रूसी महासंघ तथा तथा गणतन्त्र सर्वियाको भ्रमणबाट फर्के पश्चात माननीय परराष्ट्र मन्त्रीबाट त्रिभुवन विमानस्थलमा जारी भएको प्रेस नोट

रूसी महासंघ तथा तथा गणतन्त्र सर्वियाको भ्रमणबाट फर्के पश्चात माननीय परराष्ट्र मन्त्रीले विमानस्थलमा पत्रकारहरूसँग गर्नुभएको छलफलका बूँदाहरू

२०७६।८।१३

रूसी महासंघका परराष्ट्रमन्त्री तथा गणतन्त्र सर्वियाका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको निमन्त्रणामा परराष्ट्र सचिव तथा मन्त्रालयका अन्य पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डको नेतृत्व गरी यही मंसिर ८ देखि ११ तदनुसार देखि २७ नोभेम्बरमा रुसी महासंघ तथा मंसिर १२ देखि तदनुसार नोभेम्बर २७ देखि २८ मा सर्वियाको पचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केको छु ।

मेरो भ्रमणको मुख्य उद्देश्य नेपालको रुसी महासंघ तथा सर्वियासँगका द्वीक्षीय सम्बन्धहरूलाई नवीकरण गर्दै व्यापार, लगानी, पर्यटन, आर्थिक सहायता तथा साँस्कृतिक दानप्रदान लगायतका क्षेत्रमा मुलुकको राष्ट्रिय स्वार्थ अनुकूल सहयोग र सहकार्य विस्तार गर्नु रहेको थियो।

रुसी महासंघसँगका समकक्षीसँग वार्ता

रूसी महासंघका मेरा समकक्षी सेर्गिइ लाभ्रोभसँग प्रतिनिधिमण्डल स्तरमा भएको वार्तामा नेपालरूस सम्बन्धका बहुआयिक विषयहरू विस्तृत रूपमा छलफल भएको थियो। छलफलको क्रममा मैले सम्माननीय राष्ट्रपतिबाट रूसी राष्ट्रपति महामहिम भ्लादिमिर पुटिन र सम्माननीय प्रधानमन्त्रीबाट वहाँका समकक्षी महामहिम दिमेत्री मेदभेलाई नेपाल भ्रमणका लागि पठाका निमन्त्रणाहरू हस्तान्तरण गरेँ । त्यसैगरी म स्वंमले मेरो समकक्षी सेर्गिइ लाभ्रोभलाई सन्न सगरमाथा संवादमा समेत भाग लिने गरी नेपाल भ्रमणका लागि आमन्त्रण गरें ।

द्वीपक्षीय सम्बन्धको पुनरावलोकनबाट शुरु भएको वार्तामा राजनैतिक सम्बन्ध, व्यापा र लगानी, आर्थिक सहायता, साँस्कृतिक सम्बन्ध, कन्सुलर सहायता लगायतका विषयहरूमा सघन छलफल भयो। हामीले आआफ्ना मुलुकका पछिल्लो राजनीतिक विकास तथा प्राथमिकताबारे विचारहरू दानप्रदान गर्यौँ। नेपालमा राजनीतिक स्थायित्व र सो सँगसँगै प्राप्त अवसरहरू तथा वर्तमान सरकारको नेपाललाई समुन्नतिको मार्गमा डोर्याउन लिएको संकल्पसमृद्ध नेपाल, सुखी नेपालीको विषयमा जानकारी गराएँ

दुइ प्रतिनिधिमण्डलले दुई देश बीचको व्यापारको सम्भाव्यता तथा ऊर्जा, कृषि, भौतिक निर्माण, पर्यटन आदि क्षेत्रहरूमा सहकार्य र खासगरी ती क्षेत्रमा रूसी लगानी कसरी नेपाल भित्राउन सकिन्छ भन्ने विषयमा बिचार आदनप्रदान गर्यौं। रूसले दक्षता हासिल गरेका प्राविधिक क्षेत्र मुख्य गरी उर्जामा सहकार्य र भौतिक पूर्वाधार निर्माण मा सहकार्य गर्ने विषयमा जोड दिइएको थियो।

