राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA PANCHAMI - 20
August 20, 2021, 12:00 AM
आगामी २०७८ कार्तिक ६-८ (२३-२५ अक्टोवर २०२१) मा काठमाडौंमा आयोजना हुने गैर आवासीय नेपाली संघको दशौं विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि समाविष्ट हुनुहुन्छ ।
नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक-सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको छ ।
प्रत्येक दुई वर्षको अन्तरालमा नेपालमा आयोजना हुने गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन असोज २८-३०,२०७६ मा काठमाडौंमा सम्पन्न भएको थियो ।
परराष्ट्र मन्त्रालय
सिँहदरवार, काठमाण्डौं
२०७८।०५।०४