Press release issued by the Embassy of Nepal, Yangon, Myanmar on the occasion of the celebration of National Democracy Day 2074

प्रेस विज्ञप्तिः राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को कार्यक्रम सम्पन्न, म्यान्मार

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को शुभ-उपलक्ष्यमा यस राजदूतावासमा यही २०७४ साल फागुन ७ गतेको साँझ एक समारोहको आयोजना गरियो ।

समारोहमा महामहिम राजदूत श्री भीमकृष्ण उदासज्यूले आमन्त्रित पाहुनाहरुलाई धन्यवाद दिंदै आफ्नो मन्तव्यका क्रममा नेपालमा प्रजातन्त्र स्थापनाको लागि आफ्नो जीवन गुमाएका शहीदहरु प्रति श्रद्धाञ्जली प्रकट गर्नु भयो र हालै स्थानीय निकाय, प्रादेशिक र संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई सम्माननीय प्रधानमन्त्रीमा श्री के.पी. शर्मा ओलीज्यू नियुक्त हुनु भएको, यसरी सबै तहको निर्वाचन सम्पन्न भई नेपालले राजनीतिक स्थायीत्व हासिल गरिसकेकोले अब आर्थिक विकास र समृद्धि तर्फ नेपाल अगाडि बढेको कुरा उल्लेख गर्नु भयो ।

सो समारोहलाई Myanmar–Nepal Friendship Association का अध्यक्ष U Hla Myint Oo (Former Ambassador to Nepal) र अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्क्ष श्री सागर घिमिरेले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो ।

उक्त समारोहमा Myanmar–Nepal Friendship Association का पदाधिकारीहरु, UN तथा यसका Specialized Agencies मा काम गर्ने नेपालीहरु तथा तिनका परिवार, म्यानमारमा रहेका विभिन्न NGO/INGOs तथा Multinational Companies मा कार्यरत नेपालीहरु तथा तिनका परिवार, NRN, Myanmar का पदाधिकारी तथा सदस्यहरुका साथै अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्क्ष तथा उक्त संधको यान्गूनका विभिन्न विभागका पदाधिकारी तथा सदस्यहरु, संरक्षकहरु, सल्लाहाकारहरु, पूर्व अध्यक्षहरु, भद्र महिला तथा पुरुषहरु तथा यस राजदूतावासका कर्मचारीहरु तथा तिनका परिवार गरी करिव ७० जनाको सहभागिता रहेको थियो ।

यस राजदूतावासका द्वितीय सचिव श्री राजु के.सी. ले पाहुनाहरुको स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को शुभकामना दिंदै प्रजातन्त्रको महत्व तथा स्थापना र त्यस पूर्वको एक तन्त्रीय जहानीया राणा शासन वारेको संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

सोही दिन विहान यस राजदूतावास प्राङ्गणमा करिव ३० जनाको सहभागितामा झण्डोत्तोलन गरिएको थियो भने फागुन ६, ७ र ८ गते दिपावली समेत गरिएको छ ।

नेपाली राजदूतावास
यान्गून, म्यान्मार
८ फागुन २०७४