national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHAULAGA SHASTHI - 21

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

 

नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु, २०१८ को तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित भएको दिन वि.सं. २०१८ जेठ १० गतेको संस्मरणमा परराष्ट्र मन्त्रालयले यही २०७९ साल जेठ १० गते मंगलबारका दिन नेपाल परराष्ट्र सेवा दिवस, २०७९ (Nepal Foreign Service Day) मनाउने भएको छ। परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउद्देश्यीय भवनमा हुने औपचारिक कार्यक्रममा २०१८ साल र सो भन्दा अगाडी परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गरिने छ।

नेपालमा परराष्ट्र सेवालाई कानूनीरुपमा संहिताबद्ध गरेको दिनको संस्मरणमा जेठ १० गतेलाई हरेक बर्ष परराष्ट्र सेवा दिवसको रुपमा मनाइने छ।

 

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
मिति २०७९/०२/०५