सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको संयुक्त राष्ट्रसंघको कार्यक्रमका सिलसिलामा भएको भ्रमण सम्बन्धी प्रेस नोट


सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको संयुक्त राष्ट्रसंघको कार्यक्रमका सिलसिलामा भएको भ्रमण सम्बन्धी प्रेस नोट
(१ चैत्र २०७५ / १५ मार्च २०१९)

सञ्चारकर्मी मित्रहरू,

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघीय महिलाको अवस्था सम्बन्धी आयोगको ६३ औं अधिवेशन (CSW63) कोअवसर पारेर संयुक्त राष्ट्रसंघ महासभाका सभाध्यक्ष श्रीमती मारिया फर्नान्डा इस्पिनोजा गार्सेसले आयोजना गर्नु भएको ‘शक्तिमा महिला’ (Women in Power) विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी हुन मिति २०७५ फाल्गुण २६ गते न्यूयोर्क प्रस्थान गरी आज स्वदेश फर्कनु भएको छ ।

संयुक्त राष्ट्रसंघकालागि नेपालको स्थायी नियोगबाट जारी भएका विज्ञप्ति एवं सूचनाहरु तथा भ्रमणदलमा सम्मिलित मिडियाका प्रतिनिधिहरूको रिपोर्टिङहरूबाट प्रतिनिधिमण्डल न्यूयोर्कमा रहँदा भएका गतिविधिहरूका बारेमायहाँहरूअवगत नै हुनुहुन्छ ।

सम्माननीय राष्ट्रपतिज्यूले १२ मार्च २०१९ का दिन आयोजना गरिएका तीन ओटा उच्चस्तरीय प्यानलछलफलहरू मध्ये ‘How Women Leaders Change the World’विषयक कार्यक्रममा सहभागी भई आफ्नो विचार राख्नु भयो । उक्त प्यानलमा लिथुवानिया र ट्रिनिडाड तथा टोबागोका राष्ट्रपतिहरू, कोलोम्बियाका उपराष्ट्रपति तथा युरोपियन युनियनका परराष्ट्र एवम् सुरक्षामामिला सम्बन्धी उच्च प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो ।

महिला सम्बन्धी यस प्रकारको कार्यक्रममा नेपालबाट राष्ट्राध्यक्षको तहमा सहभागिता भएको यो नै पहिलो हो । महिला तथा बालबालिकासम्बन्धी क्षेत्रमापछिल्ला वर्षहरूमा नेपालले गरेका महत्वपूर्ण उपलव्धिहरूको राम्रो मूल्याङ्कनगर्दै नेपाललाई उच्चस्तरमा सहभागी हुन निमन्त्रणा प्राप्त भएको हो । Women in Power कार्यक्रमको समापनमा जारी भएको Call for Action मा विश्वमा महिलाराजनीतिक सहभागिताको क्षेत्रमा विगतमा हासिल गरिएको उपलब्धिहरू गुम्दै गएको उल्लेख भएको परिप्रेक्षमा नेपालले महिला अधिकार, लैंगिक समानता लगायत मानव अधिकारका क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरूअन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुतगर्ने अवसर प्राप्त भएबाट मुलुकका बारेमा सकारात्मक सन्देश प्रवाह भई देशको छवि समेत बढेको छ ।

सम्माननीय राष्ट्रपतिज्यूले लैंगिक समानता तथा न्यायकालागि आफूले गरेका राजनैतिक संघर्षका बारेमा उल्लेख गर्दै नेपालको विकट गाउँबाट पहिलो महिला राष्ट्रपतिसम्मको यात्राका क्रममा आफूले भोगेका सामाजिक, राजनैतिक तथा व्यवहारिक चुनौतिहरूको बारेमा स्पष्ट पार्नु भयो । वहाँले लैंगिक विभेद अप्राकृतिक हो तर अपरिवर्तनीय होइनभन्ने कुरामा जोड दिनुका साथै संवैधानिक र कानूनी सुधार तथा सामाजिक धारणामा परिवर्तनबाट यो अप्राकृतिक भेदभावको अन्त्य गर्न सकिने धारणा राख्नु भयो। यसका साथै सम्माननीय राष्ट्रपतिज्यूले लैंगिक समानताकालागि नेपालले गरेका प्रयासहरू र त्यसबाट प्राप्त उपलब्धिहरूका बारेमाप्रष्ट पार्नु भयो रनेपालले सामना गर्नु परेका चुनौतीहरूका सन्दर्भमामहिला समानता तथा प्रतिनिधित्व बढाउन राजनैतिक संरचनागत परिवर्तनका लागि हस्तक्षेप गर्नुपर्ने धारणा राख्नु भयो ।

