Press Release on Walkathon for Visit Nepal Year 2020 in Thailand

 प्रेस विज्ञप्ति

नेपाल भ्रमण वर्ष 2020 अभियानको प्रचारप्रसार गर्ने उद्देश्यले आज नेपाली राजदूतावासद्वारा बैंककमा गैरआवासीय नेपाली संघ, थाइल्याण्ड र थाइ-नेपाली संघको सहयोगमा “Walkathon for Visit Nepal Year 2020” पदयात्रा आयोजना गरियो।

पदयात्रा (Walkathon) मा थाइ सरकारी पदाधिकारी, गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, थाइ-नेपाली संघका पदाधिकारीहरु, विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरु, नेपालका शुभेच्छुकहरु, विभिन्न देशका नागरिकहरु तथा राजदूताबास परिवारका सदस्यहरु गरी करिब 250 जनाको सहभागिता रहेको थियो। पदयात्रामा विभिन्न थाई संचार माध्यमका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।कार्यक्रमका सहभागीहरुले नेपाल भ्रमण वर्ष 2020 को लोगो भएको टि-सर्ट लगाई नेपाल भ्रमण वर्ष 2020 तथा थाइल्याण्ड-नेपालको झण्डा अंकित प्लेकार्ड हात-हातमा लिई बैंककको MBK Center बाट सुरुवात गरी Central World हुँदै Baiyoke Sky Tower सम्म करिव अढाई किलोमिटर पदयात्रा गरेका थिए। पदयात्राको अन्त्यमा सहभागीहरुलाई धन्यवाद दिदै थाइल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री गणेशप्रसाद ढकालले राजदूताबासद्वारा आगामी दिनमा अन्य शहरहरुमा आयोजना गरिने नेपाल भ्रमण बर्ष २०२० अभियानको प्रवर्द्वनात्मक कार्यक्रमहरुमा पनि सकृय सहभागिताको लागि अनुरोध गर्नुभयो ।

उक्त पदयात्राले नेपाल भ्रमण वर्ष 2020 अभियानको बैंककमा प्रचारप्रसार गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।

नेपाली राजदूतावास, बैंकक।
05 जनवरी 2020