Press briefing by Hon. Krishna Bahadur Mahara, Deputy Prime Minister and Minister for Foreign Affairs at the conclusion of the Fifteenth BIMSTEC Ministerial Meeting Kathmandu, 11 August 2017

मिति 2074 श्रावण 26 र 27 गते काठमाडौंमा सम्पन्न विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकका सम्बन्धमा माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्री कृष्ण बहादुर महराज्यूले पत्रकार सम्मेलनमा जारी गर्नुभएको प्रेस वक्तव्य

 

सर्वप्रथम सम्पुर्ण पत्रकार साथीहरुलाई यस पत्रकार सम्मेलनमा हार्दिक स्वागत गर्न चाहन्छु।

  • हिजोदेखि सुरूभएको विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक आज काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो ।
  • बैठकमा विमस्टेक सदस्यराष्ट्रहरु नेपाल लगायत बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका परराष्ट्र/विदेशमन्त्री एवं विदेश राज्यमन्त्रीहरु सहभागी हुनु भएको थियो ।
  • मन्त्रीस्तरिय वैठकको सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले हिजो साँझ होटल सोल्टीमा आयोजित एक समारोह विच समुद्घाटन गर्नु भयो ।
  • उक्त उद्घाटन मन्तव्यमा सम्माननीय प्रधानमन्त्रीज्यूले विमस्टेकको पहिलो शिखर सम्मेलनमा आफु सहभागी भएको स्मरण गर्दै वहाँले नेपालले विमस्टेकको वर्तमान अध्यक्षको हैसियतमा विमस्टेक मार्फत क्षेत्रीय सहयोग विस्तार एवं विमस्टेकलाई परिणाममुखी बनाउन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
  • सोही अवसरमा विमस्टेकका परराष्ट्र/विदेशमन्त्री एवं विदेश राज्यमन्त्रीहरुले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष सामुहिक भेटघाट गर्नुभयोl उक्त अवसरमा सदस्य राष्ट्रहरूविच सहयोग प्रवर्धन गर्ने सम्बन्धमा छलफल भयो ।
  • आज सम्पन्न मन्त्रिस्तरीय वैठकले विमस्टेक अन्तर्गत हासिल भएका उपलब्धि, हालको अवस्था तथा आगामी दिनमा गर्ने कार्यहरुको प्रतिवद्धता सहितको संयुक्त वक्तव्य (Joint Statement) पारित गर्यो :-
  • उक्त वक्तव्य मार्फत मन्त्रीस्तरिय वैठकले देहायका निर्णयहरू गर्योः
  1. विमस्टेक सदस्यराष्ट्रहरू विच खुल्ला व्यापार प्रवर्धन गर्न उद्येश्यले तयार गरिएको विमस्टेक खुल्ला व्यापार सम्झौता (BIMSTEC Free Trade Area Agreement) यथाशिघ्र सम्पन्न गर्ने ।
  2. विमस्टेक Grid Interconnection स्थापना गर्ने सम्झौतामा यथाशिघ्र हस्ताक्षर गर्ने ।
  3. विमस्टेक सदस्यराष्ट्रहरूवीच प्रविधि हस्तान्तरण गर्ने सम्बन्धी सम्झौतालाई यथाशिघ्र अन्तिम रूप दिने ।
  4. त्यस्तै विमस्टेक सदस्यराष्ट्रहरू विच व्यापार सहजिकरण गर्ने, मोटर पारवहन लगायतका सम्झौतालाई यथाशिघ्र अन्तिम रूप दिने ।
  5. आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धीमा हस्ताक्षर र अनुमोदन गर्ने ।
  6. सन् 2012मा काठमाडौंमा सम्पन्न भएको विमस्टेक सदस्यराष्ट्रहरूका गरिवी निवारण मन्त्रीस्तरीय वैठकले पारित गरेको गरिवी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
  7. विमस्टेकको कामलाई थप प्रभावकारी वनाउन स्थापना गरिने भनिएका विमस्टेक केन्द्र(विमस्टेक उर्जा केन्द्र, विमस्टेक वातावरण केन्द्र र विमस्टेक संस्कृति केन्द्र) लाई यथाशिघ्र स्थापना गरी काम संचालन गर्ने ।
  8. विमस्टेकको भावी कार्ययोजनाका सम्बन्धमा सुझाव तयार गर्न एक प्रवुद्ध समुह यथाशिघ्र गठन गर्ने ।
  • यस मन्त्रीस्तरीय वैठकले विमस्टकको उच्च अधिकारीहरुको १७ औं तथा १८ औं बैठकको प्रतिवेदनहरुलाई अनुमोदन गर्यो ।
  • उक्त वैठकहरूमा विमस्टेक सचिवालयको बजेट एवं सचिवालयको प्रशासनिक तथा आर्थिक नियमहरू लगायत विमस्टेक सदस्य राष्ट्रहरू विच व्यापार तथा आर्थिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विभिन्न निर्णयहरु गरिएका थिए ।
  • यस्तै आजको वैठकमा विमस्टेकको वीसौं वार्षिकोत्सव मनाउने क्रममा विमस्टेक सचिवालय र सदस्य राष्ट्रहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूको प्रशंशा गर्दै विमस्टेकका सम्बन्धमा प्रचारप्रसार गर्न अरू थप कार्यक्रम समेत आयोजना गर्ने निर्णय गर्यो ।
  • गत १६ अक्टोवर २०१६ भारतको गोवामा सम्पन्न भएको विमस्टेक सदस्यराष्ट्रका राष्ट्र/सरकार प्रमुखहरूको रिट्रिट वैठकका निर्णय र सोहि वखत पारित भएको सोह्र बुँदे कार्यान्वयन कार्ययोजनामा भएका उपलब्धिहरूको समिक्षा गर्दै उक्त निर्णयहरूको तत्काल कार्यान्वयनमा जोड दियो ।
  • नेपालले विमस्टेकका उर्जामन्त्रीस्तरीय तेस्रो वैठक सन् २०१८ को सुरूमा गर्ने प्रस्ताव गर्यो ।
  • त्यस्तै नेपालले विमस्टेकको चौथो शिखर सम्मेलन सदस्यराष्ट्रहरू सँग सल्लाह गरी सबैसदस्य राष्ट्रहरुलाई अनुकूल हुने मितिमा गर्ने प्रस्ताव गर्यो ।
  • विमस्टेकका वर्तमान महासचिव श्री सुमित नाकन्दालाको कार्यकाल समाप्त हुन गएकोले यस मन्त्रीस्तरीय वैठकले बंगलादेशका श्री सहिदुल ईस्लामलाई विमस्टेकको महासचिवको रूपमा नियुक्त गर्ने निर्णय गर्यो ।
  • यसका साथै विमस्टेक सदस्यराष्ट्रहरू विच व्यापार प्रवर्द्धन एवं उर्जा र पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू औलाउँदै यस क्षेत्रका निजी क्षेत्रको भूमिका र तिनीहरूविचको महत्व लगायतका विषयहरुमा प्रकाश पार्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलेआजको वैठक समक्ष एक प्रस्तुतिकरण समेत गर्नुभयो ।

धन्यवाद ।