प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 SILLAGA TRAYODASHI - 28

प्रेस विज्ञप्ति

अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ । आज ११ जना नेपाली नागरिकहरू काबुलबाट उद्धार भई नयाँदिल्ली आइपुग्नु भएको छ। काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत   गरी काबुल विमानस्थल नजिक राखिएको छ। विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका उक्त नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय भैरहेको छ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिसकेको छैन।

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

परराष्‍ट्र मन्त्रालय
सिंहदरबारकाठमाडौँ।
२०७८/०५/१०