Press Release regarding Cyclone in Dofar region, of Sultanate of Oman

प्रेस विज्ञप्ति

 

ओमान रोयल पुलिस (ROP) का अनुसार डोफार प्रदेशको सलाला क्षेत्रमा मिति २०७५ जेठ ११ गते आएको सामूद्रिक चक्रवात मेकुनु (Cyclone-Mekunu)मा हालसम्म  नेपालीहरुलाई मॉनबिय क्षति नभएेको जानकारी प्राप्त भएको छ।ओमान सरकारले सो क्षेत्रमा २०७५ जेठ १३ देखि १५ सम्म सरकारी प्रशासनिक निकायहरु तथा नीजि क्षेत्रहरुमा विदा दिने घोषणा गरेको छ।

ओमानको Public Authority for Civil Aviation (PACA) ले जारी गरेको सूचना अनुसार सो क्षेत्रमा रहेका सबैलाई अझै सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

नेपाली राजदूतावासमस्कट सो क्षेत्रमा रहेका नेपालीहरुको स्थितिबारे थप विवरणहरु प्राप्त गर्न ओमानका विभिन्न आधिकारिक निकायहरुसंग निरन्तर समन्वय गरिरहेको छ।नेपाली राजदूतावासको हटलाइन नं.71592490 चौबिसै घण्टा खुला रहेको र केही समस्या परेमा तत्काल सम्पर्क गर्न हुन तथा सुरक्षित रहनु हुन अनुरोध गरिन्छ।

नेपाली राजदूतावास,
मस्कट, ओमान
२०७५ जेठ १२ गते, शनिबार

Click here for Pdf