय परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका विदेश मन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा अगस्ट १८ देखि २२, २०२४ सम्म भारतको औपचारिक भ्रमण गर्नुभएको। भ्रमणका क्रममा परराष्ट्र मन्त्रीले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै आफ्ना समकक्षी डा. एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको। दुवै भेटका क्रममा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका नेपाल–भारत सम्बन्धका विभिन्न पक्षको समीक्षा हुनुका साथै दुई देशबीचको पारस्परिक सहयोग विस्तार गर्ने र नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको ।

 

  • मिति १२-१३ सेप्टेम्बर २०२४ सम्म ब्राजिलको रियो द जेनेरियोमा आयोजना भएको One Planet Forum मा माननीय वन तथा वातावरण मन्त्री श्री ऐन बहादुर ठकुरीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको ।

 

  • जनवादी गणतन्त्र चीनको कुनमिङ सहरमा २३-२७ जुलाई २०२४ सम्म आयोजना भएको 5th China-South Asia Cooperation Forum मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव श्री सेवा लम्सालले सहभागिता जनाउनुभएको र उच्चस्तरीय सेसन (High Level Session) मा सम्बोधन गर्नुभएको। भ्रमणको क्रममा परराष्ट्र सचिवले चीनको युनान प्रान्तका उप-गभर्नर महामहिम श्री वाङ हाव (H.E. Mr. Wang Hao, Vice-Governor of Yunnan Province) र चिनियाँ विदेश मन्त्रालयका एसियाली मामिला हेर्ने विशेष दूत श्री देङ सिजुन (Mr. Deng Xijun, Special Envoy for Asian Affairs of the Ministry of Foreign Affairs of China) सँग भेटवार्ता गर्नुभएको। साथै, कुनमिङको डाली विश्‍वविद्यालय (Dali University) को भ्रमण गरी उक्त विश्‍वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग भेटघाट गर्नुभएको।

 

  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको मैत्रीपूर्ण निमन्त्रणामा ओमानका परराष्ट्रमन्त्री H.E. Sayyid Badr bin Hamood Albusaidi बाट अगस्त २६-२७, २०२४ सम्म नेपालको औपचारिक भ्रमण भएको।उक्त अवसरमा श्रम तथा जनशक्ति आदानप्रदान, स्वास्थ्य सहयोग, पर्यटन सहयोग र कूटनीतिक अध्ययन तथा तालिमसम्बन्धी प्रस्तावित समझदारीपत्रलाई अन्तिम रूप दिने विषयमा छलफल भएको।सो अवसरमा ओमानी विदेशमन्त्रीले सम्माननीय श्री राष्ट्रपति रामचन्द्र पौडेल र सम्माननीय प्रधानमन्त्री  श्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको ।
  • जापानको संसद्को प्रतिनिधि सभाका सदस्य एवं न्यायिक मामिला समितिका सभापति माननीय श्री ताकेवे अराताको नेतृत्वको जापानी प्रतिनिधि मण्डलले २७-३० जुलाई २०२४ सम्म नेपाल भ्रमण गरी सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल, माननीय उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री श्री प्रकाशमान सिंह, माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारी एवं माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्नुभएको।

 

  • नेपालका परराष्ट्र सचिवको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव श्री विक्रम मिश्रीले अगष्ट ११-१२, २०२४ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको। भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवबीच भएको द्विपक्षीय भेटवार्तामा नेपाल भारत सम्बन्धका उर्जा, भौतिक र डिजिटल कनेक्टिभिटी, कृषि, व्यापार र पारवहन, पर्यटन र जनस्तरको सम्बन्ध लगायतका विषयहरूमा छलफल भई नियमित द्विपक्षीय संयन्त्रहरू मार्फत सहकार्यमा निरन्तरता गरिनुपर्ने सहमति भएको।

 