प्यानल छलफलका अवसरमासम्माननीय राष्ट्रपतिज्यूलेराजनीतिमा महिलाको क्षमतालाई नजरअन्दाजगर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने रमहिला सहभागिता सुनिश्चित गर्नस्पष्ट संवैधानिक र कानूनी प्रावधानहरूको आवश्यकता माथि जोड दिनुभयो । वहाँले संवैधानिक, नीतिगत र कानूनी संरचनाको कारण छोटो समयमै महिला सहभागिता बढाउन सकिने नेपालको महत्वपूर्ण अनुभव सुनाउनु भयो ।

न्यूयोर्कमा रहँदा सम्माननीय राष्ट्रपतिज्यूलेसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटगर्नुभयो । उक्त भेटघाटका क्रममा महासचिव गुटेरसले सन् १९७८ मा आफूले गरेको नेपाल भ्रमणको संझना गर्दै नेपालको प्राकृतिक सुन्दरताबाट आफू मन्त्रमुग्ध भएको अनुभव सुनाउनु भयो । महासचिव गुटेरसले नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सबलीकरण भएकोमा खुशी व्यक्त गर्दै आर्थिकसमृद्धिकालागि शुभकामना व्यक्त गर्नु भयो । साथै, नेपालले शान्तिसेना मार्फत् विश्व शान्ति र स्थायित्वमा गरेको योगदानको प्रशंसा गर्दै दिगो विकास र विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघले हालै गरेका सुधारका कार्यहरू तथा यसका प्राथमिकताकाबारेमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भयो । सम्माननीय राष्ट्रपतिज्यूलेराष्ट्रसंघीय सुधार, उच्च तहमा महिलाको समान सहभागिताको सुनिश्चितता तथा दिगो विकास र विश्व शान्तिका लागि भइरहेका पहलको सराहना गर्दै यसबाट संयुक्त राष्ट्रसंघ प्रणालीको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नु भयो । वहाँलेजलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राखेकोमा महासचिवको प्रशंसा गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका निमित्त अल्पविकसित राष्ट्रहरूका लागि अन्तर्राष्ट्रिय सहयोग बृद्धि गर्न सशक्त भूमिका खेल्न अनुरोध गर्नुभयो । त्यसैगरी, दिगो विकास लक्ष्य प्राप्त गर्न पर्याप्त आर्थिक श्रोतको आवश्यकता पर्ने हुँदा संयुक्त राष्ट्रसंघको आगामी ७४औं महासभाका अवसरमा महासचिवले आव्हान गर्नुभएको “विकासका लागि लगानी” सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायबाट नयाँ तथा महत्त्वपूर्ण प्रतिबद्धताहरू व्यक्त हुने विश्वास व्यक्त गर्नु भयो ।

सम्माननीय राष्ट्रपतिज्यूले सभाध्यक्ष मारिया फरनान्डा इस्पिनोजा गार्सेससँगको भेटघाटका क्रममा वहाँलाई Women in Power जस्तो सान्दर्भिक कार्यक्रमको आयोजना गरी शान्त र समृद्ध समाजको निर्माणमा महिलाको योगदानका बारेमा छलफल चलाउनु भएकोमा धन्यवाद दिनुभयो । सो अवसरमा दिगो विकास लक्ष्य सबै बहुपक्षीय विषयहरूको केन्द्रमा रहने हुँदा ती लक्ष्यहरू हासिल गर्न महिलाहरूको सहभागिता, योगदान तथा नेतृत्वमा अझ बढी जोड दिन आव्हान गर्नु भयो ।

