national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHAULAGA PANCHAMI - 20

प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहा रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अबस्था एकीन गरी आवश्यक समन्वयका साथ उद्दारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक आज मिति २०७८/४/३२ मा बस्यो। बैठकले गरेका निर्णयहरू निम्न रहेका छन् :

  • उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण विस्तृत रूपमा संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ Online Registration Portal मा नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरु +977-9749326458(कन्सुलर सेवा विभाग), +977-9749326459 (परराष्‍ट्र मन्त्रालय) र +९१८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन सम्बन्धित ब्यक्ति तथा परिवारका सदस्यहरुलाई अनुरोध गर्ने।
  • त्यहां कार्यरत नेपालीहरुले सामाजिक सञ्जालको प्रयोगबाट आपसमा सुरक्षा स्थिति तथा उद्दार सम्बन्धि सूचना आदानप्रदान गर्ने र माथिका नम्बर मार्फत सो को जानकारी नेपालमा उपलब्ध गराउन अनुरोध गर्ने।
  • उद्दारको प्रकृया शुरु भइ स्वदेश आउने क्रममा रहेका नेपालीहरुको नेपाल आगमन पश्चात् गर्ने कोभिड-१९ को परीक्षण तथा क्वारेन्टाइन लगायतका कार्यहरुको सहजताका लागि आवश्यक समन्वय गरी ब्यवस्था मिलाउने।

यस अघि माननीय गृहमन्त्री श्री बालकृष्ण खांणज्यूको समुपस्थितिमा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरू सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार सम्बन्धमा माननीय मन्त्रीज्यूले आवश्यक निर्देशन दिनुभएको छ।

कावुलबाट हिजो देखि नै त्यहा रहेका नेपालीहरुको सुरक्षित फिर्ती प्रकृया क्रमश:  शुरू भैसकेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले सबै तर्फबाट कूटनीतिक पहल गरिरहेको छ। अफगानिस्तानमा रहेका नेपालीहरुको क्रमिक रूपमा स्वदेश आगमन १ – २  दिनमा शुरु हुंदैछ। त्यहां रहेका नेपाली नागरिकहरु र उनीहरुका रोजगारदाताहरुसंग यस अघि सार्वजनिक गरिएका टेलिफोन नम्बर, अनलाइन पोर्टल, भाइवर, ह्वाट्सएप तथा इमेल मार्फत मन्त्रालय, कन्सुलर सेवा विभाग र नयांदिल्लीस्थित नेपाली राजदूतावास नियमित सम्पर्कमा रहेको ब्यहोरा जानकारी गराइन्छ।

माथि उल्लेखित कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ६ बजेसम्म १३४ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गर्नुभएको छ।

परराष्‍ट्र मन्त्रालय,
सिंहदरबारकाठमाडौँ।
2078/04/3२