Press Release on the Participation of Honourable Minister Barsaman Pun in 10th Session of IRENA

प्रेस विज्ञप्ति

माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री श्री वर्षमान पुनले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा १० देखि १२ जनवरी २०२० सम्म आयोजना भएको International Renewable Energy Agency (IRENA) को १० औं सत्रमा भाग लिनुभयो ।

उक्त सत्रको Opening Session मा भाग लिँदै माननीय मन्त्रीले नेपालमा Hydropower लगायत नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना रहेको बताउँदै सोको अधिकतम सदुपयोगका लागि IRENA सँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। साथै, उहाँले जलवायु परिवर्तनले Hydropower सहितका नवीकरणीय ऊर्जाका स्रोतहरूमा पारिरहेको प्रतिकूल प्रभावहरूका बारेमा पनि ध्यानाकर्षण गराउनुभएको थियो।

Assembly को अन्तिम दिन हिजो माननीय मन्त्रीले Hydropower विषयको Plenary Session लाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा माननीय मन्त्रीले नेपालले जलविद्युत्‌लाई उच्च प्राथमिकता दिएको र जलविद्युत्‌को विकासका लागि अनुकूल नीति अवलम्बन गरेको बताउनुभयो । नेपालमा विद्यमान जलविद्युत्‌को अपार सम्भावनालाई सदुपयोग गर्न IRENA र यसका सदस्य राष्ट्रहरूलाई नेपालमा लगानी गर्न माननीय मन्त्रीले आव्हान गर्नुभयो । साथै, उहाँले जलविद्युत्‌को विकासमा   नेपालले गर्दै आएका प्रयत्‍नहरूको चर्चासमेत गर्नुभएको थियो ।

साथै, Side Line मा माननीय मन्त्रीले भुटानका आर्थिक मामिला मन्त्री Hon’ble Lyonpo Loknath Sharma सँग भेट गरी आपसी हितका विषयमा छलफल गर्नुभएको थियो ।

त्यसै गरी माननीय मन्त्रीले IRENA का Director General, Mr. Francesco La Camera, Abu Dhabi Fund for Development (ADFD) का Director General, Mr. Mohamed Saif Al Suwaidi र DMZ-Germany का ऊर्जा विभाग प्रमुखसँग पनि भेट गरी नेपालमा नवीकरणीय ऊर्जाको विकासमा लगानी एवं प्राविधिक सहयोगका विषयमा छलफल गर्नुभएको थियो ।

उक्त अवसरमा नेपालको “Promotion of Waste to Energy and Large Biogas in Nepal through Public-Private-Partnership” विषयको परियोजना International Renewable Energy Agency /Abu Dhabi Fund for Development बाट प्रदान गरिने सहुलियतपूर्ण ऋणका लागि छनोट भएको छ। उक्त परियोजनाका लागि ADFD बाट १ करोड अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ। उक्त रकमबाट ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्राङ्गारिक मल उत्पादन गरिनेछ । उक्त घोषणा कार्यक्रमलाई माननीय मन्त्रीले सम्बोधन गर्दै विभिन्न मुलुकका परियोजनामध्ये नेपालको परियोजना प्रतिस्पर्धामार्फत छनौट हुनु खुसीको विषय रहेको बताउनुभयो । साथै, उक्त महत्वपूर्ण सहयोगका लागि ADFD र IRENA लाई धन्यवाद दिनुभयो ।

IRENA Assembly मा भाग लिने सिलसिलामा माननीय मन्त्रीज्यूले IRENA का Communication Officer लाई TV अन्तरवार्ता दिँदै नवीकरणीय ऊर्जा विकास एवं प्रवर्द्धनमा नेपाल सरकारले गरेका प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

माननीय मन्त्रीज्यूको प्रतिनिधिमण्डलमा युएइका लागि नेपाली राजदूत महामहिम कृष्णप्रसाद ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्चस्तरीय अधिकारी, नवीकरणीय ऊर्जाका Executive Director तथा नेपाली राजदूतावास अबुधाबीका अधिकारीहरु संलग्न हुनुहुन्थ्यो ।

IRENA Assembly मा भाग लिन माननीय मन्त्री यही २५ पुस २०७६ मा अबुधाबी आइपुग्नु भएको थियो। उहाँलाई महामहिम राजदूत एवं दूतावासका अन्य कर्मचारीहरूले अबुधाबी विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।

माननीय मन्त्रीज्यूको सम्मानमा महामहिम राजदूतले २६ पौष २०७६ मा एक रात्रिभोज आयोजना गर्नुभएको थियो। उक्त रात्रिभोजमा IRENA Assembly र सम्बन्धित बैठकहरुमा भाग लिन आउनुभएका प्रतिनिधि सभा सदस्य माननीय राधा ज्ञवालीज्यू र माननीय राजबहादुर बुढा पनि सहभागी हुनुभएको थियो ।

नेपाली राजदूतावास,
अबुधाबी
२८ पौष २०७६