बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा परराष्ट्र मन्त्रालयको सूचना!

नेपाल सरकार
परराष्ट्र मन्त्रालय

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।

निवेदनका लागि निम्न लिङ्कमा जानुहोसः

https://legal.nepalconsular.gov.np/passport

आवश्यक विवरण भरी Form Submit गर्नुहोस् ।

साथै, प्रत्यक्ष सम्पर्क गर्नका निमित्त देहायबमोजिमका व्यक्तिहरूलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी गराइन्छः

परराष्ट्र मन्त्रालय, काठमाडौं

शाखा अधिकृत महेश्वरमणि त्रिपाठी

फोन नं. +९७७९८५११६६९८७

इमेलः mahesh.mofa@gmail.com

नेपाली राजदूतावास, ढाका

द्वितीय सचिव योजना बम्जन

फोन नं. +८८०१८८०६९१०१३

इमेलः eondhaka@mofa.gov.np

eondhaka@dhaka.net

रिया क्षेत्री

फोन नं. +८८०१७४५४०७९५८

यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा बङ्गलादेशबाट हालसालै नेपाल फर्कनुभएका वा अब नेपाल फर्कनुहुने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा अवगत गराइदिनुहुन समेत अनुरोध गरिन्छः

ईमेलः  info@mofa.gov.np

 

परराष्ट्र मन्त्रालय

सिंहदरवार, काठमाडौं ।

२०८१ साउन ५