NRN

“Non-resident Nepali” means a foreign citizen of Nepali origin and this term also includes a Nepali citizen residing abroad. “Foreign citizen of Nepali origin” means a person who him/herself or whose father, mother grandfather or grandmother was a citizen of Nepal at any time and has subsequently acquired the citizenship of any other foreign country other than a member country of the South Asian Association of Regional Co-operation (SAARC). “Nepali citizen residing abroad” means a Nepali citizen who has been residing in any foreign country for at least two years engaged in any profession, occupation, business and employment except a Nepali citizen residing in a member country of SAARC or serving in a diplomatic mission or consulate situated in a foreign country under the assignment of the Government of Nepal and pursuing studies in an academic institution in a foreign country.

 
apply NRN card

 

Downloads


NRN सम्बन्धी जिज्ञासाहरू (Frequently asked questions?>


१) गैर-आवासीय नेपाली परिचय पत्र कसरी पाउने ?
www.nrn.mofa.gov.np मा जानुहोस। त्यँहा Foreign Citizen of Nepali Origin र Nepali Citizen Residing Abroad दुइवटा फर्म रहेको छ। उक्त फर्महरु मध्ये आफूलाई आवश्यक अनलाईन फर्ममा आफ्नो वैयक्तिक विवरणहरु भर्नुहोस।नेपाली मूलको विदेशी नागरिकको हकमा निवेदकले नेपालको नागरिकता परित्याग गरेको कागजात सक्कल अनिवार्य रुपमा पेश गर्नु पर्दछ।
गैर आवासीय नेपाली (नेपाली मूलको विदेशी नागरिक) परिचयपत्र प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु:
१) बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात,
२) नेपालको नागरिकता परित्याग गरेको प्रमाण,
३) बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाण पत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,
४) नेपाल भन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
५) नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टी गर्ने कागजात,
६) हालसालै खिँचिएको पासपोर्ट साईजको तीन प्रति फोटो ।

गैर आवासीय परिचयपत्रको (विदेशमा वस्ने नेपाली नागरिक) लागि पेश गर्नु पर्ने कागजातहरु:

१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२) नेपाली राहदानीको प्रतिलिपि,
३) विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
४) विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टी गर्ने कागजात,
५) कुनै अन्तराष्ट्रिय संघ, संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात,
६) हालसालै खिचिएको पासपोर्ट साईजको तीन प्रति फोटो ।

अनलाइन फाराम भरेपश्चात् मन्त्रालयको फोन नम्वर 014200184 मा फोन गरी एक्सटेन्सन २८१ वा गैर आवासीय नेपाली डेस्कको निमित्त अनुरोध गर्नुहोस।हामी तपाईहरुको जिज्ञासा/प्रश्नको जवाफ दिनेछौं र प्रकृयाको बारेमा थप जानकारी गराउने छौं।


२) के नेपाली नागरिकता परित्याग गरेको कागजात अनिवार्य हुन्छ?
नेपालको कानून अनुसार नेपाली मूलको विदेशी नागरिकले गैर आवासीय नेपाली परिचयपत्र प्राप्त गर्नको निमित्त नेपालको नागरिकता अनिवार्यरुपमा परित्याग गर्नुपर्दछ। त्यस्तो नागरिकता परित्यागको सक्कल र प्रतिलिपि आफूसँगै निवेदनमा संलग्न गरी ल्याउनु पर्दछ।प्रतिलिपि निवेदनसँगै लिइनेछ भने सक्कल कागजात हेरी जाँची सम्बन्धित निवेदकलाई नै दिइनेछ।


३) मन्त्रालयमा आउँदा के गर्ने?
सर्वप्रथम आफ्नो कागजातहरु तयार गरी परराष्ट्र मन्त्रालयको फोन नम्वर 014200184 मा फोन गरेर एक्सटेन्सन २८१ मा कुरा गरी आफू आउन चाहेको अनुकूल समय टिपाउनुहोस।हामीले तपाईँको विवरण टिपिसकेपछि तपाईँले तयारी गर्नु भएको कागजातका आधारमा संभव भएसम्म छिटो हुने गरी मन्त्रालय आउने समय तय गर्नेछौं।
सिंहदरबार प्रवेशको निमित्त तपाईँको नाम, नागरिकता लिएको जिल्ला, ठेगाना तथा सवारी साधन छ भने सवारी साधन नम्वर समेतको विवरण हामीलाई उपलब्ध गराउनु पर्नेछ।हामी उक्त विवरण सिंहदरबार दक्षिण गेटको १ नम्वर काउन्टरमा पठाइदिनेछौं।तत्पश्चात तपाईँले तोकिएको दिन सिंह- दरबार प्रवेश पासको लागि सिंहदरबार दक्षिण गेटको १ नं काउन्टरमा सम्पर्क राखी, प्रवेश पास लिई परराष्ट्र मन्त्रालय आउन सक्नु हुनेछ।


