Press Release issued by Embassy of Nepal, State of Kuwait on Repatriation of 20 Workers in Kharafi National

प्रेस विज्ञप्ति

कुवेतको खराफी नेशनल कम्पनी ९सुलेविया आयोजना० मा कार्यरत नेपाली कामदारहरु मध्ये विगत ७ महिनादेखि उक्त कम्पनीबाट तलब नपाएका र आवासीय अनुमति ९भिसा० नवीकरण नभई ग्रामा ९जरिवाना० तिर्नुपर्ने अवस्थामा पुगेका ९४ जना नेपाली कामदारहरुले समस्या समाधान, उद्धार एवं नेपाल फिर्तीका लागि अनुरोध गर्दै यस राजदूतावासमा निवेदन पेश गरेका थिए । उनीहरुमध्ये प्रथम चरणमा स्वास्थ्य अवस्था कमजोर एवं पारिवारिक समस्या भएका २० जना कामदारहरुलाई कुवेतमा उनीहरुलाई रोजगारीमा पठाउने नेपालको SOS Manpower Service Pvt. Ltd बाट जरिवाना रकम एवं हवाई टिकटको व्यवस्था भए पश्चात १० जनालाई हिजो र अर्को १० जनालाई आज उद्धार गरी नेपाल फिर्ता पठाइएको छ । उनीहरुको विवरण संलग्न छ ।

राजदूतावासको निरन्तरको कुराकानी, पत्राचार एवं वार्ताको परिणामस्वरुप उल्लिखित २० जना नेपाली कामदारहरुले उक्त कम्पनीबाट अक्टोवर २०१७ सम्मको तलब प्राप्त गरिसकेका छन् । नोभेम्वर २०१७ को बाँकी तलब प्राप्तीका लागि कानूनी कारवाही अगाडी बढाउन उनीहरुबाट कुवेती वकिललाई वारेशनामा (Power of Attorney) प्रदान भइसकेको छ । उक्त कम्पनीले खाना उपलब्ध नगराएको अवस्थामा कामदारहरुलाई यस राजदूतावासको तर्फबाट खानाको व्यवस्था गर्नुका साथै कम्पनीका पदाधिकारीहरुसँगको कुराकानी पश्चात खानाको नियमित व्यवस्था भएको छ ।

समस्यामा रहेका अन्य कामदारहरुको समस्या समाधान एवं स्वदेश फिर्तीका लागि राजदूतावासको प्रयास जारी छ । रोजगारदाता कम्पनी एवं नेपालका सम्बन्धित Manpower Agency तथा अन्य सम्बद्ध निकायहरुसँगको समन्वय एवं सहयोगमा उक्त कार्य सम्पन्न गरिने छ ।

२०७४ साल पुस ३ गते
डिसेम्वर १८, २०१७