Press Release On National Day Celebration in Tokyo

प्रेश विज्ञप्ति

नेपालको राष्ट्रिय दिवस (संविधान दिवस) विविध कार्यक्रमहरु सहित हर्षोल्लास रुपमा मनाउने क्रममा यस राजदूतावासद्वारा टोकियोको ओकुरा होटलमा आज मिति २०७५ असोज ०५ गते एक स्वागत समारोह (reception) को आयोजना गरियो । Parliamentary Vice-Minister for Foreign Affairs, HE Mr. Iwao Hori प्रमुख अतिथि रहनुभएको उक्त भव्य समारोहमा HE Mr. Teru Fukui, Minister in Charge of Territorial Issues, HE Natsuo Yamaguchi, President of Komeito Party (Junior Partner of Ruling Coalition), Mr. Kiminori Iwama, Chief of Protocol, Mr. Shigeki Takizaki, Director General of Southeast and Southwest Asian Affairs Department of Ministry of Foreign Affair लगायत जापान सरकारका विभिन्न निकाय र अन्य सार्वजनिक संस्थाहरूका उच्च पदाधिकारीहरू, जापानका लागि विभिन्न देशका राजदूतहरु तथा नेपाललाई माया गर्ने जापानीहरुका साथै जापानस्थित नेपाली समुदायका सदस्यहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

नेपाल तथा जापानको राष्ट्रिय गानबाट शुरु भएको सो कार्यक्रममा महामहिम राजदूत प्रतिभा राणाले स्वागत मन्तव्य राख्दै व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकोले नेपालको इतिहासमा यो दिन अत्यन्तै महत्त्वपुर्ण भएको बताउनु भएको थियो । सो अवसरमा महामहिम राजदूतले ३ वर्ष अघि जारी भएको वर्तमान संविधन बमोजिम व्यापक जनसहभागितामा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भई संघीय तथा प्रादेशिक सरकारहरु गठन भएको र सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीको “समृद्ध नेपाल सुखी नेपाली” को सोचलाइ यथार्थमा परिणत गर्न आर्थिक विकास तथा समृद्धि हासिल गर्ने मूल ध्येयका साथ नेपाल सरकार अगाडी बढिरहेको कुरा बताउनु भएको थियो । उहाँले नेपालको राजनैतिक स्थिरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदि कारणले नेपाल विदेशी लगानीको लागि अत्यन्त उपयुक्त मुलुक रहेकोले जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानी गरी फाइदा उठाउन आग्रह गर्नुभएको थियो । उहाँले नेपालको प्राकृतिक सुन्दरता, नेपालले २०२० लाई Visit Nepal Year को रुपमा मनाउने गरेको घोषणा एवं नेपाल र जापानबीच निकट भविष्यमा संचालन हुने सीधा हवाइ सेवाको विषयमा चर्चा गर्दै जापानी पर्यटकहरुलाई नेपालको भ्रमणमा जान आग्रह गर्नुभएको थियो । नेपाल र जापानबीच सिधा हवाइसेवा सञ्चालन लगायत नेपाल र जापानबीच सम्पर्क तथा सम्बन्ध बिस्तार गर्न नेपाल-जापान संसदीय मैत्री लिगका सदस्यहरूले आफ्नो ठाँउबाट भूमिका खेल्ने विश्वास दिलाउदै राष्ट्रिय दिवसको उपलक्ष्यमा बधाइ सन्देश दिनु भएकोमा सो लिगका अध्यक्ष HE Toshihiro Nikai लाइ महामहिम राजदूतले विशेष धन्यवाद दिनु भएको थियो । साथै नेपालको आर्थिक तथा सामाजिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि जापान सरकार र जापानी जनतालाई उहाँले हार्दिक धन्यवाद दिनुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथिको रुपमा मन्तब्य दिदै Parliamentary Vice-Minister for Foreign Affairs, HE Mr. Iwao Hori ले संविधान दिवसको उपलक्ष्यमा हार्दिक बधाइदिनु भएको थियो । उहाँले गतवर्षको संविधान दिवसको अवसरमा आयोजित समारोहमा नेपालको निर्वाचन सम्बन्धमा चर्चा गरेको तथा निर्वाचनमा जापानी सरकारको पर्यवेक्षक टोलीको नेतृत्व गरेर नेपाल गएको कुरा स्मरण गर्दै नेपालले तीनै तहको निर्वाचन स्वच्छ, निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरेकोमा धन्यवाद दिनु भएको थियो । उहाँले नेपालमा लोकतन्त्रलाई सुदृढ गर्न जापान सरकारले लामो समयदेखि सहयोग गरेको बताउनु भएको थियो । नेपाल र जापान बीच अत्यन्त बलियो आर्थिक, सामाजिक, तथा साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आउदा दिन यो सम्बन्ध अत्यन्त व्यापक र प्रगाढ बनोस भन्ने कामना गर्नु भएको थियो । नेपाल जाने जापानी पर्यटकहरुको संख्या बढिरहेको र सो संख्या सिधा हवाइ सम्पर्कले झन बढने एवं नेपाल र जापान अझ नजिक हुने बताउनु भएको थियो ।

साथै, संविधान दिवसको उपलक्ष्यमा राजदूतावासले राजदूतावास र राजदूतनिवासमा असोज २, ३ र ४ गतेका दिन दिपावली गर्नुका साथै र असोज ४ गतेको Japan Times र Japan News पत्रिकामा राष्ट्रिय दिवस विशेषाङ्क प्रकाशन गरेको थियो ।

२०७५ असोज ०५ गते