Press Release on Nepal Oman Cricket Evening

प्रेस विज्ञप्ति

नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमानेपाली राजदूतावास, मस्कटले आज मिति २०७६/०6/२० गते नेपाली राजदूतवासमा एक “नेपाल-‌ओमन क्रिकेट साँझ”कार्यक्रम आयोजना गर्यो।

कार्यक्रममा ओमन खेलकुद मामिला मन्त्रालयका सचिव महामहिम श्री रसद अह्‌मद मोहम्मद अमिर अल् हिनाई प्रमुख अतिथिको रूपमा पाल्नुभएको थियो भने परराष्ट्र मन्त्रालयको पश्चिम एसिया विभाग प्रमुख महामहिम शेख हिलाल मर्‌हून अल् मामरी र परराष्ट्र मन्त्रालयको प्रोटोकल विभाग प्रमुख महामहिम राजदूत श्री नासेर विन मोहम्मद विन खलिफा अल् बुसेइदि अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।

प्रमुख अतिथि महामहिम श्री रसद अह्‌मद मोहम्मद अमिर अल् हिनाई तथा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घघाटन गर्नुभएको थियो।कार्यक्रममा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले नेपालका क्रिकेट खेलाडीको मेहनतको प्रशंसा गर्दै नेपाली क्रिकेटले समग्र नेपाल र नेपालीलाई विश्वसामु चिनाउन थप भूमिका खेलेको विचार व्यक्त गर्नुभयो।नेपाली टोलीको पछिल्लो उपलब्धिको लागि बधाई दिंदै महामहिमज्यूले एसोसियट राष्ट्रको रूपमा रहेका ओमनी र नेपाली क्रिकेटको उज्जवल भविष्यको कामना गर्नुभयो।ओमन खेलकुद मन्त्रालयका सचिव महामहिम श्री रसद अह्‌मद मोहम्मद अमिर अल् हिनाईले ओमन र नेपालको क्रिकेट खेलमा सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा यस किसिमको सहकार्य अझ धेरै गरिने प्रतिबद्बता जनाउनु भयो।सो कार्यक्रममा ओमन क्रिकेटको तर्फबाट श्री पंकज खिम्जीले आफ्नो भनाइ राख्नु भएको थियो भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान श्री पारस खड्काले आफ्नो भनाइ राख्दै कार्यक्रमका लागि नेपाली दूतावासप्रति कृतज्ञता प्रकट गर्नुभयो।कप्तान खड्काले एसोसियट राष्ट्रहरूले कडा मेहनतसाथ आफ्नो क्षमताको प्रदर्शन गर्नु पर्ने आजको आवश्यक्ता रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा महामहिमज्यूले प्रमुख अतिथि, नेपाली र ‌ओमनी राष्ट्रिय क्रिकेट टोलीलाई मायाको चिनो प्रदान गर्नुभयो।कार्यक्रममा सारंगी, बासुरी र मादललगायतको सम्मिश्रणमा एक सांगितीक प्रस्तुति समेत पस्किइएको थियो।

कार्यक्रममा नेपाली तथा ओमनी क्रिकेटका राष्ट्रिय टोली, सहभागी ५ राष्ट्रिय टोलीका कप्तान तथा प्रतिनिधिहरू, ओमनका लागि सार्क राष्ट्रका राजदूतज्यूहरू, ओमन क्रिकेटका पदाधिकारीहरू, क्रिकेटसँग सम्बन्धित व्यक्तित्वहरू, दूतावासका कर्मचारीहरू, मिडिया एवम् अन्य विशिष्ट व्यक्तित्वहरूउपस्थित हुनुहुन्थ्यो।

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डसँग Pentagular T20Iseries खेल्नको लागि ओमन भ्रमणमा छ।

नेपाली राजदूतावास, मस्कट
२० असोज २०७६