Press Release on National Day Celebration in Manama

प्रेस विज्ञप्ती

संविधान दिवस एवं राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा नेपाली राजदूतावास, मनामा, बहराइनद्धारा आज मिति २०७६ असोज ५ गते Hotel Diplomatic Radisson BLU मा साँस्कृतिक प्रस्तुतिहरू सहित एक कार्यक्रम भव्यरूपमा सम्पन्न भयो ।

बहराइन सरकारका परराष्ट्र सचिव Her Excellency, Dr. Shaikha Rana bint Isa Al Khalifa को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बहराइन सरकारका उच्च पदस्थ अधिकारीहरू, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संघ/संस्थाका पदाधिकारीहरू, व्यवसायी, पत्रकार, गैर आवासीय नेपाली संघ बहराइन एवं बहराइनमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरू तथा प्रवुद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा महामहिम राजदूत श्री पदम सुन्दासज्यूले कार्यसम्पादनमा मार्ग निर्देशन गर्नुभएकोमा बहराइन अधिराज्यका His Majesty King Hamad bin Isa Al Khalifa, Prime Minister His Royal Highness Prince Khalifa bin Salman Al Khalifa र Crown Prince His Royal Highness Salman bin Hamad Al Khalifa लाई धन्यबाद टक्राउनु भयो । यसका साथै राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना सहित पुष्पगुच्छा उपहार पठाउनु भएकोमा Her Highness Sabeeka Bint Ibrahim Al Khalifa (wife of His Majesty King Hamad bin Isa Al Khalifa) प्रति कृतज्ञता प्रकट गर्नु भयो ।

मन्तव्यका क्रममा राजदूत श्री सुन्दासज्यूले वर्तमान संविधान कार्यान्वयन पश्चात नेपालले आर्थिक, सामाजिक, राजनीतिक लगायतका विकासमा उत्साहजनक प्रगति हासिल गरि नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली” को परिकल्पना पुरा गर्ने बलियो आधार बनेको व्यहोरा व्यक्त गर्नुभयो ।

राजदूत श्री सुन्दासज्यूले विश्व सम्पदा सूचिमा सूचिकृत नेपालका सम्पदाका विषयमा United Nations Forums मा बहराइन सरकारले निभाएको सहयोगी भुमिकाकोलागि धन्यबाद व्यक्त गर्नुभयो । साथै वहाँले “Visit Nepal 2020” सम्बन्धमा जानकारी दिदै नेपाल भ्रमणको निम्तो पनि गर्नु भयो । यसैगरी, नेपालमा विभिन्न क्षेत्रमा लगानीको अवसर औंल्याउँदै आर्थिक परिसूचक, रणनीतिक लाभका क्षेत्र, नविनतम सृजनात्मक लगानीका संभावना आदि विषयहरूपनि समेट्नु भएको थियो ।

बहराइन अधिराज्यको Shura Council का Chairman H.E. Mr. Ali bin Saleh Al Saleh को उपस्थितीले थप रौनक प्रदान भएको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र राजदूत श्री सुन्दासज्यूले संयुक्त रूपमा केक काट्नुभएको थियो।

शुभकामना आदान प्रदान पश्चात बहराइन अधिराज्यमा पहिलो पटक पञ्चे बाजा, मंगलधुन प्रस्तुती सँगै नेपाली मौलिकता झल्कने मारूनी नाच, थारू नाच लगायत प्रस्तुतीहरू भएको साँस्कृतिक कार्यक्रममा नेपाली परिकार सहितको रात्री भोजको आयोजना गरिएको थियो ।

राजदूतावासका उप नियोग प्रमुख श्री अरूणा घिसिङ्गले सहजिकरण गर्नुभएको उक्त कार्यक्रम उल्लासमय वातावारणमा सम्पन्न भएको थियो ।

नेपाली राजदूतावास
मनामा, बहराइन
२०७६/०६/०५