४) मन्त्रालयमा कहाँ, कति नम्वर डेस्कमा सम्पर्क गर्ने ?
परराष्ट्र मन्त्रालयमा रिसेप्सनमा आफ्नो नाम दर्ता गर्नुहोस। रिसेप्सनको हाम्रा सहकर्मीले गैर आवासीय नेपाली डेस्क बारेमा बताइदिनु हुनेछ।नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा अन्तर्गत तेस्रो तलाको पूर्वपट्टि रहेको कोठा नं ३१४ मा गैर आवासीय नेपाली डेस्क रहेको छ।गैर आवासीय नेपाली डेस्कले तपाईँलाई संभव भएसम्म छिटो र छरितोरुपमा सेवा प्रदान गर्नेछ।


५) कागजात बुझाई सकेपछि प्रकृया के हुन्छ?
हामी तपाइँले पेश गर्नु भएको कागजातहरु हेर्नेछौं। सम्पूर्ण कागजातहरु संलग्न भएको अवस्थामा सचिवज्यूको कार्यकक्ष दोश्रो तल्लाबाट तोक लाग्नेछ।सचिवज्यूबाट आवेदन स्वीकृत भएपश्चात दस्तुर बुझाउने प्रकृयाको लागि सोही तल्लामा रहेको आर्थिक प्रशासन शाखाको २२६ नं कोठामा गएर राजश्व बुझाउने प्रकृयाको लागि सम्पर्क राख्नु पर्नेछ। आर्थिक प्रशासन शाखाबाट तयार पारेको भौचर लिएर सोमा उल्लिखित दस्तुर रकम बुझाउन सिंहदरबार कम्पाउण्डभित्र टेलिभिजन टावर नजिक रहेको वाणिज्य बैंकको शाखामा दस्तुर बुझाउनु पर्नेछ।बैंकमा बुझाएको दस्तुरको सक्कल भौचर सहित पुनः महाशाखामा संम्पर्क राख्नु पर्नेछ।दस्तुरको हकमा अभिलेख खडा गर्न लाग्ने दस्तुर र तपाईँले राहदानी प्राप्त गरेको देशको आधारमा गैर आवासीय नेपाली परिचयपत्र बनाउन लाग्ने दस्तुर फरक-फरक हुने भएकोले सोही बमोजिमको दुवै दस्तुर बुझाउनु पर्दछ।सबै प्रकारका दस्तुर जम्मा गर्नु पर्ने खाता नं र राजश्व दस्तुर निम्न बमोजिम रहेको छ।


६) गैर आवासीय नेपालीको परिचयपत्र प्राप्त गर्न लाग्ने दस्तुर कति छ?
नयाँ गैर आवासीय नेपाली परिचयपत्र प्राप्त गर्दा तथा नवीकरणको निमित्त लाग्ने दस्तुर विवरण निम्न बमोजिम रहेको छ:

नाम दर्ता गर्न निवेदन दिँदा लाग्ने दस्तुर:  रु.१५००।०

परिचयपत्र लिँदा तथा नवीकरण गर्दा लाग्ने दस्तुर:

१. नेपाली मूलको विदेशी नागरिक परिचय पत्रका लागि

यूरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया महादेशमा पर्ने मुलुकहरु, न्युजिल्याण्ड, एसिया महादेशका जापान र कोरिया अमेरिकी डलर ५००
बराबरको त्यस दिनको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार हुन आउने नेपाली रुपैयाँ।

अन्य मुलुकको लागि अमेरिकी डलर २५० बराबरको त्यस दिनको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार हुन आउने नेपाली रुपैयाँ।

२. विदेशमा बस्ने नेपाली नागरिक परिचयपत्र

अमेरिकी डलर 50 बराबरको त्यस दिनको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार हुन आउने नेपाली रुपैयाँ।

वैंक खाता नम्बर

नेपाल राष्ट्र बैंकको खाता नं 1000200010000, कार्यालय कोड नं 326003501 तथा राजश्व शिर्षक नं 14529

