Press Release Issued by the Embassy of Nepal, Kuala Lumpur regarding Farewell call by Ambassador on Indonesian Foreign Minister

प्रेस बक्तव्य

महामहिम राजदूत डा. निरञ्जनमान सिँह बस्न्यातले हिजो बिहिबार (१८ माघ २०७४) इन्डोनेसियाका परराष्ट्रमन्त्री Hon. Retno Marsudi सँग इन्डोनेसियाको परराष्ट्र मन्त्रालयमा विदाइ भेट गर्नुभयो। इन्डोनेसियाका लागि नेपाली राजदूत डा. बस्न्यातले भेटका अवसरमा नेपाल र इन्डोनेसियावीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका क्षेत्रहरू तथा जनताको तहसम्मको सम्बन्ध अभिबृद्धि गर्ने विषयमा परराष्ट्रमन्त्रीसँग छलफल गर्नुभयो। राजदूत बस्न्यातले नेपाल र इन्डोनेसियावीच द्विपक्षीय परामर्श संयन्त्र (Bilateral Consultation Mechanism) स्थापना गर्ने, इन्डोनेसियाको Magelang Municipality (Borobudur Temple) र नेपालको Lumbini Cultural Municipality वीच भगिनी सम्बन्ध (Sister City Relationship) कायम गर्ने, नेपाली विद्यार्थिहरू लार्इ इन्डोनेसियामा विभिन्न विषयमा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था लगायतका अन्य परस्पर द्विपक्षीय हितका विषयमा परराष्ट्रमन्त्रीसँग छलफल गर्नुभएको थियो।

सोही अवसरमा Hon. Marsudi ले नेपाल – इन्डोनेसिया सम्बन्धका बारेमा थप उजागर गर्दै आगामी दिनहरुमा परस्पर सम्बन्ध अझ सुदृढ र सबल बनाउन इन्डोनेसिया सकारात्मक रहेको बताउनुभएको थियो। नेपाल र इन्डोनेसियाले संयुक्त राष्ट्रसंघ तथा असंलग्न आन्दोलन जस्ता अन्तराष्ट्रिय मञ्चहरूमा आगामी दिनहरुमा सहकार्य गरी थप प्रमावकारी भूमिका खेल्न आवश्यक रहेकोमा वहाँले जोड दिनुभयो। परराष्ट्रमन्त्री Hon. Retno Marsudi ले नेपालले संयुक्त राष्ट्र संघ अन्तर्गत विश्वमा शान्ती स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

उक्त भेटमा राजदूतावासका द्वितीय सचिव प्रेमराज गौतम र इन्डोनेसियाका लागि नेपालका अवैतनिक वाणिज्यदूत Mr. Bally Saputra Jano Sati को समेत उपस्थिती रहेको थियो।

नेपाली राजदूतावास, क्वालालम्पूर
१९ माघ २०७४ (2 February 2018)