A.D.:
Nepal Samvat: 1146 SILLAGA CHATURTHI - 19
March 27, 2025, 11:38 AM
प्रेस विज्ञप्ति
अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुदै थाइल्याण्ड ल्याई चार जना पुरुषहरुलाई आज मिति 2081 चैत १३ गतेका दिन नेपाल फर्काइएको छ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याणलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुन: अनुरोध गर्दछ । साथै, आमसंचार माध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन नेपाली राजदूतावास बैकक हार्दिक अनुरोध गर्दछ।
नेपाली राजदूतावास, बैकक
13 चैत २०८१