NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा द्वादशी - २७

Press Release - Democracy Day 2081

 

प्रेस विज्ञप्ति

 

नेपालको ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज राजदूतावास प्रांगणमा एक विषेश समारोहको आयोजना गरियो। कार्यक्रमको आरम्भमा म्यान्मारका लागि नेपाली राजदूत महामहिम श्री हरिश्चन्द्र घिमिरेले नेपालको राष्ट्रिय झन्डोत्तोलन गर्नु भएको थियो। तत्पश्चात नेपालको राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा सहादत हुनु भएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति सम्मानका लागि एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रममा महामहिम राजदूत श्री हरिश्चन्द्र घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भयो । नेपालमा २००७ सालको राजनीतिक क्रान्ति तथा  राष्ट्रिय प्रजातन्त्र दिवस जन अधिकार प्राप्तिको जगको रुपमा रहेको यस दिनको महत्त्व प्रकाश पार्दै राजदूत श्री घिमिरेले प्रजातान्त्रिक आन्दोलन तथा सामाजिक जागरणका लागि सहादत प्राप्त ज्ञात अज्ञात सबै शहिदहरुमा श्रद्धाञ्जली व्यक्त गर्नु भयो । दिगो प्रजातान्त्रिक शासन व्यवस्थाका लागि कानूनी शासन एवं आर्थिक-सामाजिक विकास र सुशासनको प्रत्याभूति आवश्यक रहेकोले सबै क्षेत्रबाट यसका लागि जिम्मेवार रहनु पर्ने  विषय उल्लेख गर्दै राजदूत श्री घिमिरेले स्थायित्व, समृद्धि तथा सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्था अपरिहार्य रहेको  बताउनुभयो ।

        राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजदूतावास चान्सरी तथा निवासमा फागुन ६ गतेबाट तीन दिनसम्म साँझ दिपावली भैरहेको छ । 

 

 

नेपाली राजदूतावास

यांगौंन ।

०७ फाल्गुन २०८१ (१९ फेब्रुअरी २०२५)