Press Release On National Day Celebration in Berlin

प्रेसविज्ञप्ति

नेपालको तेश्रो संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास बर्लिनले आज एक विशेष कार्यक्रमको आयोजना गर्यो ।

उक्त कार्यक्रममा जर्मनीको  परराष्ट्र मन्त्रालयका एसिया तथा प्यासिफिक डिभीजनको महानिर्देशक लगायत विभिन्न निकायका विशिष्ट अधिकारीहरु, जर्मनीका विशिष्ट व्यक्तित्वहरु तथा जर्मनीमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो । नेपाल तथा जर्मनीको राष्ट्रिय धुन सहित शुरु भएको उक्त कार्यक्रमलाई संबोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत महामहिम रमेश प्रसाद खनालले नेपालको संविधानको विविध पक्षबारे चर्चा गर्दै नेपाल र जर्मनीबीच कूटनैतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुरा भएको सन्दर्भमा यो सम्बन्ध थप प्रगाढ र सुदृढ हुदै गएको उल्लेख गर्नु भयो ।  उक्त कार्यक्रमलाई संबोधन गर्दै जर्मनीका परराष्ट्र मन्त्रालयका दक्षिण एशिया कमिस्नर महामहिम Mr Markus POTZEL  ले नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना दिदै नेपाल  जर्मनीको भरपर्दो मित्र रहेको र आउदा दिनमा यो मित्रता झन प्रगाढ हुने आशा व्यक्त गर्नु भयो ।

सो समारोहमा  बर्लिनमा अध्ययनरत नेपाली विद्यार्थीहरुद्वारा नेपालको विविधता झल्काउने एक साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो भने आगन्तुक पाहुनाहरुलाई नेपाली चिया, नेपाल प्रबर्द्धनात्मक वस्तु तथा प्रकाशनहरु उपहारस्वरुप वितरण गरिएको थियो ।

 

नेपाली राजदूतावास, बर्लिन
मिति २०७५।६।३
(१९ सेप्टेम्बर २०१८)