उक्त रकम सिंहदरबार कम्पाउण्ड भित्र टेलिभिजन टावर नजिकै रहेको राष्ट्रिय वाणिज्य वैंकमा (सूचना तथा सञ्चार मन्त्रालयको अगाडि) जम्मा गर्न सकिन्छ।


७) गैर आवासीय नेपाली परिचयपत्र निवेदन पेश गरेपश्चात कहिले पाईन्छ?
सामान्यतया: सबै कागजातहरु पेश गरेको तथा प्रक्रिया पुगेको अवस्थामा एकै दिनमा नै उक्त परिचयपत्र प्रदान गर्ने हाम्रो प्रयास हुनेछ।तर कागजातको सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा मन्त्रालयले केही समय लिन सक्नेछ, जसको सूचना निवेदकलाई प्रदान गरिनेछ।


८) गैर आवासीय नेपाली परिचयपत्र नवीकरण गर्नको निमित्त के के कागजात तथा कति शुल्क लाग्दछ?
गैर आवासीय नेपाली परिचयपत्र नवीकरणको निमित्त नयाँ गैर आवासीय नेपाली परिचयपत्र प्राप्त गर्न आवश्यक सम्पूर्ण कागजातहरु (माथि उल्लेख भए बमोजिम) को अतिरिक्त म्याद नसकिएको आफ्नो गैर आवासीय नेपाली परिचयपत्रको सक्कल आवश्यक पर्दछ।नेपाली मूलको विदेशी नागरिकको गैर आवासीय नेपाली परिचयपत्र नवीकरण गर्दा निजले आफ्नो नेपाली नागरिकता परित्याग गरेको कागजात अनिवार्यरुपमा संलग्न गर्नुपर्दछ।नयाँ परिचयपत्र प्राप्त गर्दा लाग्ने दस्तुर तथा नवीकरणको दस्तुर समान रहेको छ।


९) गैर आवासीय नेपाली परिचयपत्र हराएमा कसरी नयाँ परिचयपत्र बनाउन सकिन्छ?
गैर आवासीय नेपाली परिचयपत्र हराएमा पुन: निवेदन दिन सकिन्छ। पुन: निवेदन दिँदा नयाँ परिचयपत्र बनाउन आवश्यक सम्पूर्ण कागजातहरुको अतिरिक्त हराएको गैर आवासीय नेपाली परिचयपत्रको प्रहरी प्रतिवेदन सहित दोब्बर रकम दस्तुर तिर्नुपर्दछ। अत: आफ्नो गैर आवासीय नेपाली परिचयपत्रको ख्याल गरौं, नहराऔं।


१०) गैर आवासीय नेपालीले बसोबास प्रयोजनको लागि नेपालमा कति जग्गा खरिद गर्न सकिन्छ?
नेपाली मूलका विदेशी नागरिकले नेपालभित्र आफ्नो वा आफ्नो परिवारको बसोबास प्रयोजनको लागि देहायको कुनै एक क्षेत्रमा देहाय बमोजिमको क्षेत्रफलमा नबढ्ने गरी जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न सक्ने कानुनी व्यवस्था छः-
क) काठमाडौं उपत्याकाभित्र बढीमा दुई रोपनी,
ख) तराईका जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कट्ठा,
ग) खण्ड (क) र (ख) बाहेकका अन्य जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा चार रोपनी,
घ) खण्ड (ख) बाहेकका तराईका जिल्लाका गाउँपालिका क्षेत्रभित्र बढीमा एक विगाहा, वा
ङ) खण्ड (क), (ख), (ग) र (घ) बाहेकको अन्य क्षेत्रमा बढीमा दश रोपनी।


 

११) बसोबास प्रयोजनको निमित्त जग्गा खरिदका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा आवश्यक पर्ने कागजात के के हुन ?
परराष्ट्र मन्त्रालयमा गैर आवासीय नेपालीले जग्गा खरिदको लागि निवेदन दिंदा देहाय बमोजिमका कागजातहरु आवश्यक पर्दछ।
क) गैर आवासीय नेपाली परिचयपत्रको सक्कल र त्यसको एकप्रति छाँयाकपि/ फोटोकपि
ख) विदेशी नागरिकताको प्रमाण पत्र र राहदानीको एक -एकप्रति छाँयाँकपि
ग) जग्गाको लालपूर्जा/जग्गाधनी दर्ता प्रमाणपूर्जा र त्यसको एक छाँयाँकपि
घ) जग्गा धनी (बिक्रेता) को नागरिकताको कपि
ङ) ट्रेश नक्शाको कपि/ब्लुप्रिन्ट/ (घर खरिद गर्नेको हकमा घरको नक्शा समेत)
च) घर/जग्गाको सो आ.व. को मालपोत कर तिरेको रसिद
छ) घर सम्पन्न प्रमाण पत्रको कपि
ज) जग्गा खरिदका लागि रीत पूर्वक भरिएको फाराम


