A.D.:
Nepal Samvat: 1145 NALAGA TARITIYA - 18
September 04, 2021, 12:00 AM
अफगानिस्तानबाट उद्धार भई आज कतार एयरको नियमित उडानबाट थप ३ जना स्वदेश फर्कनु भएको छ।यससंगै हालसम्म कूल ८६३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ।काबुलमा उद्दारको पर्खाईमा रहनु भएका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ।
आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरागरी आवश्यक व्यवस्थापन गरिएको छ ।
अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र+९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।
साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौँ।
२०७८/०५/१९