  • संयुक्त राज्य अमेरिकाका Deputy Secretary of State for Management and Resources Mr. Richard R. Verma ले १६ अगस्ट २०२४ मा नेपाल भ्रमण गर्नुभएको। भ्रमणका क्रममा उहाँले सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली र माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्नुभएको ।
  • चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकाय (China International Development Cooperation Agency – CIDCA) का उपप्रमुख H.E. Mr. Yang Wei Qun को नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले 22-23 अगष्ट 2024 सम्म नेपाल भ्रमण गरी सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, माननीय उपप्रधानमन्त्री एवं अर्थ मन्त्री श्री विष्णुप्रसाद पौडेल र माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्नुभएको। सोही भ्रमणका अवसरमा काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको सडक निर्माण, हिल्सा-सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा एकीकृत जाँचचौकी (Integrated Check Post – ICP) तथा इनल्यान्ड क्लियरेन्स डिपो (Inland Clearance Depot – ICD) निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसहित चारवटा छुट्टाछुट्टै सहयोग आदानप्रदान सम्बन्धी पत्रहरू (Letters of Exchange) मा नेपाली र चिनियाँ पक्षबीच हस्ताक्षर भएको।

 

  • माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको समुपस्थितिमा मिति 2081 भदौ 18 गते विभिन्न मन्त्रालय/निकायका सचिव एवं उच्च पदाधिकारीहरू सम्मिलित एक बैठक आयोजना गरिएको। सो बैठकमा नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरू र मित्र राष्ट्र कोरियाबाट सहयोग एवं लगानी प्राप्तिका लागि पहिचान गर्नुपर्ने परियोजनाहरूका विषयमा छलफल भएको।

 

  • मिति २०८१।०५।१९ मा माननीय परराष्ट्रमन्त्रीको अध्यक्षतामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरिएको। सो बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको।

 

  • माननीय कृषि तथा पशुपंछी विकास मन्त्रीको समुपस्थितिमा SAARC Agriculture Center र International Rice Research Institute (IRRI), South Asia Regional Centre द्वारा संयुक्त रुपमा 11 सेप्टेम्बर 2024 मा काठमाडौंमा Policy Round-Table Meeting for Effective Implementation of the Material Transfer Agreement (MTA) among SAARC Member States कार्यक्रम आयोजना गरिएको ।
  • नेपाल र ओमानका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक २०२४ अगस्ट ७ मा ओमानमा सम्पन्न भएको । उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नुभएको। सो बैठकमा नेपाल–ओमान द्विपक्षीय सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न क्षेत्रमा संलग्नता अभिवृद्धि गर्ने विषयमा छलफल भएको। त्यसैगरी, परराष्ट्र सचिव श्री सेवा लम्सालले ०८ अगस्ट २०२४ मा ओमानी सम्पदा तथा पर्यटन मन्त्री HE Mr. Salim bin Mohammed bin Said Al Mahroqi सँग शिष्टाचार भेट गर्नुभएको थियो।
  • नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता अन्तर्गत परिषद्को सातौं बैठक मिति २०८१ भाद्र ३१ गते तदअनुसार १६ सेप्टेम्बर २०२४ मा काठमाण्डौंमा सम्पन्‍न भएको। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव श्री गोविन्द बहादुर कार्कीले गर्नु भएको। संयुक्त राज्य अमेरिकाका तर्फबाट Assistant United States Trade Representative for South and Central Asia Mr. Brendan Lynch ले नेतृत्व गर्नु भएको। बैठकमा खासगरी नेपालले उपभोग गर्दै आएको सहुतलियत प्राप्त बजार पहुँच लगायत कृषि, श्रम अधिकार, विद्युतीय अर्थतन्त्र, सेवामा व्यापार, व्यापारका लागि प्राविधिक अवरोध, बौद्धिक सम्पत्तिको संरक्षण र प्रभावकारिता, सूचनाको आदान-प्रदान लगायतका बिषयहरूमा छलफल भएको।
  • थाइल्याण्डको राजधानी बैंककमा आयोजित Sixth Asia Pacific Meeting on Education 2030 को सन्दर्भमा २०८१ भाद्र २८ (तदनुसार 13 September 2024) मा सम्पन्न SAARC Senior Officials on Education को तेस्रो प्राविधिक बैठकमा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको र दिगो विकास लक्ष्य-४ मा नेपालले हासिल गरेका प्रगति एवं भोग्नुपरेका चुनौतीहरूका सम्बन्धमा प्रस्तुतीकरण भएको ।

 

  • नेपालको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र चीनको State Grid Corporation of China (SGCC) बीच Feasibility Study of Nepal-China Power Grid Interconnection का सम्बन्धमा सम्पन्न Cooperation Agreement को कार्यान्वयनका लागि गठित चिनियाँ र नेपाली पक्षबीचको Joint Working Group को छैटौँ संयुक्त बैठक मिति २०८१ साउन २३ गते काठमाडौंमा सम्पन्न भएको ।

