Press release on “visit Nepal Year 2020” promotional programme organized by the Embassy of Nepal, Bangkok

प्रेस विज्ञप्ति

यस राजदूताबासले थाइ ट्राभल एजेन्टस एशोसिएसन (Thai Travels Agents Association or TTAA) को सहयोगमा नेपाल भ्रमण वर्ष, २०२० को प्रवर्धन गर्ने उद्देश्यले थाइ ट्राभल तथा टुर एजेन्सीका प्रतिनिधिहरुसंग TTAA को सभाकक्षमा आज एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा थाइ ट्राभल एजेन्टस एशिसिएसनका प्रतिनिधि Mr. Sitthichai Udomkitthanakul ले सहभागीहरुलाई स्वागत गर्नुहुंदै नेपाल भ्रमण वर्ष, २०२० को सफलताको कामना गर्नु भयो।उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री गणेशप्रसाद ढकालले नेपाल भ्रमण वर्षको उद्देश्य तथा यसका प्रमुख आकर्षणहरुकाबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो। नेपाल कोरोना भाइरसमुक्त क्षेत्र (Corona Virus Free Zone) रहेको जानकारी दिदै वहाँले सहभागीहरुलाई आ-आफ्नो एजेन्सी मार्फत धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्न अनुरोध गर्नुभयो।उक्त कार्यक्रममा पर्यटन सद्भावना दूत तथा सगरमाथा आरोहण गर्ने प्रथम थाइ नागरिक Mr Vitdnan Rajanopanich ले Spritual and Eco-Tourism in Nepal विषयमा थाइ भाषामा आकर्षक प्रस्तुतीकरण गर्नु भएको थियो। साथै, अन्तरकृयाको क्रममा वहाँले आफ्नो सगरमाथा आरोहणको बारेमा सबिस्तार जानकारी गराउँदै नेपाल ट्रेकिङ्गका लागि पनि आकर्षक गन्तब्यस्थल रहेको सहभागीहरुलाई जानकारी गराउनु भयो।

कार्यक्रमको अन्त्यमा महामहिम राजदूतले सहभागीहरुलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि थाइ ट्राभल एजेन्टस एशोसिएसनसंग पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रममा सहकार्य गर्ने बताउनु भयो।उक्त कार्यक्रको अन्त्यमा सहभागीहरुलाई नेपाली परिकारको जलपानको व्यवस्था गरिएको थियो।

नेपाली राजदूतावास, बैङ्कक
२०७६/११/१०