प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 SILLAGA DWADASHI - 27

लिपुलेक सडक विस्तारका सन्दर्भमा नेपाल सरकारका प्रवक्ता तथा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारमाध्यम समक्ष व्यक्त गर्नुभएको नेपाल सरकारको धारणा

लिपुलेक सडक विस्तारका सन्दर्भमा नेपाल सरकारका प्रवक्ता तथा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारमाध्यम समक्ष व्यक्त गर्नुभएको नेपाल सरकारको धारणा:-

 

१. महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ ।

 

२. नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय (unilateral) सडक निर्माण/विस्तार रोक्न आग्रह गर्दै आएको छ ।

 

३. नेपाल भारतको बीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देश बीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको छ ।

धन्यवाद !

 

काठमाण्डौं, २०७८ माघ २ गते आइतवार (१६ जनवरी २०२२)