 

  • नेपालको अर्थ मन्त्रालय र जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी मन्त्रालयका प्रतिनिधिमण्डलहरूबीच ४-६ सेप्टेम्बर २०२४ मा बर्लिनमा द्विपक्षीय विकास सहायता सम्बन्धी वार्ता सम्पन्‍न भएको। सो वार्ताबाट नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासमा जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन युरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको।

 

  • नेपाल-बंगलादेश ऊर्जा सम्बन्धी संयुक्त संचालन समिति (JSC) र संयुक्त कार्यदल (JWG) को छैटौं बैठक अक्टोबर १-२, २०२४ मा काठमाडौंमा सम्पन्न भएको । उक्त बैठकमा नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको। त्यसैगरी अक्टोबर ३, २०२४ मा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेणु नाराङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गर्नुभएको नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको।

 

  • नेपाली सेना र अमेरिकी सेनाका प्रतिनिधिमण्डलहरूबीच Land Force Talks को पाँचौं बैठक सेप्टेम्बर 4-6, 2024 मा अमेरिकाको हवाईमा सम्पन्न भएको। फोर्ट शाफ्टर, हवाईमा रहेको युनाइटेड स्टेट्स आर्मी प्यासिफिक (USARPAC) को मुख्यालयमा आयोजित उक्त बैठकमा नेपाल पक्षको नेतृत्व उपरथी कृष्णदेव भट्ट र अमेरिकी पक्षको नेतृत्व मेजर जनरल स्कट ए विन्टरले गर्नुभएको। उक्त बैठकमा मुख्यत: शान्ति मिसनमा सहकार्य, मानवीय सहायता र विपद् प्रतिकार्यमा सहकार्य, क्षमता विकास, तालिम तथा अनुभव आदानप्रदान जस्ता विषयहरूमा छलफल भएको।

 

  • बिमस्टेक सदस्य राष्ट्र म्यान्मारमा 2081 श्रावण 11 (तदनुसार 26 जुलाई 2024)  मा आयोजना भएको Fourth Meeting of the BIMSTEC National Security Chiefs मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व म्यानमारका लागि नेपाली राजदूत श्री हरिशचन्द्र घिमिरेले गर्नुभएको र सो बैठकमा आतंकवाद, संगठित अपराध, लागूऔषध, तस्करीका नियन्त्रण, समुन्द्री सुरक्षा  र साइबर सुरक्षा लगायत क्षेत्रीय सुरक्षाका चुनौतीहरू सम्बन्धी विषयमा छलफल भएको।

 

  • श्रीलंकाको कोलम्बोमा 2081 श्रावण 10-11 (तदनुसार 25-26 जुलाई 2024) मा आयोजना भएको 2nd Meeting of the BIMSTEC Expert Group on Science, Technology and Innovation (STI) Cooperation मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सहभागिता जनाईएको । उक्त बैठकले बिमस्टेकको विज्ञान, प्रविधि, र नवप्रवर्तन कार्ययोजनालाई अद्यावधिक गरी उल्लिखित क्षेत्रमा सार्वजनिक-निजी साझेदारीलाई प्रवर्द्धन गर्ने नयाँ लक्ष्य थप गरेको ।

 

  • मिति २०८१ भाद्र ५-६ (तदनुसार २१-२२ अगष्ट २०८१) मा श्रीलंकामा सम्पन्न 1st Meeting of the BIMSTEC Expert Group on Human Resource Development (EG-HRD) मा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूबाट सहभागिता जनाइएको । सो बैठकले मानव स्रोत विकाससम्बन्धी राष्ट्रिय नीति/रणनीतिहरू र कार्यक्रमहरूको समीक्षा गर्दै यस क्षेत्रमा क्षेत्रीय सहकार्यलाई विस्तार गर्न सकिने सम्भावनाहरूका बारेमा छलफल गरेको विज्ञ समूहको Draft Terms of Reference, मानव स्रोत विकाससम्बन्धी बिमस्टेक कार्य योजना (२०२४-२०२९) लाई अन्तिम रूप दिएको ।
  • भारतको नयाँ दिल्लीमा २०८१ भाद्र २६ मा सम्पन्न Third Meeting of the BIMSTEC Expert Group on Maritime Security Cooperation मा नेपाली राजदूतावास, नयाँ दिल्लीबाट सहभागिता जनाईएको ।सो बैठकले Draft BIMSTEC Guidelines for Maritime Component of Humanitarian Assistance and Disaster Relief (HADR) लाई अन्तिम रुप दिएको ।

