A.D.:
Nepal Samvat: 1146 CHILLAGA DWADASHI - 27
March 15, 2026, 08:22 PM
नेपाली नागरिकहरूको सुरक्षा र हित सरकारको प्रमुख प्राथमिकता हो । पश्चिम एसिया क्षेत्रमा विकसित हालको सन्दर्भमा परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशहरूमा रहेका नेपाली नियोगहरूले निरन्तर रूपमा सूचना, प्रेस विज्ञप्ति र ब्रिफिङमार्फत आवश्यक जानकारी तथा अनुरोधहरू जारी गरिरहेका छन् ।
उक्त क्षेत्रका मित्रराष्ट्रहरूले सार्वजनिक सुरक्षा कायम राख्न र अनावश्यक त्रास फैलिन नदिन मुख्यतः देहायका विषयमा विशेष आग्रह गरेका छन्:
हामीलाई प्राप्त जानकारी अनुसार अधिकांश नेपालीहरूले यी निर्देशनहरूलाई गम्भीरतापूर्वक पालना गरिरहनुभएको छ । तर केही नेपालीहरूबाट यस्ता नियमहरूको उल्लंघन भएकोले पक्राउ पर्नुभएको खबर पनि हामीलाई प्राप्त भएको छ ।
संकटको समयमा आफू बसेको देशका सरकारले जारी गरेका सुरक्षा सम्बन्धी नियम कानूनको पूर्ण पालना गर्नु सबैको कर्तव्य र दायित्व हो । हालको विषम परिस्थितिमा जारी भएका सूचना, एडभाइजरी तथा निर्देशनहरू कानून सरह लागू हुने भएकोले उल्लंघन गरेमा ठूलो जरिवाना हुने, जेल बस्नुपर्ने र डिपोर्ट हुनुपर्ने लगायतका गम्भीर कानूनी कारबाही भोग्नुपर्ने हुन्छ ।
तसर्थ, उक्त क्षेत्रमा रहेका सबै नेपालीहरूलाई अफवाहबाट टाढा रहन, आधिकारिक सूचनामामात्र भरपर्न र निषेध गरिएका फोटो/भिडियो वा अन्य कन्टेन्ट निर्माण तथा सेयर नगर्नुहुन परराष्ट्र मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ ।
यस विषयमा सचेतना फैलाउन सकारात्मक सहयोग पुर्‍याइरहनुभएकोमा मिडियालगायत सबैप्रति आभार व्यक्त गर्दै, सार्वजनिक सचेतना अभिवृद्धि र सही सूचना प्रवाहका लागि अझ प्रभावकारी भूमिका खेल्न आवश्यक देखिएको सन्दर्भमा थप प्रचार-प्रसारका लागि हार्दिक अनुरोध गर्दछौं ।
___
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ चैत्र १