national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHAULAGA SHASTHI - 21

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

मिति 15 अप्रिल 2023 देखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयासहरु जारी राखेको छ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासद्वारा सुडानमा रहेका नेपालीहरु, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरु (UNISFA र UNITAMS) मा कार्यरत नेपाली पदाधिकारीहरु, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायहरुसँग निरन्तर सम्पर्कमा रहि विवरण अद्यावधिक गर्ने कार्य भइरहेको छ। नेपाली राजदूतावास, कायरोले राजदूतावाससँग सम्पर्कमा रहेका १९ जना नेपालीहरुको सूची तयार गरेको र सूचीकृत सबैजना हालसम्म सुरक्षित रहेको जनाएको छ। ती बाहेक तीनजना नेपाली शान्तिसैनिकहरु २३ अप्रिलमा अफ्रिकी मुलुक चाडतर्फ गएको र खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपालीहरु सोही दिन खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र त्यहाँबाट हवाई सेवा मार्फत युगाण्डा जाने तयारी रहेको बुझिएको छ।

हालको असहज र जटिल सुरक्षा अवस्थामा नेपाल सरकार सुडानमा रहनुभएका सबै नेपाली नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न तथा आपतकालिन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास (दिपक घिमिरे, द्वितीय सचिव, Mobile/WhatsApp +201097772348, +201029606662, email:  eoncairo@mofa.gov.np) मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछ।

 

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
मिति २०८०/०१/११