 

  • सन् २०२४ जुलार्इ देखि नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् ब्यूरोको उपाध्यक्ष (Vice President) मा निवार्चित भएको। संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिले उपाध्यक्षको भूमिका निर्वाह गर्नु हुने।

 

  • नेपाल र किरिबाटीबीच 17 जुलार्इ 2024 मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको। किरिबाटीसँगको द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालले औपचारिक रुपमा द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकहरूको संख्या 183 पुगेको।

 

  • साना तथा हलुका हतियार नियन्त्रण (Small arms and light weapons control) सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थाहरूसम्बन्धी जानकारी आदानप्रदान गर्ने मुल उद्देश्य राखी नेपाल सरकारका विभिन्न मन्त्रालयहरू, सुरक्षा निकायहरू तथा अन्य सरोकारवालाहरूसमेतको सहभागिता रहेको ३ दिने राष्ट्रिय कार्यशाला (सेप्टेम्बर ३-५, २०२४) UNRCPD, काठमाण्डौंसँगको सहकार्यमा सहआयोजना गरिएको।
  • नेपालको परराष्ट्र मन्त्रालय तथा संयुक्त राज्य अमेरिकाको विदेश विभागबीच द्विपक्षीय परामर्श संयन्त्र (BCM) स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा मिति २०२४ सेप्टेम्बर ३० मा वाशिङ्गटन डि.सी.मा हस्ताक्षर भएको। यस समझदारीपत्रमा नेपालका तर्फबाट माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राज्य अमेरिकाको तर्फबाट विदेश विभागका राजनीतिक मामिला हेर्ने Under Secretary of State Mr. John Bass ले हस्ताक्षर गर्नुभएको।

 

  • नेपाल र गणतन्त्र सर्बियाबीच कूटनीतिक र अफिसियल राहदानीबाहकहरूलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा मिति २०२४ सेप्टेम्बर २५ मा न्यूयोर्कमा हस्ताक्षर भएको। संयुक्त राष्ट्र संघको ७९ औं महासभाको साइडलाइनमा हस्ताक्षर भएको सो सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तथा गणतन्त्र सर्बिया सरकारको तर्फबाट परराष्ट्रमन्त्री H.E. Mr. Marko Djuric ले हस्ताक्षर गर्नुभएको ।

 

  • नेपाल र इन्डोनेशियाबीच मिति २२ सेप्टेम्बर २०२४ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना तथा कूटनीतिक अफिसियल र सर्भिस पासपोर्ट वाहकका लागि भिसा उन्मुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको।

 

  •  मिति २०८१ असोज २१-२२ गते (तदनुसार 7-8 अक्टोबर 2024) धुलिखेलमा सम्पन्न  BIMSTEC Expert Group on Poverty Alleviation को तेस्रो बैठकमा बिमस्टेक सदस्य मुलुकहरूले गरिवी निवारणमा हासिल गरेको उपलब्धि एवं चुनौतिहरूको समीक्षा भएको र बिमस्टेक गरिवी निवारण कार्ययोजना, 2012 लाई अद्यावधिक गरिएको ।

 

  • पर्यटन प्रवर्द्धनसँग सम्बन्धित नेपालका सरकारी तथा निजी निकायहरू र विभिन्न मुलुकमा रहेका नेपाली नियोगका लागि प्रस्तावित १७ राजदूत तथा ३ कन्सुल जनरलहरूलाई सहभागी गराई २०८१।०५।३० मा नेपालको पर्यटन पूर्वाधारको अवस्था र पर्यटन प्रवर्द्धनमा नेपाली नियोगको भूमिकाको विषयमा छलफल/अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत श्री दीपक राज जोशीले प्रस्तुति राख्नुभएको कार्यक्रममा पर्यटन विभागका महानिर्देशक, पर्यटन मन्त्रालयकी सहसचिव, Travel Agencies Association Nepal का प्रमुख कार्यकारी अधिकृत Nepal Mountaineering Association तथा Nepal Association of Travel and Tour Operators का पदाधिकारिहरूले समेत आफ्ना विषयवस्तु प्रस्तुत गर्नुभएको।

