Press Release Issued by the Embassy of Nepal, Kuwait on Nepal’s Participation in Asian Bazzar 2018

प्रेस विज्ञप्ती

कुवेतको Palm Beach Hotel मा हिजो जनवरी २७, २०१८ का दिन ASIAN BAZAAR 2018 को अfयोजना गरिएको थियो । कुवेतको व्यापारिक संस्था CEE Network  तथा एशियाली देशका राजदूतावास एवं महाबाणिज्यदूतावासहरूव्दारा संयुक्त रूपमा अfयोजना गरिएको उक्त बजारमा एशियाली देशका कूटनीतिक नियोगहरू, कुवेतका व्यापारिक संघसंस्थाहरू एवं ट्राभल एजेन्सीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कुवेतका लागि नेपालका राजदूत महामहिम श्री यज्ञबहादुर हमाल तथा अन्य देशका राजदूतहरू एवं CEE Network, Kuwait  का प्रमुख कार्यकारी अधिकृतव्दारा उक्त बजारको समुद्घाटन गरिएको थियो । ठूलो संख्यामा कुवेती नागरिकहरू तथा अन्य विदेशीहरूले उक्त बजारको अवलोकन गरेका थिए । कुवेतका टेलिभिजन तथा पत्रपत्रिकाहरूले त्यसको व्यापक रूपमा प्रचारप्रसार गरेका थिए ।

नेपाली राजदूतावासले भिन्दै स्टल राखेर त्यसमा सहभागिता जनाएको थियो । नेपालको स्टलमा नेपालका पस्मिना शल, चिया, काष्टकला तथा हस्तकलाका सामग्रीहरू, कागजजन्य बस्तुहरू, आभूषणहरू जस्ता प्रमुख निर्यातयोग्य बस्तुहरू प्रदर्शन गरिएको थियो । उक्त बजारमा उपस्थित भएका कुवेती एवं अन्य विदेशीहरूले नेपाली बस्तुहरू मन पराएर खरिद समेत गरेका थिए ।

सो समयमा नेपालको पर्यटकीय अकर्षणका बारेमा आगन्तुकहरूलार्इ ब्रोस्योर, सिडी, पोस्टर जस्ता सामग्रीहरू वितरण गर्नुका साथै डकुमेन्ट्री देखाएर नेपालको पर्यटनको व्यापक प्रचारप्रसार गरिएको थियो । साथै उक्त बजारमा नेपालको पंचे बाजा, मादल, बांसुरी जस्ता बाद्यबादन र नेपाली गीत एवं नृत्यको प्रस्तुतिव्दारा नेपालको संस्कृतिको समेत प्रचारप्रसार गरिएको थियो । उक्त अवसरमा सेल, फिनी, खीर, गुन्द्रुकको अचार, मम जस्ता खानाका परिकारहरू राखेर नेपालको खानाको समेत प्रचारप्रसार गरिएको थियो । उक्त बजारको अवलोकन गर्न अfएका व्यक्तिहरूले नेपालको पर्यटकीय सैfन्दर्य एवं संस्कृति र खाना मन पराउनुका साथै नेपाल भ्रमणमा जाने इच्छा समेत व्यक्त गरेका थिए ।

उक्त बजारमा नेपालको सहभागिताको बारेमा कुवेतका प्रमुख टेलिभिजनहरू Kuwait Television, Al Rai Television तथा Al Qabas Television ले कुवेतका लागि नेपालका राजदूत महामहिम श्री यज्ञबहादुर हमालसंग भिन्दा भिन्दै अन्तर्वार्ता लिएका थिए । ती अन्तर्वार्ताहरूमा उहांले नेपाल तथा कुवेत बीचको सैहार्दपूर्ण सम्बन्धमा खुशी व्यक्त गर्दै कुवेती नागरिक एवं अन्य विदेशीहरूलार्इ नेपालका विश्वप्रसि4 निर्यातयोग्य बस्तुहरूको बारेमा जानकारी गराउंदै त्यस्ता बस्तुहरू उपभोग गर्न अfग्रह गर्नुका साथै नेपाल विश्वको एक सुन्दर र थुप्रै पर्यटकीय अfकर्षणले भरिपूर्ण देश भएको उल्लेख गर्दै उहांहरूलार्इ नेपाल भ्रमणमा जान प्रोत्साहित गर्नु भएको थियो । 

२०७४ साल माघ १४
(जनवरी २८, २०१८)