प्रेस बिज्ञप्ति
आज मिति २०७३ बैशाख ०२ मा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदुत श्री आनन्द प्रसाद शर्मा माथि उहाँको आफ्नै कार्यकक्षमा छुरा प्रहार भई सांघातिक आक्रमण भएको छ । सोही राजदूतावासमा शरण लिइराखेका एक नेपालीले उहाँ माथि आक्रमण गरेको जानकारी प्राप्त भएको छ । परराष्ट्र मन्त्रालय कुटनीतिक पदाधिकारी माथि भएको यस घटनाको भर्त्सना गर्दछ ।
साउदी अरबको King Faisal अस्पतालको आकष्मिक कक्षमा श्री शर्माको उपचार भइरहेको र उहाँको अवस्था खतरामुक्त रहेको जानकारी राजदूतावासबाट प्राप्त भएको छ । आक्रमण गर्ने निज व्यक्तिलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कानुनी कारवाही अगाडि बढाइसकेको छ । यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिदै थप विवरणका लागि राजदूतावासलाई निर्देशन दिइसकेको छ ।
प्रवक्ताको कार्यालय
परराष्ट्र मन्त्रालय
२०७३।०१।०२