Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHILLAGA CHATURTHI - 19

Control Room

Emergency Control Room

पश्चिम एसियमा विकसित घट्नाक्रमका कारण प्रभावित नेपालीहरूका सम्बन्धमा समन्वय र सहयोग गर्न स्थापना गरिएको यस Emergency Control Room मा यहाँलाई हार्दिक स्वागत छ।

हाल पश्चिम एसियामा रहेका नेपाली नागरिकका सम्बन्धमा जानकारी लिन/दिन, विवरणहरू टिपाउन लगायतका कामका लागि यस रूममा सम्पर्क गर्न सकिनेछ। यो समस्या समाधान नहुन्जेल यो रूम २४ सै घण्टा सञ्चालनमा रहेको छ।

पश्चिम एसिया क्षेत्रमा समस्यामा परेका नेपालीहरू वा निजका आफन्तहरूले देहायका नम्बरहरू/इमेलमा (सिधै वा WhatsApp/Viber/Botim मार्फत वा Message/Email मार्फत) सम्पर्क गर्न सक्नुहुनेछ।

+977 9744441227

+977 9744441228

+977 9744441229

Email: emergency@mofa.gov.np

साथै, उक्त क्षेत्रमा रहेका नेपालीहरूले कन्सुलर सेवा विभागको देहायबमोजिमको लिंकमा गएर विवरण दर्ता गर्नुहुन अनुरोध गरिएको छः

https://legal.nepalconsular.gov.np/urgent-rescue

____

Room सम्बन्धी थप जानकारी:

पश्चिम एसियामा ठूलो संख्यामा रहेका नेपालीहरूको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने हाल विकसित परिस्थितिको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारको मिति २०८२ फागुन १७ को निर्णय (माननीय परराष्ट्र मन्त्रीस्तर) अनुसार परराष्ट्र सचिवको संयोजकत्वमा एक Emergency Response Team गठन गरिएको छ। उक्त टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, अर्थ, कानुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा मन्त्रालयहरू तथा वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभाग लगायतका निकायहरूबाट सहसचिवस्तरका प्रतिनिधिहरू रहने व्यवस्था गरिएको छ।

२०८२ फागुन १९ गते परराष्ट्र मन्त्रालयमा टोलीका संयोजक एवम् परराष्ट्र सचिव श्री अमृतबहादुर राईको अध्यक्षतामा बसेको टोलीको पहिलो बैठकले परराष्ट्र मन्त्रालयमा यो Emergency Control Room स्थापना गरी २४ सै घण्टा हटलाइन, इ-मेल रेसपोन्स तथा गुनासो व्यवस्थापन (Grievance Handling) को व्यवस्था मिलाइएको छ।

यस रूममा परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप-सचिव/ शाखा अधिकृत प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

धन्यवाद।

____
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं।

Phone.: 977-1- 4200182/183/184/185
Fax: 977-1- 4200061/056/160
E-mail :
info@mofa.gov.np
spo@mofa.gov.np