नेपाली महावाणिज्यदूतावास, सान फ्रान्सिस्कोबाट सेवा प्रवाह प्रारम्भ हुनेसम्बन्धी सूचना

यस महावाणिज्यदूतावाबाट सेवा प्रवाह प्रारम्भ गर्ने तयारी अन्तिम चरणमा पुगेको व्यहोरा यहाँहरू सबैलाई जानकारी गराउँदछौं ।

महावाणिज्यदूतावासबाट यही मिति २०८२ असोज ६ गते सोमबार तदनुसार सेप्टम्बर २२, २०२५ देखि राहदानी आवेदन, अधिकृत वारेशनामा, कन्सुलर प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र लगातयका सेवाहरू प्रदान गर्न शुरू गरिनेछ

भिसा र गैर-आवासीय नेपाली परिचयपत्रसम्बन्धी कामकारबाहीका लागि सम्बन्धित निकायहरूसँग समन्वय भैरहेको हुंदा ती सेवाहरू शुरू हुने मिति यसैगरी सार्वजनिक सूचनामार्फत् जानकारी गराइनेछ ।

महावाणिज्यदूतावासमा भर्खरै जडान गरिएको राहदानी आवेदन संकलन प्रणाली (ePassport Application System) केही दिन परीक्षणकै चरणमा रहने र बेलाबेलामा प्राविधिक समस्यासमेत देखा पर्नसक्ने हुंदा पहिलो एकहप्ता दैनिक सानो संख्यामा मात्र राहदानी आवेदन खुल्ला गरिनेछ । प्रणालीले राम्ररी काम गर्न थालेपछि  दैनिक आवेदन कोटा आवश्यकता अनुसार बढाउँदै लगिनेछ ।तत्कालै राहदानी आवेदन गरिहाल्नुपर्ने व्यक्तिहरूको संख्या धेरै रहेको पाइएमा वैकल्पिक व्यवस्था मिलाई राहदानी आवेदन संकलन गर्न सकिनेछ ।तसर्थ, शुरूका केही दिनका लागि राहदानीको म्याद सकिसकेका र अत्यन्त जरूरी परेका सेवाग्राहीले मात्र आवेदन फाराम भर्नुहुन अनुरोध गर्दछौं

आफुले लिन चाहेको सेवासम्बन्धी विस्तृत जानकारीका लागि यस महावाणिज्यदूतावासको वेवसाइट (sf.nepalconsulate.gov.np) हेर्नुहुन वा महावाणिज्यदूतावासको फेसबुक पेजमा दिएको लिंकमा क्लिक गर्नुहुन अनुरोध गर्दछौं ।

यहाँहरूको सहयोग, सद्भाव एवम् समझदारीको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

 

२०८२ असोज ३ गते शुक्रबार

(सेप्टेम्बर १९, २०२५)