A.D.:
Nepal Samvat: 1146 CHILLAGA NAWAMI - 24
February 23, 2022, 12:00 AM
युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीहरुका लागि जरुरी सूचना
युक्रेनमा रहनु भएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्नुभई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ।
युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको छ। त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराइन्छ।
नेपाली राजदूतावास, बर्लिन
तृतीय सचिव श्री सहारा चौँलागाइँ
सम्पर्क नं. +491709808063, Email: eonberlin@mofa.gov.np
सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः
श्री शुशिल घिमिरे, कार्यवाहक राजदूत
सम्पर्क नं. +79680702815, Email: eonmoscow@mofa.gov.np