प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHILLATHWA PARU - 1

Press Release on attack on cda a.i., Embassy of Nepal in Riyadh

आज मिति २०७३ बैशाख  ०२ मा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदुत श्री आनन्द प्रसाद शर्मा माथि उहाँको आफ्नै कार्यकक्षमा छुरा प्रहार भई सांघातिक आक्रमण भएको छ । सोही राजदूतावासमा शरण लिइराखेका एक नेपालीले उहाँ माथि आक्रमण गरेको जानकारी प्राप्त भएको छ । परराष्ट्र मन्त्रालय कुटनीतिक पदाधिकारी माथि भएको यस घटनाको भर्त्सना गर्दछ ।

साउदी अरबको King Faisal अस्पतालको आकष्मिक कक्षमा श्री शर्माको उपचार भइरहेको र उहाँको अवस्था खतरामुक्त रहेको जानकारी राजदूतावासबाट प्राप्त भएको छ । आक्रमण गर्ने निज व्यक्तिलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कानुनी कारवाही अगाडि बढाइसकेको छ । यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिदै थप विवरणका लागि राजदूतावासलाई निर्देशन दिइसकेको छ ।

प्रवक्ताको कार्यालय
परराष्ट्र मन्त्रालय
२०७३।०१।०२