पुराना सवारी साधन तथा अन्य मालसामान लिलाम बढाबढ विक्रि सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

नेपाल सरकार

परराष्ट्र मन्त्रालय

पून: प्रकशित मितिः २०७७।०७।१७

पुराना सवारी साधन तथा अन्य मालसामान लिलाम बढाबढ विक्रि सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना:

मिति २०७७।०५।३० गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रथम पटक सूचना प्रकाशन गरिएकोमा तोकिएको अवधीभित्र  कुनै पनि बोलपत्र पेश हुन नआएकोले यस मन्त्रालयको मिति २०७७।०६।२९ को निर्णयानुसार  पूनः बोलपत्र आह्वान गरिएको छ ।

इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बोलपत्र फारमको दस्तुर वापत रु २,०००।०० (फिर्ता नहुने गरी) यस मन्त्रालयको कार्यालय कोड नं. ३२६००३५०१ राजस्व शीर्षक नं. १४२२९ राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरेको सक्कलै भौचर संलग्न गरी यस मन्त्रालयको प्रशासन शाखाबाट मिति २०७७।०७।२३ गते साँझ ४ बजेसम्म बोलपत्र सम्बन्धी कागजात खरिद गर्न सकिनेछ । मिति २०७७।०७।२४ गते मध्यान्ह १२:०० बजे भित्र यस मन्त्रालयमा बोलपत्र दर्ता गरिसक्नु पर्नेछ । मन्त्रालयमा दर्ता भएका बोलपत्रहरु । मिति २०७७।०७।२४ गते दिनको २:०० बजे बोलपत्रदाताको प्रतिनिधीको रोहवरमा खोलिनेछ।बोलपत्रदाताको प्रतिनिधी अनुपस्थित भएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । बोलपत्रदाताले आफुले कवुल गरेको रकमको १०(दश) प्रतिशतले हुन आउने रकम कोष तथा लेखा नियन्त्रक कार्यालय काठमाण्डौ, समन्वय कार्यालय, बबरमहल, काठमाण्डौको नाममा नेपाल राष्ट्रबैंकमा रहेको धरौटी खाता नं. १२०१२००/००१/००२/५२४ कार्यालयकोड नं. ३२६००३५०१ परराष्ट्र मन्त्रालयको नाममा जम्मा गरेको बैंक भौचर वा मान्यता प्राप्त बैंकले यस मन्त्रालयको नाममा जारी गरेको कम्तिमा बोलपत्र दर्ता गर्ने अन्तिम मितिले कम्तिमा ६० (साठी) दिन म्याद भएको बैंक जमानत सिलबन्दी बोलपत्रसाथ पेश गर्नु पर्नेछ । लिलाम विक्रिको शर्त तथा विस्तृत विवरण मन्त्रालयको सूचना पाटी वा वेवसाइट www.mofa.gov.np मा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।