Press Release by Nepali Embassy, London on Democracy Day of Nepal

प्रेसविज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र दिवसका सुखद उपलक्ष्यमा नेपाली राजदूतावासले यही २०७५ फाल्गुण गते उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा एक विशेष समारोहको आयोजना गरेको छ। संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा उत्तरी आयरल्याण्डका लागि पूर्व प्रथम मन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष सम्माननीय श्रीमती Arlene Foster प्रमुख अतिथि तथा उत्तरी आयरल्याण्डका संसदका सभामुख सम्माननीय श्री Robin Newton Sinn Fein Party का संसद सदस्य माननीय Dr. Caoimhe Archibald विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। विशेष समारोहमा उत्तरी आयरल्याण्डका सांसदहरु, स्थानीय मेयर, उपमेयर काउन्सिलरहरु समेत उपस्थित हुनुहुन्थ्यो।

विशेष समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले नेपालमा लोकतन्त्र गणतन्त्रको अभ्युदय नागरिक हकअधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्नुहुने प्रात:स्मरणीय शहीदहरुमा संयुक्त अधिराज्य, माल्टा आयरल्याण्डबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्नुभयो। महामहिम डा. सुवेदीले यस पावन दिवसले लोकतान्त्रिक गणतन्त्रको आलोकमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण राजनीतिक स्थायित्वसहित समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य हासिल गर्न उत्प्रेरित गर्नेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्नुभयो।

संघ, प्रदेश स्थानीय तीनै तहका निर्वाचन शान्तिपूर्वक सफलतापूर्वक सम्पन्न गरी नेपालले संविधानको कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनपद्धतिलाई संस्थागत गरेको भन्नुहुँदै महामहिम डा. सुवेदीले वर्तमान सरकारले आर्थिक विकास समृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखेको भन्नुभयो।

वर्तमान सरकारले राष्ट्रिय स्वार्थलाई सर्वोपरी राख्दै लोकतन्त्र, मौलिक हक, सामाजिक न्याय, सुशासन, स्थिरता विकासमा प्रतिवद्ध रहेको भन्नुहुँदै महामहिम डा. सुवेदीले नेपाल सरकारले नेपाललाई एक उपयुक्त विश्सनीय लगानी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले यही 29 ३० मार्च 2019 मा नेपालमा लगानी शिखर सम्मेलन आयोजना गरिरहेको त्यसमा संयुक्त अधिराज्यवाट उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्नु भयो।

संयुक्त अधिराज्यमा एक लाखभन्दा बढी नेपाली नेपालीमूलका नागरिकहरुको स्थायी बसोबास रहेको उहाँहरुको नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुहुँदै राजदूत डा. सुवेदीले बीस लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सन् 2020 लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको घोषणालाई सफल बनाउन मैत्रीपूर्ण बेलायती नागरिकहरु समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोग सहभागिताका लागि आह्वान गर्नुभयो।

उक्त विशेष समोरहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै उत्तरी आयरल्याण्डका लागि पूर्व प्रथम मन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष सम्माननीय श्रीमती Arlene Foster ले नेपाली राजदूतावासले राष्ट्रिय प्रजातन्त्र दिवसजस्तो महत्वपूर्ण कार्यक्रम उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा आयोजना गर्नु स्वागतयोग्य कार्य भएको भन्नुहुँदै यो कार्यक्रम उत्तरी आयरल्याण्डका जनता नेपाली समुदायबीच मित्रता, भातृत्व समझदारी अभिवृद्धिमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

आर्थिक विकासका लागि राजनैतिक स्थिरता अपरिहार्य हुन्छ भन्नुहुँदै प्रमुख अतिथि श्री Foster ले नेपालले शान्ति, सुशासन राजनैतिक स्थिरतासहित समृद्धिको यात्रा आरभ्म गरेकाले नेपाली जनता आर्थिक विकासको लक्ष्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल प्राकृतिक सुन्दरता सांस्कृतिक विविधताले सुसम्पन्न राष्ट्र हो भन्नुहुँदै श्री Foster ले नेपाल भ्रमण वर्ष 2020 मा उत्तरी आयरल्याण्डबाट दशौं हजार पर्यटकहरु नेपाल भ्रमणमा जाने विश्वास व्यक्त गर्नुभयो।

समारोहलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै उत्तरी आयरल्याण्डका संसदका सभामुख सम्माननीय श्री रविन न्यूटनले उत्तरी आयरल्याण्डमा नेपाली समुदायको उपस्थिति सानो भए पनि सुन्दर क्रियाशील भन्नुभयो। सभामुख श्री न्यूटनले नेपाली राजदूतावासले राष्ट्रिय प्रजातन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रम बेलफास्टमा आयोजना गर्नु उत्तरी आयरल्याण्डका जनताका लागि हर्ष गौरवको कुरा हो भन्ने विचार व्यक्त गर्नुभयो।

शान्ति, सुशासन, विश्ववन्धुत्व, सांस्कृतिक विविधता विविधताबीचको एकता नेपाली उत्तरी आयरल्याण्डका जनताको साझा आदर्श पहिचान हुन भन्नुहुँदै सभामुख श्री न्यूटनले लोकतन्त्र, मानवअधिकार संघीयता संस्थागत भइसकेपछि नेपालले सामाजिक रुपान्तरण आर्थिक समृद्धिको यात्रा तय गरेको त्यसमा सफलता हासिल हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी उक्त समारोहका विशेष अतिथि Sinn Fein Party का संसद सदस्य माननीय Dr. Caoimhe Archibald ले शान्तिको पुनर्वहाली संघीय लोकतान्त्रिक संविधानको घोषणा सफल कार्यान्वयन गरेर नेपाली जनताले विश्वलाई एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् भन्नुहुँदै उत्तरी आयरल्याण्डका लागि पनि नेपालको राजनैतिक स्थायित्व आदर्श नमूना बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल उत्तरी आयरल्याण्डबीच जनस्तरको सम्बन्ध अभिवृद्धिमा जोड दिनुहुँदै डा. Archibald ले नेपाली राजदूतावासले आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसजस्तो विशेष समारोह एक रचनात्मक सकारात्मक थालनी भएको विचार व्यक्त गर्नुभयो।

उक्त समारोहमा प्रमुख अतिथी सम्मानीय श्रीमती Arlene Foster, विशेष अतिथिद्धय सम्मानीय सभामुख श्री Robin Newton माननीय श्रीमती Dr. Caoimhe Archibald ले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष 2020 को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्ष 2020 को प्रचार अभियान प्रारम्भ गर्नुभयो। समारोहमा नेपाल भ्रमण वर्ष 2020 लाई केन्द्रित गरी नेपाल पर्यटन वोर्डले तयार पारेको सौन्दर्य सांस्कृतिक विविधता झल्कने वृत्तचित्र सहितको प्रस्तुति गरिएको थियो। समारोहमा नेपालको हिमाल, पहाड तराईको संस्कृति झल्किने नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।सो सांस्कृतिक कार्यक्रम उत्तरी आयरल्याण्डमा स्थायी बसोबास गर्ने नेपाली बालबालिकाहरुद्धारा प्रस्तुत भएको हो।

उक्त समारोहमा संयुक्त अधिराज्यमा नेपालको भाषा, संस्कृति सभ्यताको संरक्षण सम्वर्द्धनका साथै नेपालीको पहिचान प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनु भएका बी.बी.सी. नेपाली सेवाका अग्रज सञ्चारकर्मी तथा समाजसेवी श्री पुरण अग्रवाललाई विशेष सम्मान गरिएको थियो।

राजदूत महामहिम डा. सुवेदीले प्रमुख अतिथि पूर्व प्रथम मन्त्री सम्माननीय श्रीमती Arlene Foster , विशेष अतिथिद्धय सम्माननीय सभामुख श्री Robin Newton श्रीमती Dr. Caoimhe Archibald लाई नेपाली कलात्मक उपहार प्रदान गर्नु भएको थियो। बेलायती, आइरिस नेपाली गरी तीन सयभन्दा बढी अतिथिहरुको सहभागिता रहेको उक्त विशेष समारोहको अन्त्यमा नेपाली रात्रिभोजको आयोजना गरिएको थियो।

नेपाली राजदूतावास, लण्डन

2075/11/08