राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA PANCHAMI - 20
March 09, 2022, 12:00 AM
माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काले मिति २०७८/११/२३ मा आयोजित मिडिया ब्रिफिङका क्रममा युक्रेनमा रहेका नेपालीहरूलाई उद्धार गरी स्वदेश फर्काउने कार्यमा मित्र राष्ट्रहरूबाट सञ्चालित उडानहरू समेत उपयोग गर्न सकिने आशय व्यक्त गर्नुभएकोमा उक्त अभिव्यक्तिलाई तोडमोड गरी सार्वजनिक भएका विज्ञप्ति तथा प्रकाशित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। उक्त विज्ञप्ति तथा समाचारहरूमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ।
परराष्ट्र मन्त्रालय,
सिंहदरबार, काठमाडौँ
२०७८ फागुन २५