माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यूले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु हुँदा त्रिभुवन विमानस्थलमा जारी गरिएको प्रेस नोट

माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यूले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु हुँदा त्रिभुवन विमानस्थलमा जारी गरिएको प्रे नो

 

  • जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री महामहिम श्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही -२६ श्रावण 207९ तदनुसार 09-1१ अगष्ट २०२२ मा मैले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्केको छु।यस भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावास, बेइजिङ्गबाट जारी भएका प्रेस विज्ञप्तिहरूमार्फत भ्रमणका क्रममा भएका मुख्य उपलब्धीहरूको जानकारी यहाँहरुलार्इ भएकै छ। भ्रमणका दौरानमा भएका मुख्य मुख्य उपलब्धीहरूलाई संक्षिप्त रूपमा यहाँहरु समक्ष पुनः प्रस्तुत गर्न चाहन्छु।
  • नेपाल र जनवादी गणतन्त्र चीनबीच सदियौ देखि घनिष्ठ र मित्रवत सम्बन्ध रहँदै आएको छ। यस घनीभूत सम्बन्धलार्इ सुदृढ र जनस्तरमा पुर्र्याउन नेपाल र चीनबीच समय समयमा हुने उच्चस्तरीय भ्रमणहरुले महत्वपूर्ण योगदान पुर्र्याउदै आएका छन्।परराष्ट्रमन्त्रीको रुपमा मेरो यो  भ्रमण पनि यसैको निरन्तरता हो भन्ने म ठान्दछु। स्टेट काउन्सिलर र मेरा बीचमा द्विपक्षीय मामिला लगायतका हाम्रा समान चासोका विभिन्न विषयहरुमा छलफल भयो।
  • चिनिँया स्टेट काउन्सिलर तथा विदेशमन्त्री महामहिम श्री वाङ यीले मेरो मैत्रीपूर्ण निमन्त्रणामा गत मार्च २५ देखि २७, २०२२ सम्म  नेपालको औपचारिक भ्रमण गर्नु भएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु। उक्त भ्रमणमा महत्वपूर्ण समझदारीहरुमा हस्ताक्षर भएको कुरा यहाँहरुलार्इ अवगत नै छ। मेरो यो भ्रमणले ती समझदारीहरुको कार्यान्वयनको लेखाजोखा गर्न र आपसी हितका थप विषयहरुमा छलफल र सहमतिमा पुग्न सहयोग पुर्र्याएको छ। हिजो म र मेरा चिनियाँ समकक्षीबीच भएको प्रतिनिधिमण्डलस्तरको वार्तामा हामीले नेपाल-चीन सम्बन्ध तथा सहयोगका महत्वपूर्ण विषयहरुमा कुराकानी गर्नुका साथै द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको सम्बन्धजस्ता क्षेत्रहरुमा थप सहयोग प्रवर्द्वन गर्न सहमत भएका छौँ। मेरा चिनिँया समकक्षीको गत मार्च २०२२ मा भएको नेपाल भ्रमण पश्चात दुर्इ देशको सम्बन्धमा भएका प्रगतिका बारेमा समीक्षा गरिएको छ।उक्त भ्रमण पश्चात धेरै कुराहरु अगाडि बढेको यहाँहरुलार्इ अवगत नै छ।विभिन्न संयन्त्रहरुका बैठकहरु सम्पन्न भएका छन् भने नेपाल-चीन हवार्इ सेवा सुचारु हुनुका साथै नेपाली विद्यार्थीको चीन फिर्ता हुने क्रम सुरु भर्इसकेको छ।
  • मैले मेरो समकक्षीलार्इ एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्वता रहेको बताउँदै हाम्रो भूमि चीनको विरुद्वमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु।त्यस्तै चिनियाँ मन्त्री महामहिम श्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहोर्र्याउनु भएको छ।साथै वहाँले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकता बमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाउनु भएको छ।
  • द्विपक्षीय बैठकका दौरान विगतमा भएका उच्चस्तरीय भ्रमणका अवसरमा सम्पन्न महत्वपूर्ण समझदारीहरुलार्इ प्राथमिकताका साथ समयमै कार्यान्वयन गर्ने विषयमा जोड दिएका छौँ।त्यस्तै महामहिम श्री वाङ यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरुलार्इ समयमै सम्पन्न गर्ने विश्वास दिलाउनु भएको छ। दोस्रो चरणको काठमाण्डौ रिङ्ग रोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ। केरुङ-काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति भएको छ।यसका लागि यसैबर्ष भित्र चिनियाँ प्राविधिक टोली खटाउने कुराकानी भएको छ। यसैगरी गत मार्चमा भएको सम्झौता बमोजिम नेपाल-चीन सीमा पार प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनमा समेत यथासमयमा सम्पन्न गर्ने विश्वास चिनियाँ विदेशमन्त्रीले दिलाउनु भएको छ।
  • वार्ताका अवसरमा चिनियाँ स्टेट काउन्सिलर महामहिम श्री वाङ यीले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक अनुदान अन्तर्गत सन् २०२१ का लागि ८०० मिलियन आरएमबी बराबरको सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको छ।
