नेपाली कामदारहरुको उद्दारगरी नेपाल फिर्ता पठाइएको

प्रेस वक्तव्य
नेपाली कामदारहरूको उद्दार गरी नेपाल फिर्ता पठाइएको

अमानको सोहारस्थित Muwarad Wadi Hibi Modern Trade (Astd.) कम्पनीमा, नेपाल सरकारबाट वैदशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्था Honesty Overseas PVT LTD बाट Scaffolding पदमा काम गर्न अएका २० नेपाली कामदारहरूले करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएर दूतावास सँग नेपाल फर्किनको निमित्त सहयोग खोज्ने मध्ये ११ जनालाइ निजहरूले काम गर्ने भनिएको कम्पनीबाट करिव १६५ कि.मी. टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा राखिएको ठाउँमा स्थलगत अनुगमन गरी उक्त समस्यालाइ तत्काल समाधान गर्ने प्रयास स्वरूप सम्वन्धित पक्षहरूसँग निरन्तर सम्पर्क तथा छलफल गर्दा समेत समस्याको समाधान सहज रूपमा हुन नसकेको हुँदा निज पीडित कामदारहरूको माग बमोजिम नेपाली राजदूतावासको सकृय पहल र समन्वयमा यहाँको स्थानीय कानूनी अपचारिकता पूरा गरी सकुशल स्वदेश फिर्ता गरिएको छ। यसैगरि सम्वन्धित कम्पनीहरूलाइ कानून बमोजिम कारवाहीका लागि सम्वन्धित निकायहरूमा सिफारिश गरी पठाइसकिएको छ ।

समस्यामा परेका पीडित नेपाली कामदारहरूलाइ उद्दारका क्रममा खान, बस्न समेतको व्यवस्थापन गरी सहयोग गर्नुहुने अमान स्थित सम्पूण व्यक्ति तथा नेपाली समुदाय एन अर एन सोसल क्लव, नेपाली एकता समाज, वुद्द भिजन र नेपाल मगर संघ समेतलाइ धन्यवाद ज्ञापन गर्दछां । साथै, उल्लेखित कामदारहरूमध्ये बाँकी समस्यामा रहेका नै (९) जना पीडित नेपाली कामदारहरूको समस्या समाधान एवं स्वदेश फीर्तिका लागि यस दूतावासको प्रयास जारी नै छ ।

नेपाल पठाइएका कामदारहरूको विवरण सूचि यसै साथ संलग्न राखी पठाइएको छ ।

नेपाली राजदूतावास,
मस्कट, अमान
६ मार्च २०१८ (तदनुसार २०७४ फाल्गुण २२ गते)