 

  • परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसँग समन्वय गरी प्रतिष्ठानमार्फत विदेशस्थित नेपाली नियोगमा सरुवा हुनु भएका मन्त्रालय वा अन्तर्गतका ३२ कर्मचारीलाई लक्षित गरी मिति २०८१ भाद्र १६ देखि १८ गतेसम्म तीन दिने आर्थिक कूटनीति सम्बन्धी तालीम सञ्चालन गरिएको।

 

  • मिति २०८१ साउन देखि २०८१ असोजमसान्तसम्मको अवधिमा कुल ३८ वटा गैरआवासीय नेपाली परिचयपत्रहरू जारी गरिएको।

 

  • नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट मिति २०८१/०६/२१ मा परराष्ट्र मन्त्रालय अन्तर्गत १५ वटा महाशाखा, २ वटा विभाग, एक सम्पर्क कार्यालय, ३१ वटा राजदूतावास, ३ वटा स्थायी नियोग र १० वटा कन्सुलेट जनरल रहने गरी नयाँ संगठन संरचना स्वीकृत भएको।

 

 

  •    उच्चस्तरीय भ्रमणको तयारी, व्यवस्थापन एवम् समन्वय सम्बन्धी कार्य:
  • सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन 2081 असोज ४ देखि १४ गतेसम्म गर्नुभएको संयुक्त राज्य अमेरिकाको भ्रमणको आवश्यक व्यवस्थापकीय तयारी एवम् समन्वयसँग सम्बन्धित कार्यहरू गरेको ।

 

  • ओमानी परराष्ट्रमन्त्री H.E. SYD Badar Bin Hamad  Al Busaidi ले मिति 2081 भदौ 10-11 सम्म  गर्नुभएको नेपालको औपचारिक भ्रमणको आवश्यक व्यवस्थापकीय तयारी एवम् समन्वयसँग सम्बन्धित कार्यहरू गरेको ।  

 

  • ओहोदाको प्रमाणपत्र सम्बन्धी कार्य: यस अवधिमा निम्नानुसारका आवासीय र गैरआवासीय विदेशी राजदूतले सम्माननीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको। राजदूतहरूले सम्माननीय राष्ट्रपतिसमक्ष आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने सन्दर्भमा आवश्यक तयारी कार्यहरू पूरा गरी ‌ओहोदाको प्रमाणपत्र पेश गर्ने समारोह सम्पन्न भएको।

S.N.

Name of the Ambassador designate

Country

Residential/Non-Residential

Credential Presentation Date

1

H.E. Mr. Myo Myint Maung

Republic of Union of Myanmar

Residential

2081-5-27

2

H.E. Ms. Leann Elizabeth Johnston

Australia

Residential

2081-5-27

3

H.E. Ms. Virginie Corteval

French Republic

Residential

2081-5-27

4

H.E. Mr. Percy Patson Chanda

 

The Republic of Zambia

Non-Residential

2081-5-27

5

H. E. Mr. Elchin Huseynli

The Republic of Azerbaijan

Non-Residential

2081-5-31

6

H.E. Dr. Victor Echeverri Jaramillo

 

The Republic of Columbia

Non-Residential

2081-5-31

7

H. E. Ms. Marie Louisa Gerards

Netherlands

Non-Residential

2081-5-31

8

H. E. Ms. Marje Luup

 

The Republic of Estonia

Non-Residential

2081-5-31

 

  • विभिन्न मित्रराष्ट्रले नियुक्त गरेका आवासीय/गैरआवासीय विदेशी राजदूतको नियुक्तिमा सहमति (Agrement) सम्बन्धी कार्य :

नेपालका लागि प्रस्तावित निम्न राजदूतहरूको नियुक्ति उपर नेपाल सरकारको सहमति प्रदान गर्ने सम्बन्धी कार्यको समन्वय गरेको। 

S.N.

Name of Ambassador-Designate

Resident/Non-Resident

Country

  1.  

H.E. Mr. MAEDA Toru

Resident

Japan

  1.  