  • हाम्रो अनुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललार्इ उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा  सकारात्मक कुराकानी भएको छ। नेपाललार्इ रासायनिक मल उपलब्ध गराउन र Budgetary Support का लागि चिनिँया राष्ट्रपति महामहिम श्री सी जिङपिङ्गको भ्रमणको अवसरमा घोषणा गर्नु भएको ३.५ बिलियन आरएमबीको सहायता उपयोग गर्ने बारेमा रचनात्मक कुराकानी भएको छ। त्यसै गरी चिनिँया पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ।
  • नेपालको उत्पादन क्षमता बढाउन, नेपालमा लगानी प्रवर्द्वन गर्न, नेपाली चिया चीनमा निर्यात गर्न तथा  परम्परागत औषधीजन्य जडिबुटीको क्षेत्रमा सहयोग बढाउन चिनियाँ लगानीकर्तालार्इ प्रोत्साहित गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ। 
  •  दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र (Joint Mechanism for Pandemic Control) स्थापना गर्ने सहमति भएको छ।यसै गरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा-केरुङ तथा तातोपानी-झाग्मु नाकाबाट दुर्इतर्फी व्यापार सुचारु गर्ने र हिल्सा-पुलाङ नाकालार्इ एकतर्फी रुपमा खोल्ने सहमति भएको छ।
  • नेपालको अनुरोधमा तीन () मिलियन आरएमबी बराबरको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि अत्यावश्यक उद्दार तथा बन्दोवस्तीका सामानहरु र दुर्इ (२) मिलियन आरएमबी बराबरको औषधी तथा स्वास्थ्य साम्रगीहरु प्रदान गर्न चिनिँया पक्ष सहमत भएको छ।
  • चिनिँया सरकारले कोभिड महामारीको अवधिमा नेपाललार्इ प्रदान गरेको ठूलो परिमाणको खोप तथा अन्य चिकित्सा साम्रगी र उपकरणहरुको सहयोगका लागि मैले नेपाल सरकारको तर्फवाट चिनिँया सरकार र जनताप्रति हार्दिक धन्यवाद र आभार प्रकट गरेँ। चिनिँया विदेशमन्त्री महामहिम श्री वाङ यीले आगामी दिनमा पनि नेपाललार्इ आवश्यक पर्ने परीमाणमा खोप तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गर्नु भएको छ।
  • नेपालमा रक्त क्यान्सर रोगको उपचारमा सहयोग गर्न आवश्यक प्रविधि, उपकरण, तालिम र Chimeric Antigen Receptor T Cells (CAR T Cells) उत्पादन गर्ने प्रयोगशाला नेपाल निजामती अस्पतालमा स्थापना गर्न चिनिँया सरकारले सहयोग गर्ने सहमति जनाएको छ।  
  • कोभिड महामारीका कारण नेपाल फर्केका चिनियाँ शिक्षण संस्थामा अध्ययनरत बाँकी इच्छुक नेपाली विद्यार्थीहरुलार्इ आफ्नो पढार्इ सुचारु गर्न चीन फिर्ता जान दिन चिनिँया विदेशमन्त्रीले सहमति जनाउनु भएको छ।यस्ता इच्छुक विद्यार्थीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पालना गरी भिसा प्रक्रिया सुरु गर्न सक्ने भएका छन्।
  • दुर्इ देशबीचको सीमा निरीक्षणसम्बन्धी कार्य गर्न स्थापित स्थायी संयन्त्र संयुक्त सीमा निरीक्षण समिति (Nepal-China Joint Boundary Inspection Committee) को काम अघि बढाउन आवश्यक तयारीका लागि द्विपक्षीय प्राविधिक टोली (Joint Expert Team) गठन गर्न सहमति भएको छ।  
  • नेपाल र चीन संयुक्त राष्ट्र सघं तथा G-77+ China  जस्ता बहुपक्षीय मञ्चहरुमा आपसी हितका विषयमा सहयोग र सहकार्य गर्दै आएका छन्। बैठकका दौरान द्विपक्षीय सम्बन्धका अतिरिक्त क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरुमा रही आएको सहयोग र सहकार्यलार्इ निरन्तरता दिने बारेमा समेत छलफल गर्ने अवसर प्राप्त भएको छ।
  • हिजै म र मेरो प्रतिनिधिमण्डलको सम्मानमा महामहिम श्री वाङ यीले आयोजना गर्नु भएको रात्रीभोजमा सरिक भएँ।
  • विश्वव्यापी कोभिड-19 को महामारीका कारण केही समय देखि नेपालकोतर्फबाट चीनतर्फ उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकिरहेको अवस्थामा यो भ्रमण महत्वपूर्ण रह्रयो र यस किसिमको भ्रमणले नेपाल-चीन सम्बन्धलार्इ थप प्रगाढ तुल्याउन मद्दत पुग्ने कुरामा म विश्वस्त छु।
  • मेरो नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा परराष्ट्रसचिव, वाणिज्य सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, चीनका लागि नेपाली राजदूत, अर्थ र गृह मन्त्रालयका सह-सचिवहरु, बेइजिङ्गस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख एवम् परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू समेत सम्मिलित हुनुहुन्थ्यो।
  • मेरो भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यको लागि म चिनिँया सरकार तथा स्टेट काउन्सिलर तथा विदेशमन्त्री महामहिम श्री वाङ यीलार्इ हार्दिक धन्यवाद दिन चाहन्छु। यस भ्रमणका लागि आवश्यक समन्वय एवम् सहजिकरण गर्नुभएकोमा चीनका लागि नेपाली राजदूत तथा राजदूतावास परिवारलाई धन्यवाद व्यक्त गर्दछु।साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने सञ्चार माध्यमहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

मितिः २०७९।४।२६