त्यस्तै संयुक्त चासोमा रहेका वर्तमान अन्तर्राष्ट्रिय परिवेशको विषयमा छलफल गर्दै विश्वव्यापी तथा क्षेत्रीय मञ्चहरुमा सहकार्यका महत्वपूर्ण विषयमा छलफल भयो। निशस्त्रीकरण, राष्ट्रसंघीय शान्तिकार्य, जलवायू परिवर्तन, अन्तरराष्ट्रिय आतंकवाद तथा लागु औष कारोवार विरूद्धका प्रयासहरू जस्ता विषयवस्तुहरु समेटिएका थिए। दुइ देश बीचको सैनिक प्राविधिक सहायता अन्तर्गत विपद प्रतिकार्य र शान्ति सेनाको क्षमता विकास उपयोगी हुनेमा एकमत रह्यो।

नेपाल सांघाइ कोअपरेशन अर्गनाइजेशनको वार्ता साेदार (Dialogue Partner) रहेको र रूस त्यस संगठनको संस्थापक मध्येको भएकोले नेपालले सहभागिताबाट हासिल गर्न सक्ने लाभ र अवसरहरू विस्तारका संभावनाहरू समेत छलफल भए।

छलफल पश्चात् संयुक्त प्रेस भेटघाट भएको थियो जसमा हामीले द्वीपक्षीय वार्ताका क्रममा भएका छलफलका मूल विषय तथा भावी कार्यदिशाका बारेमा जानकारी गराएका थि। सोही क्रममा हामीले रूसी तथा अन्तर्राष्ट्रिय पत्रकारहरूले नेपालरुस विषयमा राखेका विविध जिज्ञासाहरूलाई सम्बोधन गरेका थियौं। प्रेस भेटघाट पश्चात् नेपाली प्रतिनिधिमण्डलको स्वगतमा मेरा समकक्षी लाभ्रोभले दिवा भोजको आयोजना गर्नुभएको थियो जसलाई उपयोग गर्दै हामीले संयुक्त चासोका विषयहरूमा विचारहरूको आदनप्रदान मित्रवत वातावरणमा गर्

नेपाली समुदायसँगको भेट

मेरो भ्रमणको उद्देश्य नेपालरुस बीचको सरकारीस्तरको सम्बन्धलाई नयाँ गति प्रदान गर्नुका साथै सम्बन्धका सबै पक्षहरूलाइ परिचालन गर्नु समेत रहेको थियो। रुसका गैरआवासीय नेपालीको भूमिका विशिष्ट रही र्थिक विकासमा वहाँहरूको सकृयता उत्साहप्रद रहेको छ। नेपालको विकासमा वहाँहरूलार्इ सहभागी गराउँदा उत्पन्न हुने जटिलताहरू हल गर्न सरकारले पहल गर्ने नै छ। नेपाली राजदूतावास तथा रुसमा बसी यस अभियानमा संलग्न साथीहरूले आयोजना गर्नुभएको कार्यक्रममा यी विषयमा छलफल भएको थियो।

मैले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा जानकारी गराउँदै वर्तमान सरकार गैरआवासीय नेपालीको यथोचित मागलाई सम्बोधन गर्दै वहाँहरूले आर्जेको ज्ञान, सिप तथा धनलाई समुन्नत नेपाल निर्माणका लागि लगाउन कटिबद्ध रहेको बताएँ। जहाँ रहेता पनि हाम्रो साझा पहिचान र नेपालसँगको सम्बन्ध अक्षुण्ण राख्न प्रयत्नशील रहनु पर्नेमा जोड दिएँ। त्यसैगरी परराष्ट्र मन्त्रालयमा स्थापना एको ब्रेनगेन सेन्टरका बारेमा जानकारी दिंदै देशको पछिल्लो राजनीति परिवर्तनबाट सिर्जित अवसरका बारेमा छलफल गरिएको थियो ।

नेपालरुस सम्बन्धको विषयमा विश्वविद्यालयमा न्तरकृया

रुसी महासंघको साइको क्रममा मस्कोस्थित Moscow State Institute of International Studies वा MGIMO University मा नेपालरुस सम्बन्धको विषयमा अन्तरकृया गर्ने अवसर प्राप्त भयो। उक्त कार्यक्रममा सो विश्वविद्यालयमा आबद्ध प्राध्यापक, कर्मचारी, रुसनेपाल सम्बन्ध विज्ञ तथा अन्तर्राष्ट्रिय मामिला अध्यन गर्ने विद्यार्थीहरुको सहभागिता थियो। कार्यक्रममा नेपालरुस सम्बन्धका अलावा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा राजनीतिक तथा नीतिगत स्थायित्वसँगै प्राप्त आर्थिक अवसरहरूका बारेमा जानकारी गराएँ। प्रश्नत्तर सत्रमा सोधिएका प्रश्न तथा व्यक्त भावनाहरू उत्साहप्रद रहेको अनुभूति गरें ।

