Press note on Hon. Foreign Minister’s press briefing at MoFA on 2nd June,2019

परराष्ट्रमन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार
सम्मेलनमा जानकारी गराउनुभएको विषयमा जारी प्रेस नोट
२०७६।२।१९

 

1. सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनको अष्ट्रिया भ्रमण
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन अष्ट्रियाका राष्ट्रपतिको निमन्त्रणामा भियनामा आयोजित जलवायुसम्बन्धी अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी भई हिजो स्वदेश फिर्ता हुनु भयो । उहाँ जेठ १२ गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो। सो क्रममा जलवायु सम्बन्धि अष्ट्रियन विश्वशिखर सम्मेलनको उच्च सत्रलाई संबोधन गर्नु हुँदै सम्माननीय उपराष्ट्रपतिले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायुपरिवर्तनको प्रभावन्यूनीकरण र अनुकूलनका लागि नेपालले गरिरहेको पहलका बारेमा विश्वसमुदायलाई जानकारी गराउनुभयो। भियनामा रहँदा सम्माननीय उपराष्ट्रपतिले अष्ट्रियाका राष्ट्रपतिसँग दुई पक्षीय भेटवार्ता गर्नुका साथै संयुक्त राष्ट्र संघको ‘भियना अन्तर्राष्ट्रिय केन्द्र’ को ४० औं वार्षिकोत्सव समारोहमा सहभागी हुनुभयो । त्यस्तै सम्माननीयउपराष्ट्रपतिअष्ट्रियाकोटेरोलप्रान्तकोईन्सब्रुकसहरमानेपालीराजदूतावासद्वारा आयोजितअन्तर्राष्ट्रियसगरमाथादिवससमारोहमाप्रमुखअतिथिकोरुपमासहभागीहुनुभयो।
उपराष्ट्रपतिको अष्ट्रिया भ्रमणले नेपाल र अष्ट्रियाबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउन मद्दत पुग्नुका साथै जलवायुसम्बन्धी अष्ट्रियन सम्मेलनमा उपराष्ट्रपतिको तहबाट भएको सहभागिताले जलवायु परिवर्तनको मुद्दामा नेपालको गहिरो प्रतिबद्धता र प्राथमिकता प्रकट भएको छ ।

2. सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यूको भारत भ्रमण
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यूले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने सन्दर्भमा मिति २०७६।०२।१६ र १७ गते मित्रराष्ट्र भारतको भ्रमण गर्नुभयो ।सो क्रममासम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यूले भारतीय प्रधानमन्त्रीलाई बधाई एवं सफल कार्यकालको शुभकामना प्रकट गर्नुका साथैउहाँसँग द्बिपक्षीय तहमा भेटवार्ता समेत गर्नुभयो ।
भ्रमणका दौरान सम्माननीय प्रधानमन्त्रीले नेपालको राजकीय भ्रमणका लागि आमन्त्रण गर्दैसम्माननीय राष्ट्रपतिज्यूलेपठाउनुभएको निमन्त्रणाभारतका महामहिम राष्ट्रपतिसमक्षप्रस्तुत गर्नुभयो । त्यस्तै सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभयो, जुन निमन्त्रणा भारतका प्रधानमन्त्रीले सहर्ष स्वीकार गर्नुभयो ।

3. सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यूको आसन्न युरोप भ्रमण
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यूले आगामी ८ देखि १५ जुन २०१९ सम्म युरोपका विभिन्न मुलुकहरुको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीज्यू अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को शतवार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा भाग लिन ९ देखि १० जुनसम्म स्वीट्जरल्याण्डको जेनेभामा रहनुहुने छ । सो अवसरमा प्रधानमन्त्रीज्यूले १० जुनमा आयोजना हुने ILO को शतवार्षिकीको विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । जेनेभामा रहँदा साइडलाइनमा सम्माननीय प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
सो पश्चात् प्रधानमन्त्रीज्यूले १० देखि १२ जुन २०१९सम्म मित्रराष्ट्र संयुक्त अधिराज्यको औपचारिक भ्रमण गर्नुहुने छ । उक्त भ्रमणको दौरान उहाँले संयुक्त अधिराज्यका प्रधानमन्त्री महामहिम Mrs. Theresa May सँग ११ जुनमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, उहाँले अक्सफोर्ड विश्वविद्यालयमा १० जुनमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
त्यसैगरी, प्रधानमन्त्रीज्यूले १२ देखि १४ जुन २०१९ सम्म मित्रराष्ट्र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । सो भ्रमणको अवसरमा प्रधानमन्त्रीज्यूले उहाँको फ्रान्सेली समकक्षी महामहिम Mr. Edouard Philippe सँग १२ जुनमा द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

4. Brain Gain Center
विश्वकाविभिन्नस्थानमारहेकानेपालीहरुकोज्ञान, सीपरक्षमताकोपहिचानगर्ने, अभिलेखगर्नेरमुलुककोविकासमापरिचालनगर्नेउद्धेश्यलेपरराष्ट्रमन्त्रालयमा Brain Gain Center (BGC) स्थापना गरिएको छ। औपचारिक रूपमा यसको सञ्चालन २०७६।०२।१९ गतेबाट भएको छ। BGC एक अनलाइन डाटावेसहो। यसको सञ्चालन, संयोजन र सहजीकरण परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाबाट हुनेछ।
यस केन्द्रका मुख्य उद्धेश्यहरु निम्न अनुसार रहेका छन्:
१. विश्वकाविभिन्नस्थानमारहनुभएकानेपालीहरुकोज्ञान, सीप र क्षमताको पहिचान गर्नेतथाअभिलेख गर्ने,
२. विदेशमा रहनु भएका विद्वत वर्गलाई मातृभूमिको विकासमा योगदान गर्न प्रोत्साहन गर्ने,
३. सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्थाहरु र विदेशमा रहनु भएका विद्वत वर्गहरुबीच सम्पर्क कायम गराउने र ती क्षेत्रलाई आवश्यक दक्ष जनशक्तिको आपूर्तिमा सहजीकरण गर्ने,
४. विदेशमा रहेका विद्वत वर्गलाई मुलुकको विकास प्रक्रियामा परिचालन गर्ने,
५. उहाँहरुले मुलुकको विकासमा गर्नु भएको योगदानको कदर गर्ने।
हालसम्म यस केन्द्रमा विभिन्न ४१ मुलुकबाट ५०० भन्दा बढी नेपालीहरु आवद्ध भई सक्नु भएको छ।यस सम्बन्धी विस्तृत जानकारी www.mofa.gov.np/bgc बाट लिन सकिन्छ।

5. National Dialogue on Foreign Policy
मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा देशभित्र एक साझा दृष्टिकोण तयार पार्ने उद्देश्य राखी परराष्ट्र मन्त्रालयले आगामी १४ असार २०७६ (२९ जुन २०१९) का दिन एक अन्तर्कृयात्मक छलफल कार्यक्रम (National Dialogue on Foreign Policy) आयोजना गर्न लागेको छ । नेपालमा हाल नयाँ संविधान जारी भई उक्त संविधानले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी निर्देशक नीतिको उल्लेख समेत गरेकोपृष्ठभूमिमा नेपालका राजनैतिक दलहरू, परराष्ट्र मामिलाका क्षेत्रमा अध्ययन अनुसंधानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरू सहितका सरोकारवालाहरूको सहभागितामा आयोजना गरिने उक्त Dialogue ले संविधानको मर्म एवं भावना अनुरूप वर्तमान विश्व परिवेशलाई सुहाउँदो परराष्ट्र नीति निर्माण गर्नमहत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयको विश्वास रहेको छ ।