मार्च १२ का दिन सम्माननीय राष्ट्रपतिज्यूले इस्टोनियाका राष्ट्रपति KerstiKaljulaidर क्रोयसियाका राष्ट्रपति Kolinda Grabar-Kitarovié सँग छुट्टाछुट्टै भेटघाट गर्नु भयो । उक्त भेटघाटहरूमा दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयका अतिरिक्त जलवायु परिवर्तन, दिगो विकास, लैंगिक समानता र विश्वस्तरका साझा समस्या समाधानमा महिलाको भूमिकाका बारेमा छलफल भयो । सम्माननीय राष्ट्रपतिज्यूले आफ्ना समकक्षीहरूलाई नेपालको राष्ट्रिय संकल्प‘समृद्ध नेपाल, सुखी नेपाली’का बारेमा बताउँदैनेपालको आर्थिक विकास रसमृद्धिकालागि प्राथमिकताका क्षेत्रहरुका बारेमा पनि जानकारी गराउनु भयो । त्यसैगरी, आयरल्याण्डका पूर्वराष्ट्रपति तथा The Elders नामक संस्थाका अध्यक्ष MrsMary Robinson सँगको भेटघाटमा जलवायु, न्याय, महिला सशक्तीकरण तथा नेतृत्व विकासका बारेमा छलफल भयो ।

न्यूयोर्कमै रहँदा सम्माननीय राष्ट्रपतिज्यूमहत्वपूर्ण अन्य कार्यक्रमहरूमा सहभागी हुनुभयो ।संयुक्त राष्ट्रसंघ महासभाका सभाध्यक्षले वहाँको निमन्त्रणामा उक्त कार्यक्रममा सहभागी हुन न्यूयोर्क आउनु भएका राष्ट्र प्रमुख तथा सरकार प्रमुख महिला नेतृहरूको सम्मानमा ११ मार्च २०१९ मा आयोजना गर्नु भएको स्वागत भोज कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूका साथै इस्टोनिया, क्रोसिया र ट्रिनिडाड तथा टोबागोका राष्ट्रपतिहरूएवम् अन्य महिला नेतृहरू सहभागी हुनु भएको थियो ।त्यसै गरीमहासभाका सभाध्यक्ष र कतारद्वारासंयुक्तरुपमा आयोजित ‘Young Women Leaders’विषयक उच्चस्तरीय दिवाभोजमा सम्माननीय राष्ट्रपतिज्यू सहभागी हुनु भयो । यी कार्यक्रमहरूमा वहाँकासमकक्षीहरूसँग महत्वपूर्ण विषयहरूमा छलफल भएको थियो ।१३ मार्चमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग र वाशिंटनस्थित नेपाली राजदूतावासद्वारा आयोजित विशेष स्वागत समारोहमा सम्मिलित हुनु भर्इ राष्ट्रसंघीय उच्च अधिकारीहरु, कूटनीतिक नियोगका प्रतिनिधिहरू, अमेरिकी सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली, व्यापारिक समुदाय तथा नेपालका शुभचिन्तकहरूसँग भेटघाट गर्नुभयो ।

नेपालमा सफलतापूर्वक सम्पन्न द्वन्दोत्तर शान्ति प्रकृया लगायत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधान सभाद्वारा निर्मित संविधान जारी भएपछि नेपालमा मानव अधिकार, महिला सशक्तीकरण र लैंगिक समानताका क्षेत्रमा भएका महत्वपूर्ण प्रगति तथा असल अभ्यासहरू अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गर्ने सन्दर्भमा यो भ्रमण उपलव्धिमूलक भएको छ ।

नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोग र सम्बन्ध थप सुदृढ र विस्तार गर्ने दिशामा सम्माननीय राष्ट्रपतिज्यूको यो भ्रमण महत्वपूर्ण रह्यो । त्यस्तै,विश्वका अग्रणी महिला नेतृत्वहरूसँग भेटघाट भर्इ विभिन्न मित्रराष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्ध विकास गर्ने, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमण सफल रहेको छ । यो भ्रमणका अवसरमा भएका द्विपक्षीय एबं बहुपक्षीय भेटघाटहरूबाट नेपालको आर्थिक सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा योगदान पुग्न जाने विश्वास समेत लिइएको छ ।

***