नेपालरूस मैत्री समाजको कार्यक्रम

नेपालरूस सम्बन्धलाई जनस्तसम्म फैलाई दुई देश बीचको मित्रतालाई जीवन्त राख्ने उद्देश्यका साथ स्थापित नेपाल रूस मैत्री समाजले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा एक रात्रिभोजको आयोजना गरेको थियो। उक्त कार्यक्रममा सहभागी भई नेपालमा रहेका लगानीका अवसर तथा साँस्कृतिक पक्षका बारेमा जानकारी गराउने अवसर प्राप्त भयो। सो अवसरमा रूसमा पूर्वीय दर्शन र बद्ध धर्मप्रतिको बढ्दो कर्षण रहेको परिप्ररेक्ष्यमा लुम्बिनीमा बन्ने योजनामा रहेको रूसी बद्ध चैत्यका बारेमा पनि छलफल भएको थियो ।

सर्विया भ्रमण तथा द्वीपक्षीय वार्ता

तीन दिनको रुस बसाई पश्चात् नेपाली प्रतिनिधिमण्डल मंसिर १२ गते तदनुसार नोभेम्बर २७ का दिन सर्वियाको द्वीपक्षीय भ्रमणका लागि बेलग्रेड प्रस्थान गर्य। सर्विया (पुर्ब युगस्लाभिया) नेपालक पुरान मित्र भएता पनि नेपालकपरराष्ट्रमन्त्री स्तरबाट उक्त मुलुकमा लाम अन्तराल पछि भ्रमण भएको छ।

नेपाली प्रतिनिधिमण्डल बेलग्रेड प्रस्थान गरेकै दिन मेरा समकक्षी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभाका दासिचले हाम्रो सम्मानमा रात्रीभोजको आयोजना गर्नुभयो। भोलिपल्ट बिहान सर्बियाको विदेश मन्त्रालयमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुई देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा सम्बन्धलाई अझ कसरी विश्वासिलो र दिगो बनाउने भन्नेबारे बिचार आदनप्रदान भयो। आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक लगायतका क्षेत्रहरूमा हुनसक्ने सम्भावित सहयोग तथा सहकार्यका विषयहरूलाई भरपर्दोर प्रभावकारी बनाउन जोड दियौं। यसका लागि विदेश मन्त्रालय स्तरीय स्थायी सयन्त्रको स्थापना गरी अगाडि बढ्नुपर्ने कुरामा सहमत भयौं।

त्यसैगरी दुई देशका लगानीकर्ताहरूलाई एकअर्काको मुलुकहरूमा लगानीका क्षेत्रहरू पहिल्याई लगानीका लागि अभिप्रेरीत गर्ने विषयमा सहमत गर्यौं। यस अवसरमा मैले नेपालमा लगानी क्षेत्रमा गरिएको सुधारका विषयमा जानकारी गराएको थिएँ।

साथै हाम्रा मुलुकहरूले असंलग्न अभियान, विकासशिल तथा भुपरिवेष्ठित मुलुकको साझा हितका लागि खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरूमा थप सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा सहमत भयौँ। हाम्रा सम्बन्धका प्रमुख आधारका रूपमा रहेका पञ्चशीलका सिद्धान्त अनुरूप एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता तथा राष्ट्रिय अखण्डतालाई सदा सम्मान गर्ने विषयमा पनि छलफल भयो।

त्यसैगरी नेपाली तथा सर्बियाली कूटनीतिक तथा सरकारी राहदानी बाहकहरूलाई एक अर्को मुलुकमा प्रवेशाज्ञा उन्मुक्ति दिने विषयमा समेत छलफल भयो। उपप्रधानमन्त्री दासिचले नेपाल सर्वियाको असल मित्र रहेकोले बेलग्रेडस्थित कुनै एक सडकलार्इ महाकवि देवकोटा नामकरण गर्ने घोषणा गर्दै नेपालले समेत उक्त विषयमा सोच्नका लागि आग्रह गर्नु भयो।

छलफल पश्चात् सम्पन्न संयुक्त प्रेस भेटघाटमा हामीले वार्ताका क्रममा भएका छलफलका मूल विषयहरू तथा भावी मार्गचीत्रका बारेमा जानकारी गराएका थि