H. E. Mr. Godfrey Majoni Chipare

Non-Resident

South Sudan

 

 

  • विभिन्न मित्रराष्ट्रका लागि नेपाल सरकारद्वारा प्रस्तावित आवासीय नेपाली राजदूतहरूको सहमति (Agrément) प्राप्त गर्नेसम्बन्धी कार्य:

नेपाल सरकारद्वारा प्रस्तावित तथा संसदीय सुनुवाईद्वारा अनुमोदित तपशील बमोजिमका नेपाली राजदूतहरूको नियुक्ति उपर सम्बन्धित मुलुकबाट सहमति प्राप्तिका लागि पत्राचार एवम् समन्वय गरेको।

क्र.सं

नाम

देश

प्रा.डा. कृष्णप्रसाद ओली

चीन

श्री सुम्निमा तुलाधर

डेनमार्क

डा. शैल रूपाखेती

जर्मनी

डा. शंकरप्रसाद शर्मा

गणतन्त्र भारत

5

प्रा. धनप्रसाद पण्डित

इजरायल

6

डा. नेत्रप्रसाद तिमल्सिना

मलेसिया

7

श्री रीता धिताल

पाकिस्तान

8

श्री प्रकाशमणि पौडेल

पोर्चुगल

9

श्री रमेशचन्द्र पौडेल

कतार

10

श्री जंगबहादुर चौहान

रुसी महासंघ

11

श्री नरेशबिक्रम ढकाल

साउदी अरब

12

प्रा. डा. कपिलमान श्रेष्ठ

दक्षिण अफ्रिका

13

डा. शिवमाया तुम्बहाम्फे

दक्षिण कोरिया

14

श्री सनिल नेपाल

स्पेन

15

श्री चन्द्रकुमार घिमिरे

संयुक्त अधिराज्य

16

श्री लोकदर्शन रेग्मी

संयुक्त राज्य अमेरिका

17

श्री चित्रलेखा यादव

अष्ट्रेलिया

 

  • नेपाल सरकारले नियुक्त गरेका नेपाली महावाणिज्यदूत सम्बन्धी कार्य:

नेपाल सरकारले नेपाली महावाणिज्यदूतमा नियुक्त गरेका तपशील बमोजिमका पदाधिकारीहरूको सम्बन्धित मुलुकको सहमति प्राप्तीका लागि समन्वय गरेको।

क्र.सं

नाम

पद

देश/कन्सुलर क्षेत्र

मन्त्रिपरिषद्को निर्णय मिति

१.

श्री झक्कप्रसाद आचार्य

महावाणिज्यदूत  

कोलकाता, भारत

2081/05/13

२.

श्री लक्ष्मीप्रसाद निरौला

महावाणिज्यदूत  

ल्हासा, चीन

2081/05/13

३.

श्री भरत खनाल

महावाणिज्यदूत  

ग्वान्जाओ, चीन

2081/05/13

 

  • सैनिक सहचारी (Military Attaché) सम्बन्धी कार्य
  • यस अवधिमा निम्न व्यक्तिलाई उक्त मुलुकबाट प्राप्त प्रस्ताव बमोजिम नेपालको लागि सैनिक सहचारी (Military/Defence Attaché) का रुपमा परराष्ट्र मन्त्रालयले सहमति प्रदान गरेको।

S.N.

Name

Position

Country

  1.  

Col. Simon Peter Oyoo

Military Attaché

Republic of Uganda

  1.  

Mr. Francois Xavier MASSON

Military Attaché

French Republic

 

 

  • अवैतनिक वाणिज्यदूत सम्बन्धि कार्य

यस अवधिमा नेपालका लागि गणतन्त्र केन्याको अवैतनिक वाणिज्यदूत पदमा काठमाडौं उपत्यका कन्सुलर क्षेत्र रहने गरी नेपाली नागरिक श्री चन्द्र टण्डनको नाममा मिति 2081/05/25 मा स्वीकृतिपत्र जारी गरिएको।

 

१०) सूचना अधिकारी र प्रमुखको नाम र पद:

  • कार्यालय प्रमुख: श्री सेवा लम्साल, परराष्‍ट्र सचिव
  • सूचना अधिकारी: श्री ऋषिराज आचार्य, उपसचिव

 

