A.D.:
Nepal Samvat: 1146 KACHHALATHWA CHATURDASHI - 14
April 07, 2024, 12:00 AM
नेपाल सरकार
परराष्ट्र मन्त्रालय
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम पर्न आएका आवेदनहरु मध्ये “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” मा तोकिएका छनौट प्रक्रियाका सम्पूर्ण चरणहरुबाट सफल हुनुभएका उम्मेदवार श्री प्रकाश कुमार सुवेदीलाई छनौट तथा सिफारिस समितिले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हुंदा “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” को दफा १२ को उपदफा (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
छनौट तथा सिफारिस समिति
मिति २०८०।१२।२५