भ्रमणका उपलव्धि र सारां

विश्व मानचित्रमा विशिष्ट स्थान बनाएको महाशक्ति रुसी महासंघ जस्तो महत्वपूर्ण मित्रराष्ट्रमा १४ वर्ष पछि नेपालबाट परराष्ट्रमन्त्री स्तरमा भ्रमण सम्पन्न भएको छ। विस्तृत द्वीपक्षीय वार्तामा नेपाल रूस सम्बन्धका मुख्य सबै यामहरूमा छलफल भर्इ सम्बन्धलाइ थप उचाइ दिन योगदान पुगेको छ। नेपाल भ्रमणका लागि गरिएको निमन्त्रणा हस्तान्तरणका क्रममा विदेशमन्त्री लाभ्रोभले प्राथमिकताका साथ उपयुक्त समयमा पारस्परिक अनुकूलतामा भ्रमणको टुंगो लगाइने जानकारी गराउनु भएको छ।

रूसबाट लामो समयसम्म उच्चस्तरीय भ्रमण हुन नसकेको परिप्रेक्ष्यमा हाम्रो निमन्त्रणा प्रति रूसी पक्षको सकारात्मक संकेत निश्चय नै सुखद पक्ष हो। छलफलको क्रममा रुस नेपालसगको सम्बन्धलाई प्राथमिकतामा राख्दै यसलाई थप विस्तृत र मजबुत बनाउन प्रतिवद्ध रहेको छ भन्ने मैले महसुस गरें। हामी हाम्रो सम्बन्धलाई आगामी दिनहरूमा व्यापार, लगानी, आर्थिक सहायता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरुमा सहकार्यको माध्यमबाट थप मजबुत बनाउ सहमत भयौं।

निकट छिमेकी लगायत महाशक्ति तथा विकास साझेदार मुलुकहरूसँगको सम्बन्ध थप सुदृढीकरण गर्दै लैजाने नीति अनुरूप विगत करीव बीस महिना देखि हालसम्मको अवधिमा महत्वपूर्ण चरण पूरा भएको छ। बाँकी मुलुकहरूसँगको भ्रमणलार्इ प्राथमिकतामा सम्पन्न गरिनेछ। रूस लगायत ती सबै मुलुकहरूमा भएका भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डललार्इ प्रदत्त सद्भाव एबं सारभुत छलफलमा व्यतित गरिएको समय समेतका धारमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो महत्व स्थापित भएको मैले विष्लेषण गरेको छु।

त्यस्तै ऐतिहासिक मित्रराष्ट्र पूर्व युगोस्लाभियाको उत्तराधिकारी मुलुक सर्बियासँग पनि पारस्परिक हितका विविध विषयहरूमा भएका विस्तृत वार्ताले सम्बन्ध थप मजबुत भएको छ। विश्वव्यापी मंचहरूमा भने मुलतः असंलग्नता तथा एबं भुपरिवेष्ठित र विकासोन्मुख मुलुकहरूको साझा चासोमा निरन्तर सहकार्य गर्ने प्रतिवद्धताहरू दोहोर्याएका छौँ।

दुबै मुलुकहरूमा रहँदा मैले आगामी वर्षका महत्वपूर्ण अभियानहरूबारे जानकारी समेत गराएँ। नेपाल भ्रमण वर्ष २०२० लार्इ लक्षित गरी बढी भन्दा बढी पर्यटक नेपाल भित्रार्इ भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरें। त्यस्तै आगामी वर्ष अप्रिलमा आयोजना हुन लागेको सगरमाथा सम्बादका बारेमा जानकारी गराउँदै उक्त कार्यक्रममा उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिताका लागि अनुरोध गरेँ। दुबै मुलुकका मेरा सकमक्षीहरूले ती कार्यक्रमहरूमा आआफ्ना तहबाट सहयोग हुने प्रतिवद्धता जनाएका छन्।

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरुमा सहकार्यका गर्नका लागि दुबै मुलुकहरूसँग साझा चासोका विविध मुद्दाहरू रहेका छन् र ती महत्वपूर्ण विषयहरूमा छलफल भएका छन् राष्ट्रसंघीय शान्तिकार्यमा नेपालको भूमिकाका लागि दुबै मुलुकबाट उच्च प्रशंसा भएको छ। शान्तिसेनामा संख्यात्मक सहभागिताको अनुपातमै नेतृत्वदायी पदहरूमा समेत नेपाललार्इ अवसर उपलव्ध गराउन रूसबाट उचित पहल हुने स्वासन प्राप्त भएको छ। रूसी पक्षले सांघाइ कोअपरेशन अर्गनाइजेशनमा नेपाल हाल वार्ता साेदार रहेकोमा पूर्णसदस्यताका लागि वश्यक पर्ने प्रकृयामा समेत सहयोग गर्ने विश्वास दिलाएको छ।

धन्यवाद।