Press Release on Condolence Message

प्रेस विज्ञप्ति

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय श्री वर्षमान पुनज्यूले ‌मिति 2076/09/2८ गते ओमानको अल-आलम दरबारमा ओमानका नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेट गरी नेपालका सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारी, सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको दुखद निधन प्रति ओमानको राजदरबारका सदस्य तथा सम्पूर्ण ओमानी जनतामा समवेदना व्यक्त गर्नुभयो।

उक्त अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल ओमानबिच कायम रहेको विगत ४३ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा समेत अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।

ओमानका सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपालका सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट व्यक्त भएको समवेदना प्रति धन्यावाद ज्ञापन गर्नुभयो।  यसका साथै सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपाल र ओमानबिच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत  सो सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।

उक्त समवेदना व्यक्त गर्ने सिलसिलमा ओमानका लागि नेपाली राजदूत महामहिम श्री सर्मिला पराजुली ढकालज्यूको समेत उपस्थिति रहेको थियो।

नेपाली राजदूतावास, मस्कट
पौष २8, 2076, सोमबार।