११) ऐन, नियम, विनियम वा निर्देशिकाको सूची 

    • राहदानी ऐन, २०76
    • विदेशी राज्य र कूटनीतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति ऐन, २०२७
    • गैर आवासीय नेपालीसम्बन्धी ऐन, २०६४
    • गैर आवासीय नेपालीसम्बन्धी नियमावली,  २०६६
    • राहदानी नियमावली, २०7७
    • राहदानी निर्देशिका, २०६७
    • नेपाल परराष्‍ट्र सेवासम्बन्धी नियमहरू, २०६८
    • अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९
    • कूटनीतिक आचारसंहिता, २०६८
    • आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रम निर्देशिका, २०७१
    • विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२
    • परराष्‍ट्र मन्त्रालय र अन्तर्गतका विभाग, कार्यालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको बेरुजु फर्छ्यौट कार्यविधि, २०७२
    • परराष्‍ट्र मन्त्रालय र अन्तर्गतका विभाग, कार्यालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको आन्तरिक नियन्त्रण कार्यप्रणाली निर्देशिका, २०७२
    • विदेशस्थित नेपाली नियोगको सार्वजनिक खरिद कार्यविधि, २०७३
    • राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५
    • विदेशस्थित नेपाली नियोगको आर्थिक कार्यविधि, 2079

 

१२) आर्थिक वर्ष २०८१।8२ को विनियोजित बजेटसम्बन्धी अद्यावधिक विवरणः

सि.नं.

निकाय

शीर्षक

ब.उ.शी.नं.

वार्षिक बजेट       (विनियोजित) (रु हजारमा)

असोज मसान्तसम्मको खर्च (रु हजारमा)

  1.  

परराष्ट्र मन्त्रालय

चालु

३२६०००११३

४,५१,३६२

१०,१५,३५

  1.  

परराष्ट्र मन्त्रालय

पुँजीगत

३२६०००११४

३,८२,००

८०,९७

  1.  

विदेशस्थित नेपाली  नियोगहरू

चालु

३२६०००१२३

४,०५,७३,८४

१,५३,७२,३८

  1.  

विदेशस्थित नेपाली  नियोगहरू

पुँजीगत

३२६०००१२४

७५,५६,३६

 

१३) अघिल्लो आर्थिक वर्षमा मन्त्रालयले गरेको कार्यक्रमको विवरणः

यस सम्बन्धी विवरण बुँदा नं. ९ तथा मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख भए बमोजिम हुने।

 

१४) वेबसाइट भए सोको विवरणः

परराष्ट्र मन्त्रालयको वेबसाइटः http://mofa.gov.np/

ट्विटर: http://twitter.com/MofaNepal/


मन्त्रालय अन्तर्गतका अन्य निकायहरूको वेबसाइटको विवरण बुँदा नं. ४ मा उल्लेख गरिएको ।

१५) मन्त्रालयले प्राप्‍त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौतासम्बन्धी विवरणः

प्राप्‍त नभएको ।

१६) मन्त्रालयले सञ्‍चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदनः

यस सम्बन्धी विवरण मन्त्रालयको वार्षिक प्रतिवेदन (Report on Nepal's Foreign Affairs) मा उल्लेख हुने । सो प्रतिवेदन मन्त्रालयको वेबसाइटमा राखिने ।

 

१७) यस मन्त्रालयमा परेका सूचना मागसम्बन्धी निवेदन र सोउपर सूचना दिइएको विवरण:

       यस मन्त्रालयमा प्राप्त सूचना मागसम्बन्धी निवेदन उपर तदारुकताकासाथ कार्यवाही गरी सम्बन्धितलाई यथाशीघ्र सूचना उपलव्ध गराउने गरिएको। साथै, ईमेल तथा टेलिफोनबाट समेत माग भए अनुरुप सूचना प्रवाह गर्ने गरिएको।    

 

१८) मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सूचना प्रकाशन:

       परराष्‍ट्र मन्त्रालय यस मातहतका निकायहरूले महत्त्वपूर्ण सूचनाहरू मन्त्रालयको वार्षिक प्रतिवेदन र द्वैमासिक बुलेटिन तथा प्रेस विज्ञप्ति, पत्रकार सम्मेलन, प्रिन्ट मिडियाहरू एवम् -आफ्ना वेबसाइट मार्फत प्रकाशन गर्दै आएका छन् । सो सम्बन्धी विस्तृत जानकारी बुँदा नम्बर मा दिइएका वेबसाइटहरूबाट लिन सकिन्छ

***