Press Release regarding Japanese Foreign Minister’s visit to Nepal

PRESS RELEASE

At the invitation of Minister for Foreign Affairs Hon. Mr. Pradeep Kumar Gyawali, the Minister of Foreign Affairs of Japan His Excellency Mr. Taro Kono is paying an official visit to Nepal from 9 to 10 January 2019.

During the visit, H.E. Mr. Kono is scheduled to pay courtesy calls on the Rt. Hon. President and the Rt. Hon. Prime Minister of Nepal.

Hon. Minister for Foreign Affairs will hold delegation-level bilateral talks with his Japanese counterpart H.E. Mr. Kono on 9 January which will be followed by Joint Press Briefing. Hon. Foreign Minister will host a dinner in honour of the visiting dignitary.

Ministry of Foreign Affairs
Singhdurbar
28 December 2018

 

 

प्रेस विज्ञप्ति

माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री महामहिम श्री तारो कोनोले २०७५ पुष २५ देखि २६ गते सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा महामहिम कोनोले सम्माननीय राष्ट्रपतिज्यू तथा सम्माननीय प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट गर्नुहुनेछ।

त्यसैगरी २०७५ पौष २५ गते माननीय परराष्ट्रमन्त्रीले जापानी समकक्षी महामहिम कोनोसँग प्रतिनिधिमण्डलस्तरको द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। वार्तापश्चात् दुबै परराष्ट्रमन्त्रीले संयुक्त प्रेस सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन माननीय परराष्ट्रमन्त्रीले जापानी समकक्षी को सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०७५ पौष१३