Press Release issued by Embassy of Nepal, State of Kuwait regarding Participation of Nepal in Arts and Crafts Exhibition in Kuwait

प्रेस विज्ञप्ती

 

कुवेतमा पहिलो पटक हिजो नोभेम्बर २९, २०१७ (२०७४ साल मंसिर १३) मा अन्तर्राष्ट्रिय महिला समूह (International Women’s Group)  तथा National Council for Culture, Arts and Letters, Kuwait  व्दारा संयुक्त रूपमा ४५ राष्ट्रहरूको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको Arts and Crafts प्रदर्शनीको आयोजना गरियो । उल्लेख्य रूपमा कुवेती नागरिकहरू तथा संचार माध्यम एवम् अन्य विदेशीहरूले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।

अन्तर्राष्ट्रिय महिला समूहको सदस्यको रूपमा यस राजदूतावासका महामहिम राजदूतकी धर्मपत्नी श्री रीता हमालले नेपालको तर्फबाट उक्त प्रदर्शनीमा भिन्दै स्टल राखी सहभागिता जनाउनु भएको थियो । नेपालको स्टलमा नेपालका पस्मिना शल, चिया, कफी, मह, काष्टकला तथा हस्तकलाका सामग्रीहरू, कागजजन्य बस्तुहरू जस्ता प्रमुख निर्यातयोग्य बस्तुहरू प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा आएका व्यक्तिहरूले अत्यन्त रूचीपूवर्क नेपालका उत्पादनहरूको अवलोकन गरेका र त्यस्ता बस्तुहरू उपभोग गर्न चाहेको कुरा व्यक्त गरेका थिए । उक्त स्थानमा नेपालको पर्यटकीय cfकर्षण emल्किने विभिन्न खालका तस्विरहरू राख्नुका साथै सो अवसरमा उपस्थित कुवेती लगायत अन्य विदेशीहरूलाई नेपालको पर्यटन सम्बन्धी पोस्टर, नक्सा तथा cfवश्यक जानकारी प्रदान गरेर उनीहरूलाई नेपाल भ्रमणमा जान प्रोत्साहित गरिएको थियो र धेरैजसो व्यक्तिहरूले नेपाल भ्रमण गर्ने इच्छा समेत व्यक्त गरेका थिए ।

उक्त प्रदर्शनीमा नेपालको प्रभावकारी सहभागिता रहेको थियो । कुवेतका टेलिभिजन तथा पत्रपत्रिकाहरूले त्यसको व्यापक रूपमा प्रचारप्रसार गरेका थिए ।

२०७४ साल मंसिर १४

(नोभेम्बर ३०, २०१७)

Click Here for PDF version.