१२) बसोबास प्रयोजनको निमित्त मन्त्रालयमा निवेदन दिंदा शुल्क/ दस्तुर कति लाग्दछ?
बसोबास प्रयोजनको निमित्त जग्गा खरिद सिफारिसको लागि निवदेन दिंदा परराष्ट्र मन्त्रालयमा कुनै पनि शुल्क/दस्तुर लाग्दैन।


१३) गैर आवासीय नेपाली सम्बन्धी कार्यका लागि परराष्ट्र मन्त्रालयमा आउँदा सिंहदरबार गेटमा पास कसरी लिने ?
सर्वप्रथम आफ्नो निवेदनसँग सम्बन्धित तोकिएका कागजातहरु तयार गरी परराष्ट्र मन्त्रालयको फोन नम्वर 01420018२/८३/८४ मा फोन गरेर एक्सटेन्सन २८१ मा सम्पर्क गरी आफू आउन चाहेको अनुकूल समय टिपाउनुहोस।हामीले तपाईँको विवरण टिपिसकेपछि तपाईँले तयारी गर्नु भएको कागजातका आधारमा यथासंभव छिटो हुने गरी मन्त्रालय आउने समय तय गर्नेछौं।
सिंहदरबार प्रवेशको निमित्त तपाईँको पूरा नाम, नागरिकता लिएको जिल्ला, ठेगाना र सवारी साधन छ भने सवारी साधन नम्बर समेतको विवरण हामीलाई उपलब्ध गराउनु पर्नेछ।हामी उक्त विवरण सिंहदरबार दक्षिण गेटको १ नम्वर काउन्टरमा पठाइदिनेछौं।तत्पश्चात् तपाईँले तोकिएको दिन सिंहदरबार प्रवेश पासको लागि सिंहदरबार दक्षिण गेटको १ नं काउन्टरमा सम्पर्क राखी, प्रवेश पास लिई परराष्ट्र मन्त्रालय आउन सक्नु हुनेछ।प्रवेश पास लिंदा आफ्नो परिचय खुल्ने नागरिकता/चालक परिचयपत्र वा अन्य प्रमाण सिंहदरबार प्रवेशद्वारमा छोड्नुपर्नेछ र सिंहदरबारबाट बाहिरिँदा आफ्नो कागजात लिएर जानुपर्नेछ।


१४) मन्त्रालयमा कहाँ, कति नम्बर डेस्कमा सम्पर्क गर्ने ?
परराष्ट्र मन्त्रालयमा आइसकेपछि प्रवेशद्वारमै रहेको रिसेप्सनमा आफ्नो नाम दर्ता गराउनुहोस् र रिसेप्सनमा सोधपुछ गरी गैर आवासीय नेपाली डेस्क रहेको तेस्रो तलाको पूर्वपट्टि रहेको कोठा नं ३१४ मा आई आफ्नो निवेदन /कागजपत्र दिनुहोस्। गैर आवासीय नेपाली डेस्कले सेवाग्राहीलाई संभव भएसम्म छिटो र छरितोरुपमा सेवा प्रदान गर्नेछ।


१५) निवेदन पेश गरिसकेपछीको प्रकृया के हुन्छ?
गैर आवासीय नेपाली सम्बन्धी डेस्कमा तपाईँले सम्बन्धित कामका लागि पेश गर्नु भएका कागजातहरु पुरा भए/नभएको हेरी सम्पूर्ण कागजातहरु संलग्न भएको अवस्थामा कार्यप्रक्रिया अगाडि बढाइनेछ।तोकिएको शुल्क सम्बन्धित बैंकको सिंहदरबार परिसरभित्र रहेका शाखामा बुझाइसकेपछि उक्त बैंक भौचर समेत संलग्न गरी प्रक्रिया अगाडि बढाइने छ। प्रक्रिया पुरा भएपछि सिफारिसको कागजात लिनको निमित्त सेवाग्राही/निवेदकलाई सुचित गर्नेछौं।सामान्यतयाः उक्त सिफारिस एक हप्ता भित्रमा प्रदान गरिनेछ।