प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पाँचौ बैठक आज मिति २०७८/५/४ मा बस्यो।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज जजिरा एयरको कुवेत-काठमाडौ नियमित उडानबाट थप १६५ जना स्वदेश आउनु भएका समेत गरी हालसम्म कूल ४६१ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। थप ९ जना नियमित उडानबाट कामाण्डौ आउने क्रममा हुनुहुन्छ। उद्धार भई स्वदेश आउनेहरूमा बिभिन्न कूटनीतिक नियोगहरूमा काम गर्नेहरू अतिरिक्त अनौपचारिक क्षेत्रमा काम गरिरहनुभएका पनि केही हुनुहुन्छ।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहाँहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ५ बजेसम्म ३१० जना नेपालीहरूले आफ्नो विवरण दर्ता गर्नुभएको छ।

उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाईन पोर्टलमा दर्ता हुनुभएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा Situation Room मा नाम टिपाउनु भएका नेपालीहरूलाई सम्पर्क गरी उहाँहरू हाल रहनुभएका स्थान अनुसार समुहीकृत सुची तयार गरिएको छ। उक्त समुहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उहाँहरूको उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भैरहेको छ ।

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

परराष्‍ट्र मन्त्रालय
सिंहदरबारकाठमाडौँ।
२०७८/०५/०४